ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका
यल पाटन | |
---|---|
![]() सफा आकशमा दक्षीण पश्चिमबाट देखिने ललितपुर,पृष्ठभुमिमा जुगल हिमाल । | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | ललितपुर जिल्ला |
सामेल | १९१८ |
सरकार | |
• मेयर | चिरीबाबु महर्जन |
• उप मेयर | गीता सत्याल |
क्षेत्रफल | |
• जम्मा | १५.४३ किमी२ (५.९६ वर्ग माइल) |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | २२०८०२ |
• घनत्व | १४०००/किमी२ (३७०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४७०० |
क्षेत्रीय सङ्केत | ०१ |
वेबसाइट | ललितपुर |
पाटन (नेपाल भाषा:यल) नेपालको प्रमुख शहरहरूमा पर्दछ। ललितपुर जिल्लामा अवस्थित यस शहर काठमाडौँ उपत्यकाका तीन शहरहरू मध्ये सबैभन्दा पुरानो तथा रमणीय मानिन्छ । ललितपुर यहाँका सांस्कृतिक सम्पदाको लागि प्रसिद्धी ललिपुरलाई नेपाल भाषामा 'यल' नामले चिनिन्छ । राजा यलम्बरको नामबाट यो नाम आएको भन्ने विश्वास गरिन्छ । ललितपुर, काठमाडौँ उपत्यकामै काठमाडौँ शहरसँग उत्तरको सिमा जोडीएको शहर हो यस एतिहासिक सहरको अर्को नाम ललितपुर पनि हो, यो शहर पनि प्रमुख एतिहासिक शहर हो र युनेस्को विश्व सम्पदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ । नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर, पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन ।
ललितपुर सहरमा त्रिभुवन विश्वविद्यालयको प्रमुख इन्जिनियरिङ क्याम्पसका साथै पाटन क्यामपस, मछिन्द्र क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा विद्यालयहरू रहेका छन । त्यसैगरी केन्द्रीय स्तरको पाटन अस्पताल, मासीक अस्पतालका साथै प्राइभेटमा वि एण्ड बि जस्ता प्रशिद्ध थुप्रै सरकारी ,सामुदायीक तथा निजी अस्पतालहरू यहाँ रहेका छन, अन्य केही उत्पादन कारखानाका साथै पाटन औद्योगिक क्षेत्र समेत यही शहरमा पर्दछ । ललितपुरको टेलीफोन कोड पनि काठमाडौँ जस्तै ०१ हो । यो सहरमा झन्डै २ लाख भन्दा बढी मानिस बसोबास गर्दछन् ।
भूगोल[सम्पादन गर्नुहोस्]
ललितपुर बागमती नदीको दक्षिणी भागमा अवस्थित छ । यहाँको जनसङ्ख्या करिब बि.स.२०६८ को जनगणना अनुसार २,२०,८०२ रहेको छ र यसले कुल ४.५९ बर्ग किलोमिटर भू-भाग ओगटेको छ। पाटन नेपालको चौथो ठूलो शहर हो । यसका भोगौलिक निर्देशांकहरू यस प्रकार रहेका छन्-
- अक्षांश २७°४०'४५.२५" उ.
- देशान्तर ८५°१९'३७.२३" पू.
युनेस्को विश्व सम्पदा[सम्पादन गर्नुहोस्]
ललितपुरको मुख्य आकर्षण भनेको नै पाटन दरवार क्षेत्र हो । युनेस्कोले पाटन दरबार क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको छ । युनेस्कोले सन् १९७९ मा काठमाडौँ उपत्यका भित्र ७ क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।
उद्योग तथा अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
ऐतिहासिक सांस्कृतिक महत्त्वका स्थलहरू[सम्पादन गर्नुहोस्]
पाटन दरबार क्षेत्र[सम्पादन गर्नुहोस्]
मुख्य लेख:पाटन दरवार क्षेत्र
प्राचीन मल्ल दरबार ललितपुरको सबैभन्दा रमणीय स्थलमा पर्दछ । मंगलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्त्वपूर्ण छ । पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ । साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन् । पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो । यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन् । हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
चार अशोक स्तुप[सम्पादन गर्नुहोस्]
महाबौद्ध मन्दिर[सम्पादन गर्नुहोस्]
हिरण्यवर्ण महाविहार[सम्पादन गर्नुहोस्]
अन्य बहाल बहिलहरू[सम्पादन गर्नुहोस्]
शंखमूल[सम्पादन गर्नुहोस्]
बंगलामुखी[सम्पादन गर्नुहोस्]
पाटन दरवार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ । बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन् । जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ ।
अग्नीशाल[सम्पादन गर्नुहोस्]
पाटन दरबार क्षेत्रका केही तस्विरहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

