सामग्रीमा जानुहोस्

ललिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिपुरसुन्दरी
जगन्माता (आदिमाता); महादेवीका उच्चतम स्वरूपहरूमध्ये एक
ब्रह्माण्डकी अधिष्ठात्री परब्रह्म (श्रीकुल-शाक्तधर्म)
दश महाविद्याको सदस्य
देवी ललिता त्रिपुरसुन्दरीको चित्र
अन्य नामहरूकामाक्षी, कामेश्वरी, ललिता, ललिताम्बिका, राजराजेश्वरी, षोडशी, श्री माता आदि।
आबद्धपरब्रह्म, महादेवी, महाविद्या, पार्वती, कामाख्या
वासस्थानमणिद्वीप / श्री नगर
मन्त्रॐ श्री मात्रे नमः
अस्त्रडोरी, अङ्कुश, पुष्प वाण र उखुको धनुष []
प्रतीकहरूश्री यन्त्र
बारशुक्रबार
वाहनसिंह
धर्मग्रन्थहरू
लिङ्गमहिला
क्षेत्रकाञ्चीपुरममा देवी कामाक्षी र असममा कामाख्याको रूपमा पुजिने
चाडपर्वहरू
  • माघ पूर्णिमामा ललिता जयन्ती
  • ललिता पञ्चमी
  • नौरथा
  • आदि-पुरम
वंशावली
अवतारको जन्मपुष्प
रानीकामेश्वर ( शिवको एक रूप)


ललिता (जसलाई त्रिपुरसुन्दरी, षोडशी, कामाक्षी, लिलावती, राजराजेश्वरी इत्यादि पनि भनिन्छ) एक हिन्दु देवी हुन्। शाक्त सम्प्रदायका मानिसहरूद्वारा पुजिने उनी दस महाविद्याहरूमध्ये एक हुन्। [] उनले सर्वोच्च देवी महादेवीको सारलाई प्रतिनिधित्व गर्दछिन्। शाक्त ग्रन्थहरूका अनुसार, ललितासहस्रनामसौन्दर्य लहरी मा उनको व्यापक प्रशंसा गरिएको छ। [] ब्रह्माण्ड पुराण को ललितोपाख्यानमा उनलाई आदि पराशक्ति भनिएको छ।


"त्रिपुर" शब्दले तीन सहर वा तीन लोकलाई बुझाउँछ भने "सुन्दरी" को अर्थ "सुन्दर स्त्री" भन्ने हुन्छ। उनले तीनै लोककी सबैभन्दा सुन्दरी स्त्रीलाई जनाउँछिन् भने यसको सम्बन्ध योनि प्रतीक र सृष्टि, स्थिति तथा संहारको शक्तिसँग रहेको छ। शाक्त धर्मको श्रीकुल परम्परा अनुसार, त्रिपुरसुन्दरी महाविद्याहरूमा अग्रणी, हिन्दु धर्मको सर्वोच्च दैवी सत्ता र श्री विद्याकी प्राथमिक देवी हुन्। त्रिपुरा उपनिषद्ले उनलाई ब्रह्माण्डको अन्तिम ऊर्जाको रूपमा प्रस्तुत गर्दछ। [] उनलाई ब्रह्मा, विष्णुशिवभन्दा माथि रहेर शासन गर्ने सर्वोच्च चेतनाको रूपमा वर्णन गरिएको छ।[]

ललितासहस्रनामले त्रिपुरसुन्दरी र असुर भण्डासुर बीचको ब्रह्माण्डीय युद्धको वर्णन गर्दछ जुन असत्यमाथि सत्यको जितको प्रतीक हो। यस पवित्र ग्रन्थले उनको दैवी गुण र विशेषताहरूको विस्तृत चित्रण गर्दछ। पश्चिम बङ्गालको त्रिपुरा, तमिलनाडु, आन्ध्र प्रदेश, तेलङ्गाना, झारखण्डकर्नाटक लगायत भारतका विभिन्न स्थानहरूमा उनका मन्दिरहरू रहेका छन्। ललिता जयन्ती र ललिता पञ्चमी जस्ता उनका चाडपर्वहरू भक्तहरूद्वारा उत्साहका साथ मनाइन्छ जसले देवी र उनको दैवी नारी शक्तिको स्वरूपप्रतिको गहिरो आध्यात्मिक सम्बन्धलाई झल्काउँछ।

ललिता त्रिपुरा सुन्दरी दैवीय स्त्री शक्तिको अभिव्यक्ति हुन् र उनलाई आदि पराशक्तिको अन्तिम रूप मानिन्छ।[] उनलाई प्रायः एक सुन्दर र परोपकारी देवीको रूपमा चित्रण गरिएतापनि ब्रह्माण्डीय सन्तुलन पुनर्स्थापना गर्ने र ब्रह्माण्डको रक्षा गर्ने आवश्यक परेको खण्डमा उनी एक उग्र र शक्तिशाली योद्धामा रूपान्तरित हुन्छिन् जसलाई पार्वती वा कामाक्षीको रूपमा चिनिन्छ। ललिता त्रिपुरसुन्दरी र भण्डासुर नामक असुर बीचको युद्धको प्राथमिक वर्णन ललितासहस्रनाममा गरिएको छ जुन हिन्दु धर्मको एक पवित्र ग्रन्थ हो र यसमा देवी ललिताका एक हजार नामहरू समावेश गरिएका छन्। ललितासहस्रनामले युद्धको मात्र वर्णन नगरी ललिताका दैवीय गुण र पक्षहरूको पनि चर्चा गर्दछ, जसले दैवीय प्रेम, अनुग्रह, शक्ति र बुद्धिको स्वरूपको रूपमा उनको महत्त्वलाई उजागर गर्दछ। ललितासहस्रनाम ब्रह्माण्ड पुराण को एक अंश हो।

देवताहरूले भगवान शिवलाई उनको तपस्याबाट जगाउनका लागि कामदेवको सहयोग मागेका हुन्छन्। शिवले आफ्नो तेस्रो आँखा खोलेर कामदेवलाई भष्म बनाइदिएपछि उक्त खरानी लिएर चित्रकर्मा नामक गणले एउटा सुन्दर मानव रूप सिर्जना गर्छन्। शिवले त्यसमा प्राण भरिदिएपछि राक्षस भण्डासुर बन्छ। यस कथामा [शिव]]बाट वरदान प्राप्त गरी लगभग अजेय बनेको भण्डासुरलाई एक शक्तिशाली राक्षसको रूपमा चित्रण गरिएको छ। आफ्नो नयाँ शक्तिको दुरुपयोग गरी भण्डासुरले विनाश मच्चाउँछ र दैवीय व्यवस्थालाई चुनौती दिँदै आफ्नै राज्य स्थापना गर्दछ। भण्डासुरले निम्त्याएको बढ्दो खतराको सामना गर्न शिव र विष्णुको नेतृत्वमा देवताहरूले ललिता त्रिपुरा सुन्दरीसँग सहयोगको प्रार्थना गर्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Kinsley 1998, पृष्ठ 112.
  2. Kinsley 1998.
  3. Das 2001.
  4. Mahadevan 1975, पृष्ठ. 235.
  5. Brooks 1990, पृष्ठ. 155–156.
  6. Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 221, आइएसबिएन 978-0-14-341421-6