ललिताकुमारी साह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




सप्तरीबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् ललिताकुमारी साह माओवादीकी स्थानीय नेता हुनुहुन्छ। ०५६ देखि राजनीतिमा होमिनुभएकी साह ०५८ देखि भूमिगत हुनुभएको थियो। प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा लिनुभएकी २७ वर्षीय साह सामान्य परिवारमा जन्मनुभएको थियो। सप्तरीको पोर्ताहा -१ ीछटवामा जन्मनुभएकी साहको हालको स्थायी घर भने महावापुर -८ अर्जीमा रहेको छ। रामप्रसाद र सोलबीदेवीकी छोरी ललिताकुमारीका एक छोरा छन्।

मधेसका महिला र मधेसी जनताका अधिकारलाई नयाँ सविधानमा सुनिश्चित गर्ने उहाँका एजेण्डा छन् भने राजनीतिमा गरेको लगानीका साथै माओवादीको अग्रगामी चेतनासहितको नयाँ नेपालको खाकासहित मुद्दा लिएर जनतामाझ गएकोले आफूले पनि जितेको बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]