ललिता किङरिङ मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ललिता किङरिङ मगर

रौतहट जिल्ला, जुडवेला गाविसकी ललिता किङरिङ मगर समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पारिवारिक वातावरणका कारण २०५० सालदेखि राजनीतिमा सक्रिय ४६ वर्षीया मगर हाल नेपाली काङ्ग्रेस, रौतहट जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ। राजनीतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परेर तीन महिना थुनामा बिताइसकेकी सभासद मगर, नेपाल महिला संघका जिल्ला सदस्य तथा अदिवासी जनजाति संघका जिल्ला अध्यक्ष समेत हुनुहुन्छ। २०५४ सालमा वडा अध्यक्षमा निर्वाचित भएकी उहाँ मगर समन्वय समितिका सल्लाहकार रहिसक्नुभएको छ। सैद्धान्तिक निष्‍ठा, पार्टीको नीति र आदिवासी‍-जनजाति महिलाको पक्षमा आफ्नो सक्रियताले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। सभासद ललिता किङरिङ मगरको रुचि समाजसेवामा छ। तीन छोराकी आमा उहाँले १० कक्षा सम्मको अध्ययन गर्नुभएको छ। महिला समाजसेवा संघका संस्थापक मगरले जीविकाका लागि ११ वर्षसम्म निटिङ मेसिनबाट स्वेटर बुन्ने काम गर्नुभएको छ। आफ्नो खुट्टामा आफै उभिन र स्वाभिमानी भएर बाँच्न रुचाउने मगर सभासद हुनु अघिसम्म काठमाडौं न्युरोडको फुटपाथमा हातले बुनेको सामान बेच्नुहुन्थ्यो। आदिवासी जनजाति महिलालाई राज्यको मूल धारमा ल्याउने वातावरण बनाउनु नै संविधानभामा आफूले उठाउने प्रमुख मुद्दा भएको उहाँ बताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]