लवणासुर
| लवणासुर | |
|---|---|
शत्रुघ्नद्वारा लवणासुरको वध गरिँदै | |
| आबद्ध | असुर |
| धर्मग्रन्थहरू | रामायण |
| अभिभावकहरू | मधु (पिता), कुम्भीनसी (माता) |
लवणासुर हिन्दु धर्मका एक असुर हुन्। हिन्दु महाकाव्य रामायणमा उनलाई भगवान् रामका कान्छा भाइ शत्रुघ्नले वध गरेका थिए।[१]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]रामको शासनकालमा धेरै ठाउँमा शान्ति कायम भए तापनि लवणासुरले निर्दोषहरूलाई सताउने र ऋषिमुनिहरूका यज्ञहरू नष्ट गर्ने कार्य जारी राखेका थिए। धेरै राजाहरू उनीबाट पराजित भएका थिए र सबै त्रसित थिए। त्यसैले, एक दिन ऋषि च्यवन (भृगु ऋषिका वंशज) को नेतृत्वमा ऋषिहरूको टोली मधुपुरीबाट रामकहाँ संरक्षणको याचना गर्दै आएका थिए। लवण मधु नामक असुर राजा र उनकी पत्नी कुम्भीनसीका छोरा थिए। मधु ब्राह्मणहरूप्रति दयालु र कृपालु थिए र उनले देवताहरूसँग मित्रता कायम गरी असुर र देवताहरूबीच शान्ति स्थापना गरेका थिए। उनले देवताहरूलाई यति प्रसन्न तुल्याएका थिए कि एक अवसरमा भगवान् शिवले उनलाई आफ्नो त्रिशूल उपहारस्वरूप दिएका थिए। मधुले एउटा दरबार बनाएर त्यस ठाउँको नाम मधुपुरी राखेका थिए। मधुका छोरा लवण भने आफ्ना पिताको ठीक विपरीत स्वभावका थिए।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]लवणासुर सानैदेखि यति दुष्ट थिए र उनले आफ्ना खेल्ने साथीहरूलाई कुट्ने, मार्ने र खाने गर्ने गर्छन्। आफ्ना छोराको यस्तो व्यवहारबाट लज्जित भएर मधुले आफ्नो त्रिशूल लगायत सबै कुरा छोरालाई सुम्पिएर आफू समुद्रमा डुबेर प्राण त्याग गर्छिन्। ऋषिहरूले लवणको बारेमा थप वर्णन गर्छन्। इक्ष्वाकु वंशमा मान्धाता नामका एक राजा थिए, जसले सम्पूर्ण पृथ्वीमा शासन गरेका थिए। उनी धेरै नै अभिमानी हुँदै स्वर्गमा पनि शासन गर्न चाहन्छन्। उनले इन्द्रलाई कि त राज्य सुम्पिन वा युद्ध गर्न चुनौती दिन्छन्। इन्द्रले यदि उनले पृथ्वीका सबै राजाहरूलाई पराजित गरेमा आफ्नो राज्य दिने घोषणा गर्छन्। लवणासुरले त्रिशूलको सहायताले मान्धाताको सेनालाई पराजित गरेका थिए। यी सबै कुरा सुनेपछि रामले ऋषिहरू र मधुपुरी राज्यको रक्षा गर्ने वचन दिन्छन्।
मृत्यु
[सम्पादन गर्नुहोस्]भरतले लवणासुरसँग लड्न स्वयंसेवा गरेता पनि शत्रुघ्नले रामको सेवा गर्ने अवसर खोज्दै आफैँ लड्ने इच्छा व्यक्त गर्छन्। शत्रुघ्न ठूलो सेनाका साथ लवणासुरसँग युद्ध गर्न प्रस्थान गर्छन्। रामले आफ्ना भाइलाई लवणासुरको हातमा अजेय त्रिशूल नभएको बेला युद्ध गर्ने उपाय खोज्न सतर्क गराएका थिए। शत्रुघ्न लवण बस्ने गुफाको ढोकामा एक्लै उभिन्छन्। जब लवण दैनिक शिकार गरेर घर फर्किएका हुन्छन्, शत्रुघ्नले उनलाई युद्धको चुनौती दिन्छन्। लवणले पनि खुसीसाथ चुनौती स्वीकार गर्छन्। लवणले धेरै रूखहरू उखेलेर शत्रुघ्नमाथि प्रहार गर्छन् र ठूलो युद्ध सुरु हुन्छ। अन्त्यमा, शत्रुघ्नले रामले दिएको विशेष बाण (जुन विष्णुले मधु-कैटभलाई मार्न प्रयोग गरेका थिए) निकाल्छन्। शत्रुघ्नले धनुष तान्दा सम्पूर्ण ब्रह्माण्ड काँप्न थाल्छ। उनले लवणको मुटुमा प्रहार गरी उनको वध गर्छन्। त्यसपछि रामले शत्रुघ्नलाई मधुपुरीको राजा घोषणा गर्छन् र जहाँ उनले धेरै वर्षसम्म शासन गर्छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०२०-०५-२६), "Lavanasura, Lavaṇāsura: 2 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०६।
- ↑ Bane, Theresa (२०१४-०१-१०), Encyclopedia of Demons in World Religions and Cultures (अङ्ग्रेजीमा), McFarland, पृ: 201, आइएसबिएन 978-0-7864-8894-0।
