लाक्पा शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाक्पा शेर्पा

लाक्पा शेर्पा नेपाली महिला पर्वतारोही हुन् । शेर्पा २०१६ बिबिसी सय महिलाहरूको सूचीमा परेकी छिन् । लाक्पा शेर्पाले अहिलेसम्म ७ पटक विस्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकि छिन् । शेर्पाले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् । ७ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोले उनलाई सो सूचीमा समावेश गरिएको हो। बिबिसीले सन् २०१३ देखि बिबिसी १०० वुमेनको शृङ्खला सुरु गरेको हो । शिक्षा, स्वास्थ्य, समान ज्याला, घरेलु हिंसा, लैंगिक हिंसाजस्ता शीर्षकलाई यस शृङ्खलाले समेट्ने गर्दछ ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

लाक्पा शेर्पाको बाल्यकाल मकालुमा बितेको हो । उनी परिवारको एघारौ सन्तान हुन ।

ब्यक्तिगत जीबन[सम्पादन गर्नुहोस्]

पर्वतारोही लाक्पा शेर्पाले सन् २००२ मा रोमानियाली जन्म अमेरिकी नागरिक जर्ज डिजमारेस्कुसँग विवाह गरेकी थिइन । सन् २००१ देखि सन् २००६ सम्म यी दुई जोडीले ६ पाँच सँगै सगरमाथाको सफल आरोहण गरेका थिए । लाक्पा दुई छोरीहरु र एक छोराकी आमा पनि हुन ।पर्वतारोही हुनुभन्दा पहिले लाक्पाले ट्रेकर गाइडहरुको लागि भान्छाका कामदारका रूपमा काम गर्न थालेकी थिइन । शेर्पाका आफन्तहरु पनि पर्वतारोहण गरिरहने भएकाले उनी अरु पर्वतारोहीसँगै सामान बोक्दै हिड्ने काम गर्दागर्दै पर्वतारोही बन्ने प्रेरणा मिलेको थियो । "मैले मेरो पहिलो छोरी जन्मेको आठ महिनापछि र सानी छोरी पेटमा दुई महिनाको हुदा सगरमाथा चढेको थिए सजिलो त थिएन तर मैले चढे।"[१]

योगदान:[सम्पादन गर्नुहोस्]

सन् २००३ मा पर्वतारोही लाक्पा शेर्पाले बहिनी मिङ्ग किपा र भाइ मिङ्गमा गेलुसँगै सगरमाथा शिखरको सफल आरोहण गरेकी थिइन । पर्वतारोही शेर्पाकी बहिनी मिङ्गमा त्यतिखेर १५ वर्षकी थिइन ।भाई मिङ्गमा गेलुले भने अहिलेसम्म आठ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal's Lhakpa Sherpa: 'I want to climb Everest 10 times'", अन्तिम पहुँच १५ जुन २०१६ 

थप जीवनी:[सम्पादन गर्नुहोस्]

लोकमान्य गोल्छा