सामग्रीमा जानुहोस्

लाना डेल रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेना डेल रे
एउटा साङ्गितिक समारोहमा डेल रे
सन् २०२४ मा डेल रे
जन्मएलिजाबेथ वुलरिज ग्रान्ट
(1985-06-21) जुन २१, १९८५ (उमेर ४०)
न्युयोर्क, संयुक्त राज्य अमेरिका
अन्य नाम
  • लेना डेल रे
  • लेना रे डेल मार
  • लिजी ग्रान्ट
  • मे जेलर
  • स्प्राकेल जम्प रोप क्विन
मातृ शिक्षाप्रतिष्ठानफोर्डहाम विश्वविद्याल (कला स्नातक)
पेशा
  • गायिका
  • गीतकार
कार्यकालसन् २००५–हाल
कार्य
जीवनसाथी
जेरेमी डुफ्रेने
(
वि २०२४)
[]
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर
लेबल
वेबसाइटlanadelrey.com Edit this at Wikidata
हस्ताक्षर

एलिजाबेथ वुलरिज ग्रान्ट (जन्म: २१ जुन १९८५), व्यावसायिक रूपमा लेना डेल रेको रूपमा परिचित) एक अमेरिकी गायिका तथा गीतकार हुन्। पप संस्कृति र सन् १९५०-१९७० को दशकको अमेरिकानाको सन्दर्भका साथमा उनका सङ्गीतहरू आकर्षणीय शैली र रूमानी प्रेम भावनाको उदासीन अन्वेषणको लागि प्रख्यात छन्। उनलाई एमटिभी भिडियो म्युजिक पुरस्कार, तीनवटा एमटिभी युरोप म्युजिक पुरस्कार, दुईवटा ब्रिट पुरस्कार, दुईवटा बिलबोर्ड वुमन इन म्युजिक पुरस्कार र एक स्याटेलाइट पुरस्कार सहित विभिन्न पुरस्कारहरूले सम्मान गरिएको थियो।[] भेराइटी पत्रिकाले उनलाई २१औँ शताब्दीको सबैभन्दा प्रभावशाली गायिक तथा गीतकारहरू मध्ये एकको रूपमा हिटमेकर पुरस्कारले सम्मानित गरेको थियो। सन् २०२३ मा रोलिङ स्टोन पत्रिकाले डेल रेलाई सबैभन्दा प्रभावशाली २०० गायकहरूको सूचीमा राखेको थियो भने यसका साथै उनीहरूको भगिनी प्रकाशन रोलिङ स्टोन युकेले उनलाई २१औँ शताब्दीको सबैभन्दा महान अमेरिकी गीतकारको रूपमा पनि नामाकरण गरेको थियो।[][]

न्युयोर्क राज्यमा हुर्किएकी डेल रेले सन् २००५ मा सङ्गीत कर्मजीवनको निर्माणका लागि न्युयोर्क सहर जाने निर्णय गरेकी थिइन्। डेल रेको सफलतालाई थप उचाइमा पुर्‍याउन सन् २०११ मा उनको एकल सङ्गीत 'भिडियो गेम्स'ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो जसकारण उनलाई यसले पोलिडोर र इन्टरस्कोपसँग रेकर्डिङको सम्झौतासम्म पुर्‍याउन सफल बनाएको थियो।[] आफ्नो दोस्रो साङ्गीतिक सङ्गालो 'बोर्न टु डाइ' (सन् २०१२) का साथमा उनले आलोचनात्मक र वाणिज्यिक सफलता हासिल गरेकी थिइन् भने यसमा हिपहप सङ्गीत समाहित पनि थियो। यस साङ्गीतिक सङ्गालोको सर्वाधिक चर्चित गीत 'समरटाइम स्याडनेस' बन्न सफल भएको थियो। यो एल्बमले विश्वभरका धेरै राष्ट्रिय चार्टहरूमा शीर्ष स्थान प्राप्त गर्नुका साथै सन् २०२३ मा यो अमेरिकी बिलबोर्ड २०० मा ५०० भन्दा बढी हप्ता बिताउने महिला कलाकारको दोस्रो एल्बम बन्न सफल भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lana Del Rey Marries Alligator Tour Guide Jeremy Dufrene in Louisiana Wedding", US Magazine (अङ्ग्रेजीमा), २०२४-०९-२७, अन्तिम पहुँच २०२४-०९-२७ 
  2. Mier, Tomás (नोभेम्बर ११, २०२३), "Lana Del Rey 'Woke Up Very Excited' About Her 5 Grammy Nods", Rolling Stone, अन्तिम पहुँच नोभेम्बर २५, २०२३ 
  3. Ewens, Hannah (मार्च ८, २०२३), "Lana Del Rey: she does it for the girls", Rolling Stone, अन्तिम पहुँच मे २०, २०२३ 
  4. "The 200 Greatest Singers of All Time", Rolling Stone, जनवरी १, २०२३, अन्तिम पहुँच फेब्रुअरी १७, २०२३ 
  5. Harris, Paul (जनवरी २१, २०१२), "Lana Del Rey: The strange story of the star who rewrote her past", The Guardian, मूलबाट जुन २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]