लालदेउसा राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लालदेउसा राई (वि.सं. १९९३ - ) नेपाली पत्रकार हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

राईको जन्म वि.सं. १९९३ सालमा सिक्किममा भएको हो। राईको पुर्खौली घर खोटाङ हो।

३५ वर्षको उमेरमा उनले अन्तरजातीय विवाह गरेका हुन्।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

राईले सन् १९६५मा नेपाल डेली पेपरबाट पत्रकारिताको सुरुवात गरेका थिए। सन् १९६९ देखि दी राइजिङ नेपालमा काम सुरु गरेका राईले ४० वर्षभन्दा बढी पत्रकारितामा प्राध्यापन गरेका छन्। उनले रत्न राज्य क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौंमा पत्रकारिता अध्यापन गराएका थिए। अहिले अध्यापनबाट विश्राम लिएका छन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनले पत्रकारितासम्बन्धी लेखेको पुस्तक अखबारी पत्रकारिता (साझा प्रकाशन, वि.सं. २०५०) प्रकाशित छ। उनले परशुराम खरेलचिरञ्जीवी खनालसँग मिलेर नेपाली पत्रकारिता व्यवस्था र व्यवहार (त्रि.वि.पत्रकारिता विभाग, वि.सं. २०५५) लेखेका छन्।

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले वि.सं. २०६८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार पाए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]