सामग्रीमा जानुहोस्

लालन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालन

साई, शाह
लालन शाहको जीवितकालमा बनाइएको उनको एकमात्र चित्र जसलाई सन् १८८९ मा ज्योतिरिन्द्रनाथ ठाकुरले बनाएका थिए।
जन्म१७ अक्टोबर १७७४
बङ्गाल[]
मृत्यु१७ अक्टोबर १८९०(1890-10-17) (उमेर ११७–११८)
छेउडिया, कुमारखाली, कुष्टिया, बङ्गाल
मृत्युको कारणबुढ्यौली
निवासछेउडिया, कुष्टिया
२३°५३′४४″उ ८९°०९′०७″पू / 23.89556°N 89.15194°E / 23.89556; 89.15194
अन्य नामलालन फकिर, लालन साई, फकिर लालन शाह
पेशासाधक, गायक, गीतकार, सङ्गीतकार, कवि, दार्शनिक
चिनारीको कारणमानवधर्म दर्शनका प्रवर्तक, मानवतावाद
उपाधिफकिर, महात्मा, फकिर सम्राट
जीवनसाथीविशाखा

लालन (बङ्गाली: লালন) (१७ अक्टोबर १७७४ – १७ अक्टोबर १८९०)[], (जसलाई फकिर लालन, लालन साई, महात्मा लालन आदि नामले पनि चिनिन्छ) एक बङ्गाली बहुप्रतिभाशाली आध्यात्मिक साधक, मानवतावादी, समाज सुधारक, दार्शनिक र रहस्यमय कवि थिए। उनी अनगिन्ती गीतहरूका लेखक, सङ्गीतकार र गायक पनि थिए। लालनलाई बाउल गीतका अगुवाहरू मध्ये एक मानिन्छ र उनका गीत १९औँ शताब्दीमा अत्याधिक लोकप्रिय बनेका थिए।[][]

लालनको मानवता दर्शनले जात, वर्ग र धर्मका सबै भेदभावलाई अस्वीकार गर्छ र धार्मिक द्वन्द्व तथा जातिवादको विरोध गर्दछ। यसले आत्माको खोजीमा सबै सांसारिक मामिलाहरूलाई अस्वीकार गर्दछ र उपमहाद्वीपीय भक्त र सूफी परम्पराको सामाजिक रुपान्तरणकारी भूमिकालाई मूर्त रूप दिन्छ। एक मानवतावादी साधकको नाताले लालनले धर्म, जात, गोत्र लगायत सबै प्रकारका जातीय विभेदबाट टाढा रहेर मानवतालाई सर्वोच्च स्थान दिएका थिए। असाम्प्रदायिकको यो दृष्टिकोणबाटै उनले आफ्नो गीतहरू रचना गरेका थिए। उनका गीत र दर्शनले युगौँ युगसम्म रवीन्द्रनाथ ठाकुर, काजी नजरुल इसलाम र एलेन गिन्सबर्ग जस्ता धेरै प्रख्यात कवि, साहित्यकार, दार्शनिक, बुद्धिजीवी लगायत असङ्ख्य मानिसहरूलाई प्रभावित पारेको छ। उनका गीतहरू युगौँ युगसम्म धेरै सङ्गीतकलाकारहरूको स्वरमा लालनका यी गीतहरू उच्चारित भएका छन्।[][][][][] गान्धी भन्दा २५ वर्ष पहिले, भारतीय उपमहाद्वीप सर्वप्रथम उनलाई 'महात्मा' उपाधि दिइएको थियो।

कुष्टिया रेलवे स्टेसनदेखि लगभग २ किलोमिटर (१.२ माइल) दक्षिण-पश्चिम बङ्गलादेशमा अवस्थित चुरियामा लालन अखडा भनेर चिनिने संस्थाको स्थापना गरेका थिए। उनका शिष्यहरू प्रायः बङ्गलादेश र भारतीय राज्यहरू पश्चिम बङ्गाल, त्रिपुरा र असमको बराक उपत्यकामा बसोबास गर्दछन्। उनको पुण्यतिथिको अवसरमा प्रत्येक वर्ष उनका हजारौँ शिष्य र अनुयायीहरू लालन अखडामा जम्मा हुन्छन् र तीन दिनसम्म उनका गीत र दर्शनको चर्चा गर्दै उनको सम्मान विशेष कार्यक्रमहरूको सञ्चालन गर्दछन्।[१०] सन् २००४ मा, बीबीसीको सर्वकालिन महान बङ्गालीहरूको सर्वेक्षणमा लालनलाई १२औँ स्थानमा राखिएको थियो।[११][१२][१३]

धार्मिक साम्प्रदायिकका कट्टरहरूले लालनको असाम्प्रदायिक दृष्टिकोणका कारण उनलाई सबैभन्दा बढी आलोचना गर्छन्।[१४] लालनले आफ्नो जीवनकालमा आफ्नो धार्मिक पहिचान कसैमाझ सार्वजनिक गरेनन्। उनको धर्मबारे विश्वास हालसम्म पनि एक विवादास्पद विषय बनिरहेको छ। लालनको असाम्प्रदायिकता र लैङ्गिक भेदभावको विरोध जस्ता कारणले उनलाई जीवनमा कट्टरपन्थी धार्मिक समुदाय र मौलिकवादी हिन्दु-मुस्लिम समुदायबाट घृणा, अन्याय र आक्रमण भोग्नुपरेको थियो।[१५] त्यसैगरी उनको धर्मनिरपेक्ष मानवतावादी दृष्टिकोण, भगवान र धर्म आदि सम्बन्धि उठाएका विभिन्न प्रश्नका कारण धेरै धार्मिक कट्टरहरूले उनलाई नास्तिक भनेर वर्णन गर्छन्।[१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. বসন্তকুমার পাল। মহাত্মা লালন ফকির। শান্তিপুর: (১৯৫৬),ঢাকা (১৯৫৬) পাঠক সমাবেশ।
  2. বসন্তকুমার পাল, শ্রী; চৌধুরী, আবুল আহসান (সম্পাদক) (२०१२), মহাত্মা লালন পত্রিকা, কলকাতা: গাংচিল, आइएसबिएन 9789381346280, अन्तिम पहुँच ३० जुन २०१५
  3. গুপ্ত, ওম (१ अप्रिल २००६), "Encyclopaedia of India, Pakistan and Bangladesh", জ্ঞান পাবলিশিং হাউজ।
  4. গুপ্ত, ওম (१ अप्रिल २००६), "Encyclopaedia of India, Pakistan and Bangladesh", জ্ঞান পাবলিশিং হাউজ।
  5. Caudhurī, Ābadula Āhasāna (१९९२), Lālana Śāha, 1774 – 1890 (1. punarmudraṇa. संस्करण), Ḍhākā: Bāṃlā Ekāḍemī, आइएसबिएन 978-9840725977, ओसिएलसी 246442470
  6. Urban, Hugh B. (२००१), Songs of ecstasy tantric and devotional songs from colonial Bengal, New York: Oxford University Press, पृ: १८, आइएसबिएन 978-0-19-513901-3, अन्तिम पहुँच ३० जुन २०१५
  7. Tagore, Rabindranath; K. Stewart, Tony (Translation); Twichell, Chase (Translation) (२००३), The lover of God, Port Townsend, Wash.: Consortium Book Sales & Dist., पृ: ९४, आइएसबिएन 978-1556591969
  8. Hossain, Abu Ishahaq (२००९), Lalon Shah, the great poet, Dhaka: Palal Prokashoni, पृ: १४८, आइएसबिएन 978-9846030679, अन्तिम पहुँच ३० जुन २०१५
  9. Ginsberg, Allen; Foley, Jack (Winter–Spring १९९८), "Same Multiple Identity: An Interview with Allen Ginsberg", Discourse 20 (1/2, The Silent Beat): 158–181, आइएसएसएन 1522-5321, जेएसटिओआर 41389881
  10. Ahmed, Wakil; Karim, Anwarul (२०१२), "Lalon Shah", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
  11. "Listeners name 'greatest Bengali'" (en-GBमा), १४ अप्रिल २००४, अन्तिम पहुँच ११ जनवरी २०१८
  12. "The Daily Star Web Edition Vol. 4 Num 313", The Daily Star, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१८ अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  13. "International : Mujib, Tagore, Bose among 'greatest Bengalis of all time'", The Hindu, १७ अप्रिल २००४, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१८
  14. "09.07.2005 - Indian plays' return to UC Berkeley stage"www.berkeley.edu
  15. "University of California - UC Newsroom - Indian plays' return to Berkeley stage"। सङ्ग्रह मिति ८ जुन २०१३
  16. "Untitled Document"। सङ्ग्रह मिति ८ जुन २०१३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]