लालपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लालपुर

লালপুর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानाटोर जिल्ला
क्षेत्रफल
 • जम्मा३२७.९२ किमी (१२६.६१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा२१६,९७३
 • घनत्व६६०/किमी (१,७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटलालपुर उपजिल्लाको आधिकारिक नक्शा

लालपुर (बाङ्ला: লালপুর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल र मौसम[सम्पादन गर्ने]

लालपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०७' देखि २४°१८' उत्तर अक्षांश र ८८°५२' देखि ८९°०८' पूर्वी देशान्तरणमा अवस्थित छ। लालपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२७.९२ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई बागतीपाडाबडाईग्राम उपजिल्लाले उत्तर, ईश्वरदी, भेडामारादौलतपुर उपजिल्लाले दक्षिण, बाडाईग्राा उपजिल्लाले पूर्व र बाघा उपजिल्लाले पश्चिमबाट घेरेको छ। यो उपजिल्ला बङ्गलादेशको सबै गर्मी र सबैभन्दा चिसो तापक्रम हुने क्षेत्रहरूको बीचमा पर्दछ। यस उपजिल्लाको तापक्रम हिउँदमा ३ देखि ३.५ डिग्री सेल्सियस हुन्छ भने गर्मी मौसममा यसको अौसत तापक्रम ४३ डिग्री सेल्सियस हुन्छ। बरल, बसन्तपुर बिल आदि नदिहरू यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने ३० मार्च १९७१ का दिन यस उपजिल्लाको मोयन भन्ने ठाउँमा बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीचको प्रत्यक्ष गोली हानाहानमा ८० लडाकुहरूको मृत्यु भएको थियो भने ३२ गम्भीर घाइते भएका थिए। १२ अप्रिका दिन पाकिस्तानी सेना र लडाकु बीच पुन दनाईदह भन्ने ठाउँमा गोली हानाहान भएको थियो जहाँ १० लडाकुको मृत्यु भएको थियो। ५ मे १९७१ का दिन पाकिस्तानी सेनाले उत्तर बङ्गालमा चिनी उद्योगमा अचानक आक्रमण गरि उक्त उद्योगमा कार्यरत ५० कर्मचारीको सामूहिक हत्या गरेका थिए भने सोही दिन पाकिस्तानी सेनाले लालपुर सडकमा ५ सर्वसाधारणहरूको हत्या गरेका थिए। २९ मे १९७१ कन दिन पाकिस्तानी सेनाले पिथारपाडा गाउँमा ५० स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। १८ जुलाईका दिन पाकिस्तानी सेनाले लालपुर निलकुठीमा आक्रमण गरि २२ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए भने सोही दिन पाकिस्तानी सेनाले ४ सर्वसाधारणहरूलाई जिउँदै खाल्डामा गाडिदिएका थिए। २० जुलाई का दिन पाकिस्तानी सेनाले रामकृष्णपुर गाउँमा आक्रमण गरि ५ मानिसहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले उक्त गाउँका थुप्रै घरहरूमा पूर्णतया आगजनी समेत गरेका थिए। २७ जुलाई १९७१ का दिन पाकिस्तानी सेनाले बिलमारिया हटमा अचानक आक्रमण गर्दा ५० सर्वसाधारणहरू मारिएका भने ३ डिसेम्बरका दिन पाकिस्तानी सेनाले महेशपुरमा ३६ मानिसहरूको हत्या गरेका थिए।[३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २४२६४५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२५७९० छ भने महिलाको जनसङ्ख्या ११७८५५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२७५३३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४४८७ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४३४, इसाई धर्मवलम्बीको जनसङ्ख्या १५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९१ रहेको छ। यस उपजिल्लामा २६७ मस्जिद, ३८ हिन्दु मन्दिर र २ गिर्जाघरहरू रहेका छन्। मोमिनपुर शाही मस्जिद, माधवपुर शाही मस्जिद, नविरपाडा शाही मस्जिद, सलामपुर शाही मस्जिद, बोयोरा शाही मस्जिद, हजरत इमान शाही अलमको मजार, हजरत शाही सुफी बोरहन उदिनको मजार, सोना परको मजार, बुध पाडा काली मन्दिर, श्री फकिर चाँद गोसाई आश्रम आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, जुट, उखु, गहुँ, कपास तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, केरा, लिची र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, चिनी तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ९ माछापालन केन्द्र, ३०४ दुग्ध सङ्कलन केन्द्र तथा ९३ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.२७% मजदुरी, वाणिज्यमा १४.३५%, सञ्चार र यातायातमा ३.०१%, निर्माण क्षेत्रमा १.१%, सुविधा ६.६२%, धार्मिक सेवा ०.१५%, वैदेशिक रोजगारी ०.२७% र अन्य ७.३७% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय लालपुर थानाको स्थापना सन् १७९३ भएको थियो भने सन् १९८३ अप्रिल १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल लालपुर उपजिल्लामा १० सङ्घ परिषद्, २११ मौजा/महल्ला र २२८ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४३.५७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.८९% छ भने महिलाको साक्षरता दर ४२.१७% रहेको छ। यस उपजिल्लामा १३ क्याम्पस, ४ प्राबिधिक शिक्षण संस्था, ५२ माध्यमिक विद्यालय, ९९ प्राथमिक विद्यालय, २ सामुदायिक विद्यालय, ६३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट माध्यमिक विद्यालय यस प्रकार छन्; गोपालपुर डिग्री क्याम्पस, अब्दुल सरकारी क्याम्पस, मञ्जील पुकार कृषि तथा प्राबिधिक विद्यालय, मजार सरिफ प्राबिधिक तथा व्यवसायीक व्यवस्थापन महिला क्याम्पस (सन् २००१), गोपालपुर पौरो प्राबिधिक तथा बिएम क्याम्पस (सन् २००२), चक नाजिरपुर व्यवसायीक तथा बिएम शिक्षण संस्था (सन् २००२), लालपुर श्री सुन्दरी पाइलट उच्च विद्यालय तथा बिएम क्याम्पस (सन् १९११), लालपुर क्याम्पस, चक नाजिरपुर उच्च विद्यालय (सन् १९२५), बालितिता ईस्लामपुर आश्रमफुर अलुम फजिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে লালপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "लालपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "উপজেলার পটভূমি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  4. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "ইউনিয়ন সমূহ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 


बाह्य सूत्रहरू[सम्पादन गर्ने]