लिच्छबिकालीन लिपि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

लिच्छविकालीन लिपि भारतको गुप्त लिपि वा कुटिला लिपि ब्राहृमी लिपिको विकसित र परिष्कृत रूप हो ।सबैभन्दा पहिले पूवलिच्छविकालमा प्रचलित लिपिलाई गुप्त लिपि र उत्तरलिच्छविकालमा प्रचलित लिपिलाई कुटिला लिपि भनिदैँ आएको छ। पछि पञ्चायतकालमा आएर गुप्त लिपिलाई पूवलिच्छवि लिपि र कुटिला लिपिलाई उत्तरलिच्छविकालीन लिपि भनेर पुरातìव विभागबाट निर्णय भएपछि ती दुईवटै लिपिको नामाकरण त्यसरी नै गर्ने गरिएको थियो। पूवलिच्छवि लिपि वि.सं.को चौथोंको उत्तरार्द्धसम्म प्रचलित भएको छ। उदाहरणको रूपमा लिच्छवी राजा मानदेव प्रथम -वि.सं. ४९९-५००)को चाँगुको वि.संं. ४९९ -लि.सं. ३८६)को शिलास्तम्भ अभिलेख, काभ्रे पलाञ्चोकमा रहेको वि.सं. ५३८ -लि.सं. ४२५)को अभिलेखलाई लिन सकिन्छ।[स्रोत नखुलेको]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]