लिटिल एन्जल्स स्कुल
| लिटिल एन्जल्स स्कुल | |
|---|---|
| स्थान | |
![]() | |
हात्तीवन , ललितपुर नेपाल | |
| निर्देशाङ्क | २७°३९′०४″ उत्तर ८५°२०′१०″ पूर्व / २७.६५१° उत्तर ८५.३३६° पूर्व |
| जानकारी | |
| प्रकार | शैक्षिक |
| आदर्श वाक्य | (अङ्ग्रेजी: One goal, one mission. Our children, our nation.) (नेपाली: एउटै लक्ष्य, एउटै उद्देश्य। हाम्रा बालबालिका, हाम्रो राष्ट्र।) |
| स्थापना | सन् १९८१[१] |
| विद्यालय जिल्ला | ललितपुर |
| प्रधानाध्यापक | मुकुन्दराज शर्मा |
| नामाङ्कन | ९००० (विद्यालय स्तरमा), ५००० (कलेज स्तरमा) |
| भाषा | अङ्ग्रेजी, नेपाली |
| एथलेटिक उपनाम | एलएएस, एलए, एलएसी, एलएसिएचएस |
| वर्ष पुस्तक | बड पत्रिका |
| वेबसाइट | www |
लिटिल एन्जल्स स्कुल नेपालको ललितपुर जिल्लाको हात्तीवनमा रहेको निजी विद्यालय हो। यहाँ विद्यालय स्तरको शिक्षासहित ए-स्तर र +२ अध्ययन गर्नको लागि शैक्षिक सुविधा रहेको छ।[२]
इतिहास र वर्णन
[सम्पादन]लिटिल एन्जल्स स्कुल रहेको भवन नजिकै यसको प्राथमिक तहको शाखा रहेको छ। मुख्य हात्तीवन क्याम्पसले उच्च माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दछ। सन् २०१० (वि.सं. २०६६) देखि एलएएसले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्याम्ब्रिज जिसिई एड्भान्स्ड लेभल (ए-लेभल) कार्यक्रम सञ्चालन गर्न थालेको हो। विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गर्दछ।[३]
विद्यालयमा ४,६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। ए-लेभलका विद्यार्थी तथा लिटिल एन्जल्स कलेज र लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसमेत गरी संस्थाका विभिन्न तहमा कुल विद्यार्थी सङ्ख्या करिब ६,४०० रहेको छ। यहाँ ७०० भन्दा बढी शिक्षक तथा प्राध्यापक कार्यरत छन्।
लिटिल एन्जल्स स्कुल सन् १९८१ मा सुरु भएको थियो। यस विद्यालयका दुवै संस्थापक प्रधानाध्यापकहरू एलएएस सुरु हुनुभन्दा धेरै अघि नै शिक्षाको क्षेत्रमा सक्रिय थिए। वर्तमान समयमा दुवै संस्थापकहरू विद्या लिम्बु र उमेश श्रेष्ठ हाल संस्थापक निर्देशकका रूपमा काम गर्छन् भने प्रधानाध्यापकको जिम्मेवारी मुकुन्द राज शर्माले सम्हालि रहेका छन्। श्रेष्ठले विद्यालय प्रबन्धन विषयमा स्नातोकोत्तर गरेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "लिटिल एन्जल्स स्कुल : चार दशकदेखि गुणस्तरीय शिक्षामा समर्पित", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२६-०९-१५।
- ↑ "चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणी लिटिल एन्जल्स स्कुल", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२६-०९-१५।
- ↑ "४० वर्षदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल : शान्त वातावरणमा उच्च गुणस्तरीय प्रविधिमैत्री शिक्षा", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२६-०९-१५।
- ↑ "चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२६-०९-१५।
