लिनक्स बितरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लिनक्स बितरण युनिक्स जस्तै अपरेटिङ्ग सिस्टम परिवारको एक सदस्य हो जुन लिनक्स कर्नेलको माथि बनेको हुन्छ यस्ता बितरणहरू(कहिले काहिँ छोटकरीमा डिस्ट्रो भनिन्छ) अपरेटिङ्ग सिस्टमहरू हुन् जसमा धेरै सफ्टवेयरहरू र अनुप्रयोगहरू जस्तै वर्डप्रोसेसर , स्प्रेडसिटहरू र श्रव्यदृष्य अनुप्रयोगहरू पनि साथमा रहेका हुन्छन । अपरेटिङ्ग सिस्टममा लिनक्स कर्नेल रहेको हुन्छ , र साधारणतया , जीएनयु परियोजना,बाट प्रदान गरिएका प्रकार्य(लाईब्रेरी) र ग्राफिकहरू जसलाई एक्स सञझ्याल ब्यवस्थापकद्वारा समर्थित गरिएको हुन्छ । आकारका आधारमा विशिष्टिकृत गरिएका बितरणहरूमा एक्स नरहेको पनि हुनसक्छ र जसमा जिएनयु अनुप्रयोगहरूको विकल्पमा अलि बढि खदिलो अनुप्रयोगहरू जस्तै बिजिबक्स, युसिलिबसी, याडायटलिबसी. अहिले सम्म जम्मा जम्मी ६०० लिनक्स बितरणहरू रहेका छन् । जसमा ३०० भन्दा बढी सक्रिय विकास क्रममा छन, जसलाई लगातार परिमार्जन गरिन्छ ।

कर्नेल तथा सहयोगी अनुप्रयोगहरू स्वतन्त्र या खुला स्रोत सफ्टवेयर भएको हुनाले, लिनक्स बितरणहरूले धेरै रूप र प्रकार लिएका छन् — पूर्ण डेस्कटम देखि, सर्भर, ल्यापटम, नेटबुक, मोबाइल फोन, र ट्याबलेट अपरेटिङ्ग सिस्टम साथै न्युनतम बातावरणहरू (जस्तै सामान्य रूपमा इम्बेडेस‍ड सिस्टमहरूमाया प्रणालीहरू जो फ्लपी डिस्कबाट बुट हुन्छ ). केही अनुकुल सफ्टवेयर बाहेक (संस्थापक र वयवस्थापक ओजारहरूबाहेक), एक वितरणलाई चिन्न मूख्य रूपमा स्थापना गरिएका अनुप्रयोगहरूको मुठोको रूपमा जस्मा लाईब्रेरीहरू र मिल्दो कर्नेलको जोडा मिलाई कन "आउट अफ बक्स " क्षमताहरू जसले निश्चित उपयोगकर्ताको माग पूरा गर्ने रूपमा हेरिन्छ ।

बितरणहरूलाई व्यवसायिक कम्पनीहरूले सहयोग गरिएको जस्तै फेडोरा (रेड ह्याट), ओपनसुजे (नोभेल), उबुन्टु (क्यानोनिकल्स लिमिटेड), र म्यान्ड्रीभा लिनक्स (म्यान्डिभा), र पूर्णरूपमा समुदायमा-आधारित बितरणहरू जस्तै डेबियनजेन्टुको आधारमा फरक छुट्याउन सकिन्छ ।


स्थापना[सम्पादन गर्ने]

ओइएम सम्झौताहरू[सम्पादन गर्ने]

केही परिचित लिनक्स बितरणका पर्दा चित्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]