लिबरेसन टाइगर्स अफ तमिल ईलम
| लिबरेसन टाइगर्स अफ तमिल ईलम | |
|---|---|
| தமிழீழ விடுதலைப் புலிகள் දෙමළ ඊලාම් විමුක්ති කොටි සංවිධානය | |
![]() लिट्टेको प्रतीक चिन्ह | |
| अन्य नाम | तमिल टाइगर्स; लिट्टे |
| नेता | भेलुपिल्लई प्रभाकरण † |
| सञ्चालित अवधि | ५ मे १९७६–१८ मे २००९ (३३ वर्ष, १३ दिन) |
| देश | |
| लक्ष्य | श्रीलङ्काको उत्तरी र पूर्वी प्रान्तमा स्वतन्त्र तामिल ईलाम राज्यको स्थापना |
| विचारधारा | श्रीलङ्काली तमिल राष्ट्रवाद वामपन्थी राष्ट्रवाद क्रान्तिकारी समाजवाद समतावाद धर्म निरपेक्षता पृथकतावाद |
| स्थिति |
|
| आकार | सन् २००४ का अनुसार, १८,०००[१] |
| वार्षिक राजश्व | सैन्य पराजयभन्दा अघि ३० करोड[२][३] |
| राजश्वको स्रोत | तमिलहरूद्वारा गरिएको आर्थिक सहयोग, (स्वतस्फूर्त दान वा कहिलेकाहीँ बाध्य पारिएको), विदेशी लगानी,[४] तस्करी र लिट्टेद्वारा कब्जा जमाइएको क्षेत्रमा लगाइएको कर[५] |
| युद्धहरू | श्रीलङ्काली गृहयुद्ध |
| झण्डा | |
| वेबसाइट | आधिकारिक वेबसाइट (बन्द भएको) |
लिबरेसन टाइगर्स अफ तमिल ईलम वा लिट्टे तमिल: தமிழீழ விடுதலைப் புலிகள், सिंहली: දෙමළ ඊලාම් විමුක්ති කොටි සංවිධානය (तमिल टाइगर्सको रूपमा पनि परिचित) श्रीलङ्काको एक पृथकतावादी, चरमपन्थी छापामार सङ्गठन थियो। यो सङ्गठन श्रीलङ्काको उत्तर क्षेत्रमा आधारित रही उत्तर तथा पूर्वी भागलाई लिएर स्वतन्त्र तमिल राज्य स्थापना गर्ने उद्देश्यका साथ श्रीलङ्काली सरकार विरुद्ध लडिरहेका थिए, जसलाई श्रीलङ्कामा तमिल ईलम भनेर चिनिन्छ। सङ्गठनको संक्षिप्त नाम लिट्टे सर्वसाधारणमाझ परिचित थियो। सन् १९७६ को मे महिनामा स्थापित यस सङ्गठनका प्रमुख भेलुपिल्लई प्रभाकरण थिए जसको सन् २००९ मे १८ का दिन श्रीलङ्काली सशस्त्र सेनासँग भिडन्तमा मृत्यु भएको थियो। प्रभाकरणको मृत्यु पश्चात् सरकारी सेनाले त्यहाँ कुनै सार्वजनिक सभा हुन नदिई उनको शवलाई तत्कालै दहासंस्कार गरिदिएको थियो।[६]
लिट्टेका नेता भेलुपिल्लई प्रभाकरणले सन् १९५८ को तमिल विरोधी जातिघाती दङ्गाले उनलाई लडाकु बन्न प्रेरित गर्ने कारणहरूमध्ये एक भएको बताएका थिए। सन् १९७५ मा उनले १९७४ को तमिल सम्मेलन घटनाको बदला स्वरूप जाफनाका नगर प्रमुख अल्फ्रेड दुरियप्पाको हत्या गरेका थिए। सन् १९७२ को श्रीलङ्काली संविधानले देशको प्रमुख धर्मको रूपमा बौद्धलाई र राष्ट्रिय भाषाको रूपमा सिंहलीलाई आपनाएको विरोध स्वरूप लिट्टेको स्थापना सन् १९७६ मा भएको थियो।[७][८][९] लिट्टेले सरकारी लक्ष्य, प्रहरी तथा स्थानीय राजनीतिज्ञहरूलाई निशान बनाइ आक्रमण गरी सशस्त्र सेना विरुद्धको सशस्त्र सङ्घर्षमा होमिएको थियो। श्रीलङ्काली तमिलहरू विरुद्ध श्रीलङ्काली सिन्हलाहरूद्वारा हुने हिंसा र उत्पीडनका घटनाहरूमा विशेषगरी सन् १९७७ को तमिल विरोधी जातीघाती दङ्गा र सन् १९८१ को जाफना सार्वजनिक पुस्तकालय जलाउने घटना प्रमुख हुन्। सन् १९८३ मा सरकारका सदस्यहरूले आयोजना गरेको कालो जुलाई तमिल विरोधी दङ्गापछि तमिल सशस्त्र समूहहरूमा उल्लेखनीय रूपमा वृद्धि देखिएको र पूर्णस्तरीय विद्रोह सुरु भएको थियो जसले श्रीलङ्काली गृहयुद्ध निम्त्याएको थियो।[१०]सन् १९८६ सम्म आइपुग्दा लिट्टे श्रीलङ्कामा प्रमुख तमिल उग्रवादी समूहको रूपमा उदाइसकेको र यसलाई संसारकै सबैभन्दा प्रभावकारी र अनुशासित विद्रोही समूहहरूमध्येको एकका रूपमा व्यापक कहलिएको थियो।[११][१२][१३]
छापामार आक्रमण गर्ने एक प्रतिबन्धित समूहको रूपमा स्थापित लिट्टे क्रमशः परम्परागत सशस्त्र बल जत्तिकै शक्तिशाली हुन पुगेको थियो भने यस सङ्गठनमा विकसित सैन्य शाखाहरू जस्तैः नौसेना, हवाई इकाई, गुप्तचर शाखा र विशेष आत्मघाती आक्रमण इकाई समावेश थिए।[१४] लिट्टेले आत्मघाती बम विष्फोटलाई एक रणनीति रूपमा निखारेको थियो। यो सङ्गठन सैन्य र नागरिक दुवै लक्ष्यलाई समेट्ने मिश्रित युद्धमा संलग्न बनेको थियो। लिट्टेले महिला तथा बालबालिकाको सहयोगमा आक्रमण गर्ने र उनीहरूको प्रयोग गरी उच्च दर्जाका राजनीतिज्ञहरूको हत्या गराउने गरेको थियो जसमा सन् १९९१ को भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या समावेश छ।[१५] लिट्टेलाई ३३ देशहरूले आतङ्कवादी सङ्गठनको रूपमा चिन्हित गरेका थिए जसमा युरोपेली सङ्घ, क्यानडा, संयुक्त राज्य अमेरिका र भारत समावेश छन्।
श्रीलङ्काली सशस्त्र सेना र लिट्टे तीव्र सैन्य सङ्घर्षमा संलग्न रहँदाको समयमा उत्तर-पूर्वी क्षेत्रमा कहिलेकाहीँ लिट्टेले र कहिलेकाही सशस्त्र सेनाले कब्जा जमाएका थिए। यस सङ्गठनले श्रीलङ्काली सरकारसँग चार असफल शान्ति वार्तामा भाग लिएको र सन् २००० मा यसको चरम अवस्थामा लिट्टेले श्रीलङ्काको उत्तरी र पूर्वी प्रान्तका ७६ प्रतिशत भू-भागमा नियन्त्रण लिएको थियो।[१६][१७] प्रभाकरणले संस्थाको स्थापनाकालदेखि सन् २००९ मा मृत्यु नहुँदासम्म यस सङ्गठनको नेतृत्व गरेका थिए।[१७] सन् १९८३ देखि २००९ सम्म कम्तीमा १००,००० मानिसहरू गृहयुद्धमा मारिए जसमध्ये अधिकांश श्रीलङ्काली तमिलहरू थिए।[१८][१९] गृहयुद्धको समयमा श्रीलङ्का छाडेर थुप्रै तमिलहरू मुख्यतः पश्चिमी देश र भारततर्फ भागेका थिए जसले अनुमानित १० लाख आप्रवासित तमिल मानिसहरूको गठन गरेको थियो।[२०]
विचारधारा
[सम्पादन गर्नुहोस्]तमिल राष्ट्रियतावादलाई मुख्य विचारधारा मानी अगाडि बढिरहेको लिट्टे आफैँमा एक स्वत शैलीयुक्त राष्ट्रिय सङ्गठनको रूपमा परिचित थियो जसको प्रमुख उद्देश्य स्वतन्त्र तमिल राज्य स्थापना गर्नु थियो।[२१] लिट्टेले समाजवादमा आधारित, लोकतान्त्रिक र धर्मनिरपेक्ष राज्यको लागि प्रयास गरिरहेको दाबी गरेको थियो।[२२] सङ्गठनका नेता भेलुपिल्लई प्रभाकरण भारतीय स्वतन्त्र आन्दोलनका अगुवा सुभाषचन्द्र बोसबाट प्रभावित थिए।[२३] सङ्गठनले आफूलाई पृथकतावादी आन्दोलनमा सामेल नभएको दाबी गरिरह्यो र आत्मनिर्णय हासिल गरी तमिल मातृभूमि मानिने क्षेत्रमा सार्वभौमिकता पुनर्स्थापना गर्न लडिरहेको प्रष्ट्याएको थियो।[२४] यस सङ्गठनमा आवद्ध अधिकांश लडाकुहरू हिन्दु रहेको भएतापनि पनि लेट्टे स्पष्ट रूपमा धर्मनिरपेक्ष सङ्गठन थियो जसकारण धर्म सम्बन्धित विषयहरूले यसको विचारधारामा कुनै महत्वपूर्ण प्रभावहरू पारेको थिएन।[२५] प्रभाकरणले परम्परागत हिन्दु तमिल समाजका दमनकारी पक्षहरू जस्तै; जात प्रणाली र लैङ्गिक असमानताको आलोचना गरेका थिए।.[२६] लिट्टेले आफूलाई श्रीलङ्काली राज्यबाट स्वतन्त्रता प्राप्त गर्ने मात्र नभई तमिल समाजभित्र व्यापक परिवर्तन ल्याउने क्रान्तिकारी आन्दोलनको रूपमा प्रस्तुत गरेको थियो।[२७] त्यसैले यसको विचारधाराले जातीय भेदभाव हटाउन र महिला सशक्तीकरणको समर्थन गर्न माग गरेको थियो। प्रभाकरणले आफ्नो राजनीतिक दर्शनलाई 'क्रान्तिकारी समाजवाद' भनेर व्याख्या गरेका थिए जसको उद्देश्य 'समानतावादी समाज' सिर्जना गर्नु थियो।[२८] सन् २००२ सम्म आइपुग्दा भौगोलिक तथा राजनीतिक परिस्थितिमा परिवर्तन आएपछि प्रभाकरणले 'खुला बजार अर्थतन्त्र'लाई समर्थन गरेका थिए।[२९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Armed Conflicts Database, 2007", मूलबाट ११ मे २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२०।
- ↑ "LTTE international presents an enduring threat", Lakbima News, जुलाई २०११, मूलबाट १९ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०११। वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २०११ मिति
- ↑ "The Sri Lankan Tamil Diaspora After the LTTE", International Crisis Group, फेब्रुअरी २०१०, मूलबाट २० मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०११।
- ↑ Chalk, Peter (२००८), "The Tigers Abroad: How the LTTE Diaspora Supports the Conflict in Sri Lanka", Third World Quarterly 9 (2): १०१, जेएसटिओआर 43133783, अन्तिम पहुँच ३१ जुलाई २०२४।
- ↑ Stokke, Kristian (२००६), "Building the Tamil Eelam State: Emerging State Institutions and Forms of Governance in LTTE-Controlled Areas in Sri Lanka", Third World Quarterly 27 (6): १०३४, आइएसएसएन 0143-6597, जेएसटिओआर 4017738, डिओआई:10.1080/01436590600850434, अन्तिम पहुँच १५ डिसेम्बर २०२३।
- ↑ Kingsbury, Damien (२७ फेब्रुअरी २०२१), Separatism and the State (अङ्ग्रेजीमा), Taylor & Francis, पृ: ५४, आइएसबिएन 978-1-000-36870-3, मूलबाट ८ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०२४।
- ↑ Vukovic, Sinisa (२०१५), International Multiparty Mediation and Conflict Management, Routledge, आइएसबिएन 9781317610724, मूलबाट २० अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०२३।
- ↑ Hogan, Patrick Colm (२००९), Understanding Indian Movies: Culture, Cognition, and Cinematic imagination, University of Texas Press, आइएसबिएन 9780292779556, मूलबाट २० अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०२३।
- ↑ Arena, Michael P.; Arrigo, Bruce A. (१९७४), The Terrorist Identity: Explaining the Terrorist Threat, NYU Press, आइएसबिएन 9780814707593, मूलबाट २० अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०२३।p.189
- ↑ Cronin-Furman, Kate; Arulthas, Mario (२०२४-०९-०१), "How the Tigers Got Their Stripes: A Case Study of the LTTE's Rise to Power", Studies in Conflict & Terrorism 47 (9): 1006–1025, आइएसएसएन 1057-610X, डिओआई:10.1080/1057610X.2021.2013753।
- ↑ Cronin-Furman, Kate; Arulthas, Mario (२०२४-०९-०१), "How the Tigers Got Their Stripes: A Case Study of the LTTE's Rise to Power", Studies in Conflict & Terrorism 47 (9): 1006–1025, आइएसएसएन 1057-610X, डिओआई:10.1080/1057610X.2021.2013753।
- ↑ Moorcraft, Paul L. (२०१२), Total destruction of the Tamil Tigers: the rare victory of Sri Lanka's long war, Barnsley, South Yorkshire: Pen & Sword Military, पृ: ९१, आइएसबिएन 978-1-78159-153-6।
- ↑ Hashim, Ahmed (२०१३), When Counterinsurgency Wins: Sri Lanka's Defeat of the Tamil Tigers, University of Pennsylvania Press, पृ: 32–34, आइएसबिएन 978-0-8122-4452-6।
- ↑ "Sri Lanka rebels in new air raid", BBC News, २९ अप्रिल २००७, मूलबाट १६ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २००९।
- ↑ "Liberation Tigers of Tamil Elam | Mapping Militant Organizations", मूलबाट २३ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९।
- ↑ "Humanitarian Operation Timeline, 1981–2009", Ministry of Defence (Sri Lanka), मूलबाट २७ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०११।
- ↑ १७.० १७.१ Mark Tran (मे २००९), "Prabhakaran's death and fall of LTTE lead to street celebrations in Sri Lanka", The Guardian (London), मूलबाट १ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०११।
- ↑ "Sri Lanka's war 10 years on: Finding Father Francis", BBC News, १८ मे २०१९, मूलबाट १० डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०२१।
- ↑ Mahr, Krista (२८ नोभेम्बर २०१३), "Sri Lanka to Start Tally of Civil-War Dead", Time, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९ – world.time.comद्वारा।
- ↑ Jacobsen, Knut A., सम्पादक (२०२३), Hindu Diasporas, Oxford University Press, पृ: २४३, आइएसबिएन 978-0-19-886769-2।
- ↑ "The American government's assessment of Prabhakaran", LankaWeb, मूलबाट २४ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ Niels Terpstra & Georg Frerks (२०१७), "Rebel Governance and Legitimacy: Understanding the Impact of Rebel Legitimation on Civilian Compliance with the LTTE Rule", Civil Wars 19 (3): २९७, डिओआई:10.1080/13698249.2017.1393265।
- ↑ "Tamil National Leader Hon. V. Pirapaharan's Interview 'How I Became a Freedom Fighter' April 1994", eelamweb.com, मूलबाट ३ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ Hashim, Ahmed S. (२८ मे २०१३), When Counterinsurgency Wins: Sri Lanka's Defeat of the Tamil Tigers (अङ्ग्रेजीमा), University of Pennsylvania Press, पृ: ८५, आइएसबिएन 978-0812206487।
- ↑ "Suicide Bombs Potent Tools of Terrorists", Washington Post, १७ जुलाई २००५, मूलबाट १४ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ "Velupillai Pirabaharan - Womens International Day 1992", tamilnation.org, अन्तिम पहुँच २०२३-०४-२७।
- ↑ Alison, Miranda (२१ जनवरी २००९), Women and Political Violence: Female Combatants in Ethno-National Conflict (अङ्ग्रेजीमा), Routledge, पृ: १२६, आइएसबिएन 9781134228942।
- ↑ "Tamil National Leader Hon. V. Pirapaharan's Interview", eelamweb.com, मूलबाट ३ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ "Hon. V. Pirabaharan: Press conference at Killinochi 2002", मूलबाट ६ अप्रिल २०१६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण ६ अप्रिल २०१६ मिति
