लिलादेवी मेहता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सुनसरीकी सभासद् ३५ वर्षीया लिलादेवी मेहेता अनेमसङ्घ क्रान्तिकारीकी सुनसरी क्षेत्र नं.३ की क्षेत्रीय सदस्य हुनुहुन्छ। माओवादी सभासद्हरूमा माओवादीमा सबैभन्दा तल्लो जिम्मेवारी लिनुभएकी सभासद् मेहेता ०५० देखि एमालेबाट राजनीति थाल्नुभएको हो। ०५८ देखि माओवादीमा लाग्नुभएकी मेहेता ०६०मा अनेमसङ्घ क्रान्तिकारीको गाउँ कमिटीको अध्यक्ष हुनुभएको थियो। परिवारका सबै सदस्य माओवादी पूर्णकालीन रहेका गरीब किसान परिवारकी मेहेताकी देवर माओवादी सुनसरी सदस्य हुनुहुन्छ।

भारतको बिहार अररिया जिल्लाको सोनापुरमा जन्मनुभएकी मेहेता १५ वर्षको उमेर बिहे गर्नुभएको थियो। उहाँका दुवै छोरा माओवादीमा पूर्णकालीन छन्। तराईका दलित र महिलाको अधिकारलाई संविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]