लिली राइनहार्ट
स्वरूप
लिली राइनहार्ट | |
|---|---|
सन् २०२६ मा राइनहार्ट | |
| जन्म | लिली पाउलिन राइनहार्ट १३ सेप्टेम्बर १९९६ क्लिभल्यान्ड, ओहायो, संयुक्त राज्य अमेरिका |
| पेशा | अभिनेत्री |
| कार्यकाल | २०१०–हालसम्म |
लिली पाउलिन राइनहार्ट (जन्म १३ सेप्टेम्बर १९९६)[१] एक अमेरिकी अभिनेत्री हुन्। उनले द सिडब्ल्यु को किशोर नाटक शृङ्खला रिभरडेल (२०१७–२०२३) मा बेट्टी कुपरको भूमिका निर्वाह गरिन्, जसका लागि उनले ७ टिन च्वाइस अवार्ड प्राप्त गर्नुका साथै क्रिटिक्स च्वाइस अवार्ड र ३ पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन प्राप्त गरिन्।
राइनहार्टको प्रारम्भिक चलचित्र कार्यमा द किङ्स अफ समर (२०१३), मिस स्टिभन्स (२०१६) र हसलर्स (२०१९) मा सहायक भूमिकाहरू रहेका छन्। त्यसयता उनले प्रेमप्रसङ्गयुक्त चलचित्रहरू केमिकल हर्ट्स (२०२०), लुक बोथ वेज (२०२२) र द लभ हाइपोथेसिस (२०२६) तथा अपराध नाटक अमेरिकन स्वेटसप (२०२५) र कमेडी–नाटक लघुशृङ्खला हाल एन्ड हार्पर (२०२५) मा प्रमुख भूमिकाहरू निर्वाह गरेकी छन्। यी सबैमा उनले कार्यकारी निर्माताको रूपमा पनि काम गरेकी छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Lili Reinhart Biography", Biography.com, जुन २६, २०१८, मूलबाट जुन २२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २१, २०१९।
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा लिली राइनहार्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।