लिसंखु
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
लिसंखु | |
---|---|
देश | ![]() |
राज्य | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
लिसंखु नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। लिसंखु गाविस जिल्लको दक्षिणपूर्वी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट ८ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ३३.७७ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा अत्तरपुर , ठूलोधादिङ, पश्चिममा ठोकर्पा र सुनखानी , उत्तरमा अत्तरपुर र ठूलोपाखर गाविस र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। यस गाविसमा तामाङ जातिको बाहुल्यता छ। लिसंखु गाविसको धेरै भूभागमा खेती योग्य जमीन छ। गाविसका अधिकांश मानिसहरू खेती पशुपालन घरेलु उद्यममा व्यस्थ हुन्छन् भने अन्य मानिसहरू व्यापार नोकरी तथा अन्य पेशामा संलग्न छन्। यस गाविसको प्रमुख कृषिबालीमा धान मकै आलु गहुँ कोदो फापर तथा कृषि बीज आदि पर्दछन्। लिसंखु गाविसमा प्राय बुद्ध धर्मावलम्वीहरू छन्। यस गाविसका धेरै स्थानमा गुम्बा माने स्तुपा तथा अन्य साँस्कृतिक सम्पदाहरू छन्। गाविसको मध्यभागमा रहेको गुम्बा यस गाविसको प्रमुख आकर्षक हो। यसैगरी ताम्चे स्थित शिव मन्दिर जिल्लाकै एक प्रख्यात मन्दिर हो। जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर ३८ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |