लि-आन पिनक
लि-आन पिनक | |
|---|---|
सन् २०२२ मा पिनक | |
| जन्म | ४ अक्टोबर १९९१ बकिङघमसायर, इङ्ल्यान्ड |
| पेशा |
|
| कार्यकाल | सन् २०११–हाल |
| जीवनसाथी | अन्ड्रे ग्रे ( वि २०२३) |
| सन्तान | २ |
| साङ्गीतिक जीवन | |
| विधा | |
| वाद्ययन्त्र | स्वर |
| लेबल | |
| वेबसाइट | leigh-anneofficial |
लि-आन पिनक (अङ्ग्रेजी: Leigh-Anne Pinnock, जन्म; सन् १९९१ अक्टोबर ४) एक बेलायती गायिका, गीतकार तथा अभिनेत्री हुन्। उनले लिटिल मिक्स नामक महिला साङ्गीतिक समूहको सदस्यका रूपमा ख्यातिप्राप्त गरेकी थिइन्। उनले सन् २०११ मा बेलायती गायन प्रतियोगिता 'द एक्स फ्याक्टर' मा उनले एकल कलाकारको रूपमा अडिसन दिएकी थिइन्। पछि उनी सहित अन्य तीन सदस्यहरूसँग मिलेर 'लिटिल मिक्स' नामक समूहको गठन भएको थियो। पछि यस समूहले उक्त गायक प्रतियोगितामा भाग लिँदै आठौँ संस्करणको "द एक्स फ्याक्टर युके" जित्न सफल भएको थियो। समूहको सदस्यको रूपमा उनीले तीनवटा ब्रिट पुरस्कार जित्नुको साथसाथै उनीहरूको सार्वजनिक गरेका मध्ये १९ वटा गीतहरू बेलायती एकल सङ्गीत तालिकामा शीर्ष दसमा प्रवेश गरेका थिए। यस समूह सन् २०२२ मा अनिश्चितकालीन रूपमा निष्क्रिय भएको थियो। उनले सन् २०२१ मा बक्सिङ डे नामक चलचित्रमा अभिनय गरी कलाकारिता क्षेत्रमा पनि प्रवेश गरेकी थिइन्।
आफ्नो एकल साङ्गीतिक कार्यजीवनको भागको रूपमा पिनकले एरा स्टारसँगको सहकार्यमा "डन्ट से लभ" र "माइ लभ" जस्ता गीतहरू सार्वजनिक गरेकी थिइन् जसले बेलायती सङ्गीत तालिकाका दुवै तालिकाहरूमा शीर्ष ३० मा स्थान बनाउन सफल भएको थियो। नो हार्ड फिलिन नामक साङ्गीतिक सङ्गालोमा समावेश "स्टिलिन' लभ" गीत उक्त साङ्गीतिक सङ्गालोमा सार्वजनिक हुनु भन्दा अगाडि अर्थात् सन् २०२४ मार्च २८ का दिन सार्वजनिक भएको थियो।[१] सन् २०२५ जुलाईमा उनले स्वतन्त्र कलाकारको रूपमा आफ्नो पहिलो एकल गीत "बिन अ मिनेट" सार्वजनिक गरेकी थिइन् भने अगस्ट र अक्टोबर महिनामा उनका एकल गीतहरू क्रमशः "बर्निङ अप" र "डेड एन्ड गन" सार्वजनिक भएका थिए। उनको पहिलो एकल स्टुडियो एल्बम, माई इगो टोल्ड मी टु सन् २०२६ फेब्रुअरी २० का दिन सार्वजनिक गरिने तय भएको थियो।[२]
पिनोक विभिन्न जातीय मुद्दा तथा जातीय समानताको पक्षधरका रूपमा चिनिन्छिन् जसकारण उनले राष्ट्रिय विविधता र दूरदर्शी सम्मान पुरस्कार प्राप्त गरेकी थिइन्। उनको वृत्तचित्र, "लि-आन: रेस, पप एन्ड पावर"ले (सन् २०२१) आलोचनात्मक प्रशंसा प्राप्त गरेको र उक्त वृत्तचित्रलाई २६औँ राष्ट्रिय टेलिभिजन पुरस्कारमा उत्कृष्ट वृत्तचित्रको रूपमा नामाङ्कन गरिएको थियो। सन् २०२३ मा वर्ष शीर्ष सङ्गीतकार र उदाउँदो कलाकारको रूपमा उनले ग्ल्यामर पुरस्कारमा जित्न सफल भएकी थिइन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Leigh-Anne Official Website", Leigh Anne (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-२२।
- ↑ LEvine, Nick (१५ अक्टोबर २०२५), "Leigh-Anne announces debut album: release date, artwork, formats, tour dates and more", Official Charts Company, अन्तिम पहुँच २१ डिसेम्बर २०२५।
- ↑ Pantony, Ali (२०२३-१०-१८), "Leigh-Anne Pinnock: 'I miss the sisterhood of Little Mix. But this is my time now'", Glamour UK (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०७-२५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा लि-आन पिनक
- लि-आन पिनकडिसकोग्समा साङ्गीतिक कार्यहरू
- लि-आन पिनक म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू