लैंगिक समानता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लैंगिक समानताको संकेत चिन्ह

‘’लैंगिक समानता’’भननाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत-साधन आदिमा समन अवसर पहुँच र नियन्त्रण कायम राख्नु हो। माहिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र ललस्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो। लैंगिक समानता ल्याउनको लागि विशेष अभियानहरूको सन्चालन गदै त्यस स्बन्धमा देखापरेका चुनौतिहरुसग जुदै जानुपदछ।लैगिक समानता ल्याउन नारीवर्गको चेतनामा अभिर्वदि गनुपर्छ। नीतिनिर्माणका उच्च तहमा महिलाहरु पुग्नुपर्दछ अनिमात्र लैगिक समानताले खुड्किलो चढ्छ । यसलाई सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारको रुपमा लिन सकिन्छ । लैंगिक समानताले सारवान समानता कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

लैगिक सामाजिकीकरण Gender Socialization

सामाजिकीकरण हरेक समाजले महिला र पुरुषको लागि बेग्ला बेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ । भर्खरै जन्मेको शिशुलाई उसको लिङ्गको आधारमा पुरुष र महिलामा परिवर्तन गर्न सामाजिक र संस्कृतिक प्रक्रिया शुरु हुन्छ त्यो नै सामजिकीकरण हो । सामाजिकीकरण जस्तो समाज छ त्यसैले चाहे अनुसारको हुन्छ । सामाजिकीकरण स्वभाविक प्रक्रिया हो, किनकी प्रत्येक समाजमा त्यहाँ स्थापित चाल चलन रितिरिवाजलाई स्वभावैले अनुसरण गरिन्छ तर सवाल के हो भने त्यो समाज कति सभ्य छ, त्यहाँ विभेदहरु छन् कि छैनन्, त्यसका मूल्य मान्यता न्यायसंगत छन् वा छैनन्, त्यसले नै सामाजिक प्रक्रियामा प्रभाव पार्दछ । जस्तैः अत्यन्तै रुढीग्रस्त समाजमा जन्मेको बालकले पनि बाह्य प्रभाव प्राप्त गर्न सकेन भने त्यही समाज अनुकूल बन्न पुग्दछ तर जन्मदै उ रुढीवादी बनेर जन्मेको हुदैन । सामाजिकीकरण हुनु आफैमा नराम्रो होइन तर गलत समाजमा रहेका गलत मान्यतालाई परिवर्तन गर्नु आजको आवश्यकता हो ।

महिला र पुरुषलाई सामाजिकीकरण गर्न सहयोग पुर्याउने केही तत्वहरु निम्न अनुसार छन्

1.   परिवार वा छिमेकीः  हाम्रा घर परिवार तथा छिमेकी महिला र पुरुषलाई सामाजिकीकरण गर्न सघाउ पुर्याउने प्रमुख तत्वहरु हुन । शिशु जन्मेपछि त्यस परिवारको संस्कार अनुसार उसलाई परिवर्तन गरिन्छ । बोलीचाली, सहयोग, सम्मान, अरुप्रति गर्ने व्यवहार सबै त्यस परिवारका अन्य मानिसले के कसरी गरेका छन् र उसलाई के सिकाईन्छ त्यसबाट नै उसले आपूmलाई त्यसै अनुसार ब्यवहार गर्न थाल्दछ । त्यसै गरी उ डुल्ने, खेल्ने गरेको परिवार पश्चात् दोस्रो स्थान उसको छिमेक हो । त्यसैले छिमेकमा के हुने र गरिने चलन छ त्यो देखेर सिकेर उसले आफुलाई परिवर्तन गर्न थाल्दछ वा समाज अनुकुल आपूmलाई ढाल्दै जान थाल्छ । यसै अनुसार महिला र पुरुषको अलग अलग परिचय बन्दछ । आमा, दिदीहरुले गर्दै आएका कामहरु छोरी ( केटी)ले अवलम्बन गर्ने र बाबु, दाजुहरुले गर्दै आएका कामहरु छोरा (केटा)ले अवलम्बन प्रक्रिया अगाडि बढ्दछ ।

2.   पोशाक तथा खेलौनाः एउटा सानो शिशुलाई जन्मदै लिङ्गको आधारमा समाजले तोकिदिएको पोशाक लगाई दिइन्छ र खेलौना खेलाउन दिइन्छ । ती पोशाकमा महिला र पुरुषका विशेषता समाजले अंकित गरिदिएको हुन्छ । सोही अनुसार महिला र पुरुषको अलग अलग परिचय बन्दछ ।त्यसै अनुसार समाजमा भूमिका बन्दै जान्छ । 

3.  धर्म, संस्कृति र परम्पराः हाम्रो समाजका प्रचलित धर्म, संस्कृति, परम्पराले सामाजिकीकरण गर्न सहयोग पुर्याएका हुन्छन् । जस्तैः एउटा कुनै धर्म मान्ने परिवारमा जन्मेको शिशुलाई जन्मने बित्तिकै उसकै धर्म अनुसारको मूल्य र मान्यताका आधारमा व्यवहार गर्न थाल्दछांै र उसलाई उसले थाहा नपाउदै सोही अनुसार बदल्न र ब्यवहार गर्न थालिन्छ । हाम्रा परम्परा र संस्कृतिमा शिशुलाई सहभागी गराउन थाल्दछौ । जसले गर्दा बच्चा देखिनै त्यही परम्परा अनुसारको व्यवहार गर्दै जान्छ । जस्तै छाउपडीको परम्परा, धर्म, संस्कार, परम्परा, समाज र समय अनुसार फरक फरक अवस्थामा देख्न सकिन्छ । 

4.  विचार र विश्वासः  सबै समाजमा महिला र पुरुष प्रति अलग अलग बिचार र बिश्वासका आधारमा ब्यवहार गरिन्छन् । जे जस्तो विचार र विश्वासलाई अंगाल्ने समाज छ त्यसै प्रकारको विचार र विश्वास उस प्रति गरिन्छ । हाम्रा समाजका बिचारहरु महिला पुरुष मैत्री छन् भने र शिशुमा पनि त्यही विचार प्रवेश गर्ने अवशर पाएमा उ पनि नारी पुरुष मैत्री बन्न सक्दछ । शिशु गलत विचार वा गलत विश्वास बोकेर हुर्केको छ भने त्यसमा पनि सोही अनुसारको विचार वा गलत विश्वास विकास हुन्छ र सोही अनुसार महिला र पुरुषको अलग अलग परिचय बन्दछ । 

5.  शिक्षा वा  शैक्षिक संस्थाः सामाजिकीकरणको प्रक्रियामा शिक्षा, शैक्षिक प्रणाली र शैक्षिक संस्थाको ठुलो हात रहन्छ । एउटा शिशुले आफुलाई कसरी विकास गर्ने भन्ने कुरा उसले प्राप्त गर्ने शिक्षा, त्यस्तो शिक्षा प्रदान गरिने शिक्षण संस्थाको ठूलो भूमिका हुन्छ । हाम्रा पाठ्यक्रम, शैक्षिक संस्थाहरु र शिक्षा पद्धती अभैm पनि महिला मैत्री छैनन् र भएमा पनि महिलाले भन्दा पुरुषले त्यसको लाभ बढि लिने गर्दछन् । शिक्षाको आधारमा समाज र समाजको आधारमा शिक्षा बदलिन्छ । 

6.  कानुनः  समाज कस्तो छ, धर्म, संस्कृति, परम्परा आदि कस्ता छन् त्यसको प्रभाव कानुनमा परेको हुन्छ । कानुन कस्तो छ त्यसको प्रभाव व्यक्तिमा पनि पर्दछ । त्यसै अनुसार आचरण गर्दै जाँदा सामाजिकीकरण हुन जान्छ । नेपालमा कतिपय कानून महिला मैत्री छैनन् किनकी हाम्रो समाज नै पूर्ण रुपमा महिला मैत्री छैनन् । पुरुष मैत्री छ र सोही अनुसारका ब्यवहार गरिन्छन् । अहिले छोरीलाई पनि छोरा सरह सम्पत्ती दिने कानुन ब्यवहारमा पूर्ण रुपममा लागू हुन नसक्नुको कारण पनि यही नै हो । 

7. जनसंचारः जनसंचार भन्नाले सार्बजनिक सञ्चार भन्ने बुझिन्छ । मानिसले धेरै कुरा संचारका माध्यमबाट प्राप्त गर्दछ । पत्र पत्रिका, रेडियो, टि.भी आदिले के कस्ता सन्देश दिन्छन् त्यसैको आधारमा मानिसमा छाप पर्न जान्छ र सोही अनुरुप व्यवहार गर्न थाल्दछ अनी त्यो नै समाजमा स्थापित हुन पुग्दछ । हाम्रा सञ्चारका माध्ययम बाट पुरुष बहादुर हो, पुरुषले मात्र आम्दानी गर्नु पर्दछ र परिवार चलाउनु पर्दछ, महिलाले सेवाको काम गर्नु र पुरुषलाई रिझाउने काममा दक्ष हुनु पर्दछ भन्ने सन्देश दिने खालका प्रसारणहरु गरिएका हुन्छन् । त्यस्तै प्रकारका विज्ञापनहरु श्रव्य दृष्य माध्यमबाट देख्न र सुन्न पाईन्छ । हाम्रो समाजमा महिलाहरु सधै पुरुषको सहयोगिको भूमिकामा रहनु पर्ने वा पुरुषले लगाएको, अराएको काम मात्र गर्नु पर्ने खालको सामाजिक मान्यताको विकास गर्दछ । महिलाको आम्दानीले घर परिवार धान्ने काम गरियो भने पुरुषको इज्जत जान्छ भन्ने मान्यता रहेकोले महिलाहरुले व्यवसाय गर्ने र आत्मनिर्भर बन्ने अवसर देिख बञ्चित भएका हुन्छन् ।

महिला र पुरुषको भूमिका समाजले महिला र पुरुषको लागि अलग अलग भूमिका निर्धारण गरिदिएको हुन्छ, जसलाई श्रम विभाजन पनि भन्न सकिन्छ । यस्ता भूमिकाहरु समाज, समुदाय, व्यक्ति, समय आदि अनुसार फरक पर्न जान्छन् । हाम्रो समाजको लैङ्गिक विश्लेषण गर्दा तथा अध्ययन गर्दा महिला र पुरुषको भूमिकालाई निम्न अनुसार विश्लेषण गर्न सकिन्छ ।

1.  उत्पादनशील भूमिका यस अन्र्तगत प्रत्यक्ष आर्थिक उपलब्धि हासिल हुने खालका कार्यहरु पर्दछन् । यस्ता काम वस्तु तथा सेवाको उत्पादन घरको प्रयोग वा बेचबिखन गर्नको लागि गरिन्छ जस्तै खेत बारीमा काम गर्नु, ज्याला मजदुरी, व्यापार, दाउरा बोक्नु, उद्योग धन्दा चलाउनु आदि । जव मानिसहरुलाई के काम गर्छाै भनि सोधिन्छ, तब जवाफ धेरैजसो उत्पादनमुलक कामसँग संबन्धित अथवा पैसा वा आयआर्जनसँग सम्बन्धित हुन्छ । महिला तथा पुरुष दुबै उत्पादनमूलक काममा लागे पनि महिला पुरुष बीच कामको विभाजन अनुसार उनीहरुको काम र जिम्मेवारी अलग अलग हुन्छन् । जस्तैः— पुरुषले हलो जोत्ने, नोकरी गर्ने, व्यवसाय गर्ने, कारखानामा काम गर्ने गर्छन् भने महिलाले धान रोप्ने, गोड्ने, वस्तुको स्याहार, कृषि मजदुरी आदि गर्दछन् । यस्तो काम ( घट मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम संचालन निर्देशिका, ज्ख्ब्ए भूमिका) मा प्रायः महिलाहरुको सहायक भूमिका हुने र पुरुषको प्रमुख भूमिका हुने गरेको पाइन्छ किनकी यस्ता भूमिकाबाट प्रत्यक्ष आम्दानी हुने र नगद वा सम्पत्तिमा शक्ति लुकेको हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।

2.  पुर्नउत्पादनशील भूमिका यो दुई प्रकारको हुन्छ । (क) जैविक भूमिका बच्चा जन्माउनु, स्तनपान गराउनु आदि ।  (ख) सामाजिक भूमिका ः बच्चा र बुढाबुढीहरुको स्याहार गर्नु, खाना बनाउने, खुवाउने, दाउरा, पानी, घाँसको व्यवस्था गर्नु, बजार जानु, परिवारका सदस्यको स्वास्थको हेरचाह गर्नु, मूल्य शृङ्खलामा पनि महिलाको काम सहयोगीको रुपमा मात्र हुने गरेको देखिन्छ । यस्ता कामहरु मानिस बाच्नको लागि नगरी नहुने काम हुन् तर यी कामबाट प्रत्यक्ष आर्थिक लाभ नहुने हुनाले प्रमुख कामको रुपमा लिएको पाइदैन । यस्ता कामहरु प्रायः महिलाका मानिन्छन् । पुर्नउत्पादनशील सामाजिक भूमिकामा संलग्न भै रहन पर्ने भएकाले महिलाहरुलाई उत्पादनशील भूमिकामा संलग्न हुन समय नै मिल्दैन । यसका साथै उत्पादनशील भूमिका आम्दानी संग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा पुरुषहरुको वाहुल्यता बढी हुने हुनाले पनि महिलाहरु यस भूमिकामा अग्रणी स्थानामा आउन नसकेका हुन । समय मिलेर त्यहाँ संलग्न भए पनि पुर्नउत्पादनशील सामाजिक भूमिकामा पुरुषको संलग्नता नहुने हुँदा झनै कार्यबोझ बढ्न जान्छ र यसको मारमा महिलाहरु नै पर्ने गरेका छन् ।

सामुदायिक भूमिका परिवार तथा समुदायको आवश्यकता परिपूर्ति गर्नका लागि गरिने कामहरु सामुदायिक काम हुन् । यी कामहरु संस्कृतिको संरक्षण, पदको संरक्षण आदि तथा समुदाय विकास जस्ता उद्देश्यको लागि गरिएका हुन्छन् । जस्तैः— चाड पर्व, सामाजिक साँस्कृतिक गतिबिधिहरु, उत्सवहरु, सामुदायिक विकासका कार्यहरु, समूह, संगठनमा सहभागिता, स्थानीय तहमा राजनीतिक कार्य तथा समुदायमा रहेर गरिने विभिन्न कार्य । यस्ता कार्य समुदायको एकता, सस्कृतिको संरक्षण विकासको लागि आवश्यक हुन्छ । त्यहाँ महिला र पुरुष दुबै संलग्न भएका पनि हुन्छन् तर त्यहाँ पनि कामको विभाजन हुन्छ । जस्तैः विवाह कार्यमा घर भित्र बसेर परिकार महिलाले बनाउँछन् भने पुरुषले बाड्छन् । राजनीतिमा सहयोग महिलाले पनि गर्छन्, पद पुरुषले हासिल गर्छन् । समूहमा सदस्य महिला छन्भने पनि निर्णय गर्ने पदमा पुरुष बढी रहेका छन् । मान, सम्मान, प्रतिष्ठा, ओहदा प्राप्त हुने यस्ता ठाँउमा पुरुषको संलग्नता बढी हुन्छ किनकी यस्ता मान, सम्मान र प्रतिष्ठामा शक्ति हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न मद्धत मिल्छ । महिलाहरुलाई पुर्नउत्पादनशील भूमिकामा संलग्न हुनै पर्ने सामाजिक मान्यताका कारण पुरुषहरुको सामुदायिक भूमिकामा संलग्नता बढी र महिलाका भूमिका कम भएको हो । तर यो मात्र मूख्य बकरण नभई राजनैतिक भूमिकामा शक्ति भएकै कारण पुरुषको संलग्नता बढ्न गएको हो, जुन पितृसत्तातमक प्रणालीको उपज पनि मान्न सकिन्छ । हाम्रो विकासका कार्यक्रमहरुले महिलालाई उत्पादनशील र सामुदायिक भूमिकामा संलग्न गराउनका लागि बिभिन्न कार्यक्रमहरु तयार गरी लागु गरेका हुन्छन् तर पुर्नउत्पादनशील काम घठ मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम संचालन निर्देशिका, ज्ख्ब्ए घटाउने तर्फ कुनै कार्यक्रमहरु बनेका छैनन् । पुरुषहरुलाई पनि पुर्नउत्पादनशील भूमिकामा संलग्न गराउने र तीनै प्रकारका भूमिकाहरुलाई महत्व, सम्मान र मूल्य दिने हो भने महिलाहरु पनि घर बाहिरको काममा संलग्न हुँदा परिवारको आर्थिक उपलब्धिमा योगदान पग्ने छ । समाजको विकासमा मद्धत पुग्दछ ।