सामग्रीमा जानुहोस्

लैङ्गिक बजेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लैङ्गिक बजेट भन्नाले बजेटलाई लैङ्गिक दृष्टिकोणबाट तयार पार्ने वा विश्लेषण गर्ने प्रक्रियालाई हो। यसलाई लैङ्गिक संवेदनशील बजेटिङ पनि भनिन्छ। यसले महिलाका लागि छुट्टै बजेट छुट्याउने अर्थ भने दिदैँन। यसको उद्देश्य बजेटसँग सम्बन्धित लैङ्गिक असमानता, लैङ्गिक पदानुक्रम, र महिलासँग पुरुषबीचको तलब असमानता जस्ता विषयलाई सम्बोधन गर्नु हो। यो नारीवादी नीति हो जसको प्राथमिक उद्देश्य सार्वजनिक स्रोतहरूको वितरणलाई पुनःउन्मुख गर्नु, महत्वपूर्ण निर्णय प्रक्रियामा महिलाको उन्नत भूमिकाको वकालत गर्नु, र पुरुष तथा महिलाबीच स्रोतको वितरणमा समानता सुनिश्चित गर्नु हो। लैङ्गिक बजेटले सरकारलाई राजस्व नीतिहरूमार्फत समानता प्रवर्द्धन गर्ने अवसर दिन्छ, जसमा बजेटले लैङ्गिक आधारमा पार्ने फरक–फरक प्रभावहरूको विश्लेषण गर्नेदेखि लिएर समानताका लागि लक्ष्य वा उद्देश्यहरू तय गर्ने र ती लक्ष्यहरू पूरा गर्न आवश्यक स्रोत छुट्याउने कार्यहरू पर्छन्। यो अभ्यासले सधैँ जानाजानी हुने भेदभावलाई मात्र लक्षित गर्दैन, बरु वित्तीय योजनाले सबै लैङ्गिक समूह माथि पार्ने प्रभावबारे सचेतना बढाउन बाध्य पार्छ।

समानता प्रवर्द्धन गर्नु केवल नैतिक दृष्टिकोणबाट मात्र होइन, आर्थिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण हुन्छ। समान अर्थतन्त्रमा नागरिकले आय वितरण, शिक्षा तथा अन्य सेवामा पहुँच, र रोजगारी दरमा सुधार पाउँछन्। विभिन्न अध्ययनहरूले असमानताले गम्भीर आर्थिक लागत निम्त्याउने र समानता सुधारले युरोपेली सङ्घ (EU) को आर्थिक वृद्धिलाई टेवा पुर्‍याएको देखाएका छन्। समानता प्रवर्द्धनका लागि बजेट एक महत्त्वपूर्ण साधन हो। बजेट विनियोजन नै यस्ता लक्ष्यहरू हासिल गर्ने मुख्य माध्यम पनि हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]