लोकराज अधिकारी
लोकराज अधिकारी कबि / गीतकार | |
---|---|
![]() | |
जन्म | २०३७ साल चैत ११ लक्ष्मीपुर दाङ्ग |
राष्ट्रियता | ![]() |
शिक्षा | स्नातक |
पेशा | साहित्यिक लेखन, पत्रकारिता |
कार्यकाल | २०५६ साल देखि |
चिनारीको कारण | गजल , पत्रकारिता र गीत, |
गृहनगर | घोराहि उपमहानगर पालीका ४, दाङ |
जीवनसाथी | जयन्ता अधिकारी |
मातापिता | ओम प्रकाश शर्मा अधिकारी, शुभद्रादेवी अधिकारी |
पुरस्कार | बिशिस्ट युवा सम्मान २०६९ सर्बोत्कृष्ट गीतकार २०६७ सर्बोत्कृष्ट गीतकार सन २०१६, सर्बोत्कृष्ट चलचित्र गीतकार २०७५ राष्ट्रिय संगीत बिशिस्ट सम्मान २०७५ |
वेबसाइट | lokrajadhikari |
लोकराज अधिकारी (अङ्ग्रेजी: Lokraj Adhikari) जन्म बिक्रम सम्बत २०३७ चैत ११ । नेपाली कवि गीतकार तथा गजलकार हुन । नेपाली गजल गीति क्षेत्रका श्रष्टा लोकराज अधिकारीका गीत मध्य तिमिले पराई ठानेपछि (२०६६) मोवाइल रिङ्ग ब्याक टोनमा सर्बाधिक डाउनलोड हुने आधुनिक नेपाली गीत हो भने एक सय दिन सम्म चलेको चलचित्र शत्रुगतेको रुपै मोहनी बोलको गीत (२०७४)युट्युवमा एक दिनमा सबै भन्दा धेरै पटक हेरिएको गीत हो । तीक्ष्ण संवेदना र प्राञ्जल शैलीका धनी गीतकार अधिकारीका गीतहरूमा प्रेम बियोगका प्रसंग सरल ढङ्गले उजागरित भएको पाइन्छ । उनका फुटकर गीत गजल संगै डिभोर्स र दरार नामक एकल गीति सङ्ग्रह र हैसियत नामक संयुक्त गजल संगालो प्रकाशित छन । विम्व, प्रतीक, व्यञ्जना, वक्रोक्ति, व्यंग, पीडा, र भावनाबीचको समन्वय, लयसंवेदना आदि सबैको सम्यक् सन्तुलनको कारण लोकराज अधिकारी एक आकर्षक युवा सक्षम गीतकार एबं कबि हुन ।
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
अधिकारीको जन्म बाबु ओमप्रकाश शर्मा अधिकारी र आमा शुभद्रादेवीका सुपुत्रका रूपमा वि.सं. २०३७ साल चैत ११ गते राप्ती अञ्चलको दाङ्गमा भएको हो । दाङ्गमा जन्मिएका गीतकार , गजलकार लोकराज अधिकारीको बाल्यकाल दाङ्गको लक्ष्मीपुरमा बितेको देखिन्छ ।
शिक्षा[सम्पादन गर्नुहोस्]
उनको औपचारिक शिक्षाको सुरुवात लक्ष्मीपुर ४ डाँडागाउ गोग्लीमा रहेको माध्यमिक विद्यालयबाट भएको हो । कक्षा ७ सम्म सोही विद्यालयमा अध्ययन गरी ८ कक्षामा उनी पदमोदय पब्लिक हाईसकुल भरतपुरमा भर्ना भए पनि पुनः माबि डाँडा गाउ गोग्ली बाटै प्रवेशिका उत्तीर्ण गरेका उनले २०५५ सालमा महेन्द्र बहुमुखि क्याम्पस भरतपुर दाङ्गमा भर्ना भई प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेका हुन ।
गीति लेखन र पत्रकारिताको शुरुवात[सम्पादन गर्नुहोस्]
साहित्यिक लेखनका अतिरिक्त गीतकार एबं गजलकार लोकराज अधिकारी पत्रकारितामा आबद्ध भई २०५६ साल देखि सम्बाददाताको रूपमा गाउघर साप्ताहिक, राप्ती सन्देश अर्ध साप्ताहिक हुदै रेडियो स्वर्गद्धारीमा कार्यक्रम प्रस्तोताका रूपमा प्रवेश गरेका हुन् । २०५८ साल देखी २०६५ साल सम्ममा मोफसलमा रेडियोमा कार्यरत हुदाका बखतमै उनका एक दर्जन बढि गीत रेकर्ड भैसकेका थिए । पत्रकारिताकै शिलशिलामा २०६५ सालमा राजधानी काठमाण्डौमा प्रबेश गरेका अधिकारीले दक्षिण एसियाकै पहिलो स्वतन्त्र प्रसारण संस्था रेडियो सगरमाथामा कार्यक्रम निर्माताका रूपमा जागिरे जिवन शुरु गरे । त्यसैताका रेकर्ड भएको अन्जु पन्तको स्वरमा रहेको उनको तिम्ले पराई ठाने पछि पराई हुन के भयो र बोलको गीत मोवाइलको रिङ्गब्याक टोनमा अहिले सम्मकै सर्बाधिक डाउनलोड भएर ईतिहास रचेको गीत हो ।
साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]
तिम्ले पराई ठानेपछि पराई हुन के भयो र , मछु बरु छटपटिमा तिम्रो सामु पर्दिन म , जे गर्दा नि मिल्दैन भने मन हाम्रो ,रुपै मोहनी नारायण रुपै मोहनी जस्ता बहु चर्चित गीतहरुका स्रष्टाले ११ वर्षको उमेरदेखिनै गीत कविता र लेख्न थालनी गरेका हुन् । उनको पहिलो गजल २०५७ सालमा सरयु साप्ताहिकमा छापिएको थियो । भने पहिलो गीत किन होला तिमि छेउ नहुदा मान्दैन यो मन २०५८ सालमा रेकर्ड भएको हो । अधिकारीका अहिलेसम्म फुटकर गीत गजल कबिता गरी चार दर्जन जति सृजना प्रकाशीत छन भने सयभन्दा बढी गीत गजल रेकर्ड भइसकेको छ । विभिन्न चर्चित गीतका सर्जक अधिकारीले उत्कृष्ट युवा पुरस्कार देखी सर्बोत्कृष्ट गीतकार लगायत थुप्रै पुरस्कार पाएका छन । उनका अग्रज पुस्ताका गीतकार राजेन्द्र थापाले एक कार्यक्रममा लोकले मनपराउने गीतको स्वाद पस्किन सक्ने युवा प्रतिभाशाली गीतकारका रूपमा अधिकारी रहेको भनि प्रशंशा गरेका थिए । त्यस्तै संगीतकार लक्ष्मण शेष र संगीतकार सुरेश अधिकारीले गीतकार लोकराज अधिकारी पछिल्लो पुस्ताको अब्बल सर्जक भएको भन्दै सृजनशिलता तारिफ योग्य रहेका बताउने गर्छन ।
पुस्तक र कृति[सम्पादन गर्नुहोस्]
- हैसियत : यो संयुक्त गजल सङ्ग्रह हो । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले प्रकाशन गरेको यो पुस्तकमा नेपालका ७४ जना गीतकार गजलकार हरूको हरेकको २५ वटा गजल समाबेश छ । यो पुस्तक दुई भागमा प्रकाशन भएको छ ।
- डिभोर्स : यो गीतकार लोकराज अधिकारीको पहिलो एकल गीति सङ्ग्रह हो । जसमा अन्जु पन्त, मनोजराज, अन्जना गुरुङ्ग, राजेश पायल राई, रुपक डोटेल , जुनु रिजाल, सुधा रत्न लगायतका गायक गायिकाको स्वर समाबेश छ ।
- दरार : यो गीतकार अधिकारी को दोश्रो एकल कृति हो । जसमा सुरेश अधिकारीको संगीत र प्रमोद खरेल र सबिना भटटराईको स्वर समाबेश छ ।
संस्थागत संलग्नता[सम्पादन गर्नुहोस्]
गीतकार तथा पत्रकार अधिकारी बिधागत सङ्घ संस्थाका विभिन्न पदमा आबद्ध छन । उनी गीतकार सङ्घ नेपालका सदस्य हुन भने संगीतकार सङ्घ नेपालका सल्लाहकार हुन । त्यसैगरी संगीत रोयल्टी सङ्कलन समाज नेपालका बर्तमान कोषाध्यक्ष रहेका अधिकारी नेपाल पत्रकार महासङ्घका सभासद हुन ।संगीतकला पत्रकार सङ्घका उपाध्यक्ष, लेखक सङ्घ दांगका आजीवन सदस्य र नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका आजिवन सदस्य पनि हुन । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS)ग्लोबल समिती को गीत तथा संगीत प्रबर्द्धन समिती का सदस्य र म्यूजिक संसार नेपाल प्रालीका संस्थापक समेत रहेका अधिकारी म्यूजिक संसार नेपाल डटकम र रेडियो अडियोका कार्यकारी सम्पादक पनि हुन ।
पुरस्कार र पदक[सम्पादन गर्नुहोस्]
युवा गीतकार र साहित्यकारको भिडमा आफनो अलग पहिचान स्थापित गरेका अधिकारीले विभिन्न सरकारी तथा सङ्घ संस्थाबाट भिन्नि समयमा पुरस्कार सम्मान पाएका छन । युवा दिवसका अबसरमा उत्कृष्ट युवा पुरस्कार प्राप्त गरेका अधिकारीले पत्रकारिता र गीतिलेखनमा पुराएको योगदान बापत एक दर्जन बढि पुरस्कार र सम्मान थापेका छन ।
- उत्कृष्ट सञ्चारकर्मी पुरस्कार २०६४ रेडियो स्वर्गद्धारी दाङ्ग
- उत्कृष्ट कर्म सम्मान २०६५ मध्यमश्चिम गजल प्रतिष्ठान बाँके
- सर्बोत्कृृष्ट गीत रचना अवार्ड सुगम संगीत २०६७ बिन्ध्यबासिनी म्युजिक अवार्ड काठमाडौ
- नारायण सल्यानी स्मृती पुरस्कार २०६९ लेखक सङ्घ दाङ्ग
- बिशिस्ट युवा सम्मान २०६९ अन्तर्राष्ट्रिय युवा दिवस आयोजक समिती दाङ
- गीति रचना एम सम्मान २०७० एम मिडिया काठमाडौ
- सर्बोत्कृष्ट गीतकार अवार्ड सन २०१६ म्युजिक खबर म्युजिक अवार्ड काठमाडौ
- ईनास चलचित्र पत्रकारीता पुरस्कार २०७४ काठमाडौ
- सर्बोत्कृष्ट चलचित्र गीतकार राप्ती अन्तराष्ट्रिय अवार्ड २०१८ अस्ट्रेलिया
- राष्ट्रिय संगीत बिशिस्ट सम्मान २०७५ प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालय / नेपाल साङितिक सङ्घ
- नेपाली गौरब अवार्ड (बिधा गीतकार ) २०१८ दिल्ली भारत
- छाया छवि अन्तर्राष्ट्रिय अनर अवार्ड २०१९ ( बिधा गीतकार) थाइल्यान्ड
- सर्बोत्कृस्ट चलचित्र गीतकार अवार्ड २०१९ नेशनल पावर न्युज अवार्ड काठमाडौ
- उत्कृष्ट गजलकार अवार्ड २०७५ राष्ट्रिय संगीतकर्मी सङ्घ नवलपरासी
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
- रुपै मोहनी बन्यो रेकर्ड ब्रेकर गीत, क्लबमा पानी नाप्दै अनमोल forseenetwork
- ५ लाखको तीज गीतका निर्देशक बने अधिकारी - kendrabindu.com
- म्यूजिक खवर म्यूजिक अवार्डको मनोनयन सार्बजनिक -कान्तिपुर साप्ताहिक
- ‘बाँध मायाले’को दोस्रो गीत सार्वजनिक (भिडियो)-setopati.com
- गीतकार लोकराजले रोज्ने आफ्नै १० गीत -नयाँ पत्रिका राष्ट्रिय दैनिक माघ १३, २०७४
- सरकारले ३ र नर्वेजियन दातृ निकाय २५ लाख दिएको सत्य हो’ -दैनिक नेपाल डट कम
- अधिकारी परिवारद्वारा पत्रकार महासंघमा अक्षयकोष- rssamachar.com
- Upcoming Nepali Movie ‘Satru Gate’ Released Song- osnepal.com
- गीतकार अधिकारीको दोश्रो एकल गीति सङ्ग्रह सार्वजनिक
- Promotional song of 'Chakka Panja 2 dcnepal
- http://lokrajadhikari.com.np/493-2 http://lyricistsnepal.com.np/lok-raj-adhikari/