लोकेन्द्र विष्ट मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट पहाडी जनजातिबाट विजयी संविधान सभा सदस्य लोकेन्द्र विष्ट मगर माओवादीका केन्द्रीय सदस्य पनि हुनुहन्छ। लामो राजनीतिक सङ्घर्षको कारण पार्टीले संविधान सभाको मोर्चामा आफूलाई पठाएको विष्ट बताउनुहुन्छ। २०३७ सालमा विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा साइत गर्नुभएका विष्ट सबैभन्दा धेरै सयम जेलमा बिताउने माओववादीका केन्द्रीय नेतामा पर्नुहुन्छ। पटकपटक गरी १० वर्ष जेलमा बिताउनु भएका विष्ट शसस्त्र सङ्घर्ष थालनीको पूर्वसन्ध्यामा रुकुममा गणेश शाहको हत्या अभियोगमा जेलमा पर्नुभएको थियो। सात वर्षपछि उहाँ २०५८ सालमा राज्यसँगको बन्दी आदानप्रदानमा मुक्त हुनुभएको हो। माओवादीले बन्दी बनाएका प्युठानका मुक्तिप्रसाद शर्मा र विष्टको आदानप्रदान भएको थियो। बैकल्पिक पोलिटब्युरो सदस्य विष्ट लोकतन्त्र आउनु अगाडि भारतको पटनामा अढाई वर्ष जेलमा पर्नुभएको थियो।

पार्टी भित्र अभ्यास उपनामले चिनिने विष्टले रुकुमको मुरुमा रहेको घर जग्गा ९० हजारमा बेचेर पार्टीमा सर्वहाराकरणको अभियान थाल्नु भएको थियो। उहाँकी श्रीमती गङ्गा, छोरी सामना सहित माइती चौखाबाङमा बस्दै आउनु छ। माओवादी नेता रामबहादुर थापा बादलसँग लामो संगत गरेका विष्ट राप्ती क्षेत्रमा माओवादीको आधार बनाउन विशेष भूमिका खेलेका नेताको रूपमा चिनिनुहुन्छ। पार्टी सङ्गठनका साथ साथै सैन्य फाँटमा पनि काम गरेका विष्ट पछिल्लो पटक अन्तरिम विधायक हुँदा चौथो डिभिजनका कमिसार हुनुहुन्थ्यो। फुर्सदमा लेखन सिर्जनामा लागिरहने विष्टका सयौं कविता प्रकाशित छन्।

संविधान सभामा पार्टी नीति, घोषणापत्र र जन आकाक्षा अनुसारका संविधान लेख्न पहल हुने बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]