लोमान्थाङ दरबार
लोमान्थाङ दरबार उपल्लो मुस्ताङमा अवस्थित नेपालको एउटा ऐतिहासिक दरबार हो।[१][२] यो समुद्री सतहबाट ३,८०० मिटरमा अवस्थित छ। यो दरबार युनेस्को विश्व सम्पदा सम्भावित सूचीमा छ ।[३][४]
इतिहास
[सम्पादन]लोमान्थाङ दरबार १५ औँ शताब्दीको आसपास मुस्तङका प्रथम राजा अमाद पालले निर्माण गराएको थिए। उनले पहिले लोको बस्ती वरिपरि किल्लाको पर्खाल बनाएका थिए। पछि सन् १४४० मा उनले चार तले दरबार निर्माण गरेका थिए। १६औँ देखि १८औँ शताब्दीमा मुस्ताङ जुम्ला शासनमा थियो। सन् १७८९ मा जब जुम्लालाई नेपालमा गाभियो, तब मुस्ताङ पनि नेपालको अङ्ग बन्यो। यद्यपि, मस्ताङका राजालाई रजौटा राजाको रूपमा मान्यता दिइएको थियो। सन् १९५३ मा शाही परिवारले दरबार र उनीहरूको निवास लो मन्थाङ दरबारबाट थिङ्गर दरबारमा सर्यो, जुन चोङहुप उपत्यकाको लो मन्थाङबाट दुई माइल उत्तरमा अवस्थित छ।
२०७२को गोरखा भूकम्पले दरबारलाई क्षति पुऱ्याएको थियो। गर्डा हेन्केल फाउन्डेसनको सहयोगमा दरबार पुनर्स्थापित गरिएको थियो। बि.सं २०७३ मा पुनर्स्थापनामा सम्पन्न भएको थियो।[५]
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Centre, UNESCO World Heritage, "Medieval Earthern [sic] Walled City of Lo Manthang", UNESCO World Heritage Centre, अन्तिम पहुँच २०२१-०२-१८।
- ↑ "Farewell to the enchanted kingdom", OnlineKhabar English News, अन्तिम पहुँच २०२१-०२-१८।
- ↑ Crowder, Nicole (२०१५-०१-०७), "A fortress in the sky, the last forbidden kingdom of Tibetan culture", Washington Post, अन्तिम पहुँच २०२३-११-२४।
- ↑ "अद्भूत लोमान्थाङ (फोटो फिचर)", अन्तिम पहुँच २०२१-०२-१८।
- ↑ "पुनर्निर्माणपछि ब्युँतियो ऐतिहासिक लोमान्थाङ दरबार", Thaha Khabar, अन्तिम पहुँच २०२१-०२-१८।