ल्वाङफूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सामग्री

मैदा : १ किलो

घिउ : २ पाउ

चास्नी : आवश्यकताअनुसार

नरिवल : आधा पाउ

केशर : आधा चम्चा

विधि

सबैभन्दा पहिले घिउ तताउने। मनतातो भएपछि त्यसमा १ लिटर पानी हाल्ने। त्यसपछि उक्त घिउपानीमा मैदा हालेर मुछ्ने। त्यसलाई गोलो बनाएर तीनकुने आकारमा बेल्ने। बेल्दा अलिअलि पानी हाल्दै फोल्ड गर्दै थिच्ने। यसो गर्दा यसले एउटा निश्चित आकार लिन्छ। त्यसपछि यसलाई घिउमा पकाउने। ५-६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने। सेलाएपछि चिनीको झोलमा डुबाउने। चास्नीबाट निकालेपछि माथिबाट नरिवल र केशर छर्कने।