वटु टोल
बटु टोल | |
---|---|
काठमाडौँको ऐतिहासिक टोल | |
निर्देशाङ्क: २७°४३′०२″N ८५°१९′२६″E / २७.७१७२°N ८५.३२४०°Eनिर्देशाङ्कहरू: २७°४३′०२″N ८५°१९′२६″E / २७.७१७२°N ८५.३२४०°E | |
देश | ![]() |
महानगर | काठमाडौँ |
स्थापना | इसा पूर्व ७२३ |
उन्नतांश | १४०० मिटर (४६०० फिट) |
बटु टोल (नेपाल भाषा:वतु त्वा:) काठमाडौँ महानगरपालिकाको वडा नं २२ मा पर्ने एक ऐतिहासिक टोल हो। यो टोलको नाम यस टोलमा रहेको भद्रकाली देवीको मन्दिरको नाममा राखिएको हो। यो टोल काठमाडौँको केन्द्रीय स्थल इन्द्र चौकको नजिक रहेको छ। यो एउटा व्यापारिक स्थल हुनुको साथै नेवारहरूको एक ऐतिहासिक वस्ती पनि हो।[१][२]
नामको उत्त्पत्ति[सम्पादन गर्नुहोस्]
बास्तबमा यो नाम वचु टोल हो। यो टोललाई वचु टोल भन्नेमा यसको मौलिक इतिहास छ। यो टोलको नामाकरण यहाँ रहेको भद्रकाली देवीले गर्दा हो। यहाँ रहेको भद्रकाली देवीको रुप निलो भएकोले नेपाल भाषामा निलोलाई वचु भन्ने हुनाले यस स्थललाई वचु टोल भनिएको हो। कालान्तरमा यो ठाउँको नाम अपभ्रस्त भएर वचु तोल हुने ठाउँमा वटु तोल हुन गएको हो।