सामग्रीमा जानुहोस्

वर्नर भोन सिमेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वर्नर भोन सिमेन्स
1885 portrait
जन्मअर्न्स्ट वर्नर सिमेन्स
(१८१६-१२-१३)१३ डिसेम्बर १८१६
लेन्थे, हनोभर राज्य, जर्मन महासङ्घ
मृत्यु६ डिसेम्बर १८९२(1892-12-06) (उमेर ७५)
बर्लिन, Province of Brandenburg, प्रशा अधिराज्य, जर्मन साम्राज्य
चिनारीको कारणFounder of Siemens AG
पुरस्कारPour le Mérite for Sciences and Arts (1886)
वैज्ञानिक करियर
क्षेत्रइलेक्ट्रिकल इन्जिनियर, आविष्कारक

अर्न्स्ट वर्नर सिमेन्स (सन् १८८८ देखि भोन सिमेन्स) (अङ्ग्रेजी: /ˈsm.ənz/[]; जर्मन: [ˈziːməns, -mɛns]; सन् १८१६ डिसेम्बर १३- सन् १८९२ डिसेम्बर ६) एक जर्मन इलेक्ट्रिकल इन्जिनियर, आविष्कारक र उद्योगपति थिए। सिमेन्सको नाममा विद्युतीय चालकताको एसआई एकाइ, सिमेन्सको रूपमा अपनाइएको छ। उनले विद्युतीय र दूरसञ्चार समूह सिमेन्सको स्थापना गर्नुका साथै विद्युतीय ट्राम, ट्रली बस, विद्युतीय लोकोमोटिभ र विद्युतीय लिफ्टको आविष्कार गरेका थिए।

प्रारम्भिक वर्षहरू

[सम्पादन गर्नुहोस्]

अर्न्स्ट वर्नर सिमेन्स जर्मन महासङ्घको हनोभर राज्यको लेन्थेमा जन्मेका थिए।[] उनी क्रिश्चियन फर्डिनान्ड सिमेन्स र पत्नी एलोनोर डाइचमनको चौधौँ सन्तानहरूमध्ये चौथो थिए।

मध्य वर्षहरू

[सम्पादन गर्नुहोस्]

विद्यालय शिक्षा समाप्त गरेपछि सिमेन्सले बाउकाडेमी बर्लिनमा अध्ययन गर्ने इच्छा राखेका थिए।[] यद्यपि, उनको परिवार अत्यधिक ऋणमा डुबेकाले र प्रशिक्षण शुल्क तिर्न नसक्ने भएकोले, उनले सन् १८३५-१८३८ को बीचमा प्रसियन मिलिटरी एकेडेमीको आर्टिलरी र इन्जिनियरिङ् स्कूलमा भर्ना हुन रोजे, जहाँ उनले प्रशिक्षण प्राप्त गरेका थिए।[]

सिपाहीको रूपमा सिमेन्सले विद्युतीय रूपमा चार्ज गरिने समुद्री बारुदको आविष्कारमा योगदान पुर्‍याए, जुन पहिलो स्लेस्विग युद्धको समयमा कीलको डेनिस नाकाबन्दीसँग लड्न प्रयोग गरिएको थियो।[][]

युद्धबाट घर फर्किएपछि, उनले पहिले नै स्थापित भइसकेका प्रविधिहरू अझ उत्तम बनाउने गर्ने काम गर्न रोजे र अन्ततः विभिन्न प्रविधिहरूमा आफ्नो प्रगतिका लागि विश्वव्यापी रूपमा परिचित भए। सन् १८४३ मा उनले आफ्नो पहिलो आविष्कारको अधिकार बर्मिंघमको एल्किङ्टनलाई बेचे।[] सिमेन्सले एउटा टेलिग्राफ आविष्कार गरे जसले मोर्स कोड प्रयोग गर्नुको सट्टा सही अक्षरमाऔँल्याउन सुई प्रयोग गर्थ्यो।[] यस आविष्कारको आधारमा, उनले १ अक्टोबर १८४७ मा टेलिग्राफ-बाउन्स्टाल्ट भोन सिमेन्स एन्ड हल्स्के कम्पनीको स्थापना गरे, कम्पनीले १२ अक्टोबरमा कार्यशाला खोल्यो।[]

कम्पनीको स्थापना भए लगत्तै अन्तर्राष्ट्रियकरण भयो। वर्नरका एक भाइले इङ्गल्यान्डमा (सर विलियम सिमेन्स र अर्को सेन्ट पिटर्सबर्ग, रसियामा (कार्ल भोन सिमेन्स) उनको प्रतिनिधित्व गरे। आफ्नो औद्योगिक जीवनपछि, उनी १८८८ मा वर्नर भोन सिमेन्स बने। उनी सन् १८९० मा आफ्नो कम्पनीबाट अवकाश लिए र सन् १८९२ मा बर्लिनमा उनको मृत्यु भयो।

कम्पनी, सिमेन्स एन्ड हल्स्के एजी, सिमेन्स-सकर्टवेर्क र-१९६६ देखि -सिमेन्स एजी को रूपमा पुनर्गठित भयो, पछि उनका भाइ कार्ल, उनका छोराहरू अर्नोल्ड, विल्हेल्म, र कार्ल फ्रेडरिक, उनका नातिहरू हर्मन र अर्न्स्ट र उनका प्रपौत्र पिटर भोन सिमेन्सको नेतृत्वमा थिए। सिमेन्स एजी विश्वको सबैभन्दा ठुलो इलेक्ट्रोटेक्नोलोजिकल कम्पनीहरू मध्ये एक हो। भोन सिमेन्स परिवारको स्वामित्वमा अझै पनि (२०१३ को अनुसार ) कम्पनीको ६% सेयर छ र सुपरभाइजरी बोर्डमा एक सीट छ, सिमेन्स परिवार सबैभन्दा ठुलो शेयरधनी हो।।

पछिका वर्षहरू

[सम्पादन गर्नुहोस्]

पोइन्टर टेलिग्राफ बाहेक, सिमेन्सले विद्युतीय इन्जिनियरिङको विकासमा पर्याप्त योगदान दिए। उनलाई जर्मनीमा विद्युतीय इन्जिनियरिङको संस्थापक जनकको रुपमा चिनिन्छ। उनले सन् १८७९ मा विश्वको पहिलो विद्युतीय यात्रु रेल,[१०] र सन् १८८० मा पहिलो विद्युतीय लिफ्ट निर्माण गरे।[११] उनको कम्पनीले ती ट्युबहरू उत्पादन गर्यो जसबाट विल्हेल्म कोनराड रोन्ट्जेन ले एक्स-रेको अनुसन्धान गरेका थिए। उनले डाइनामो को आविष्कार गरेको दाबी गरे तर अरूले यसलाई पहिले नै आविष्कार गरेका थिए।

१४ डिसेम्बर १८७७ मा उनले इलेक्ट्रोमेकानिकल "डायनामिक" वा मुभिङ-कोइल ट्रान्सड्यूसरका लागि जर्मन पेटेन्ट नम्बर २३५५ प्राप्त गरे, जसलाई ए. एल. थुरास र ई. सी. वेन्टेले १९२० को दशकको उत्तरार्धमा लाउडस्पीकर रूपमा प्रयोगका लागि बेल सिस्टमका लागि अनुकूलित गरेका थिए।[१२] वेन्टेको रूपान्तरण १९२९ मा U.S. Patent १,७०७,५४५ जारी गरिएको थियो।

मे १८८१ मा, सिमेन्स र हाल्सकले बर्लिनको उपनगर ग्रोब्स-लिचटरफेल्डमा विश्वको पहिलो विद्युतीय ट्राम सेवाको उद्घाटन गरे।[१३] सिमेन्स ट्रलीबसका पनि पिता हुन्। उनले सुरुमा २९ अप्रिल १८८२ मा आफ्नो "इलेक्ट्रोमोट" प्रयोग गरेर परीक्षण गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Wells, John (३ अप्रिल २००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Pearson Longman, आइएसबिएन 978-1-4058-8118-0 
  2. "Werner von Siemens: A dynamic, visionary entrepreneur", siemens.com Global Website (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०१-०५ 
  3. Werner von Siemens. "Inventor and entrepreneur : recollections of Werner von Siemens". London, England, 1966.
  4. "HNF - Werner von Siemens (1816-1892)", www.hnf.de  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०८ मिति
  5. "L I F E L I N E S - Werner von Siemens", siemens.com, Siemens Historical Institute, L I F E L I N E S – Volume 5, अन्तिम पहुँच २५ जनवरी २०२३ 
  6. "Werner Siemens' battle for Friedrichsort Fortress in 1848", Burgerbe.de, २ नोभेम्बर २०१४, अन्तिम पहुँच २५ जनवरी २०२३ 
  7. Schwartz & McGuinness Einstein for Beginners Icon Books 1992
  8. "Courage and ingenuity – Siemens' success story begins with the pointer telegraph", Siemens Historical Institute (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जुन २०१९  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०१९ मिति
  9. "The year is 1847", Siemens Historical Institute (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जुन २०१९ 
  10. E. Hoffmann: Telegraphy and Electrical Engineering at the Berlin Trade Exhibition in 1879. Reprint from: Archiv für Post und Telegraphie 1879, No. 14. Berlin 1879. (Quote p. 17–19 at technik-in-bayern.de)
  11. "The History of Elevators From Top to Bottom", ThoughtCo 
  12. Ed. M. D. Fagen, "A History of Engineering and Science in the Bell System: The Early Years", Bell Laboratories, 1975, p. 183.
  13. "Werner von Siemens", siemens.com Global Website, अन्तिम पहुँच २०२१-०८-१४