वसन्त कुमार शर्मा 'नेपाल'

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य प्रयोगको लागि वसन्त (स्पष्टता) हेर्नुहोस ।

वसन्तकुमार शर्म्मा 'नेपाल' (वि.सं. १९८४ - बि.सं. २०७६) कोशकार हुन् । उनका करिब एक सय कृति प्रकाशित छन्। उनले तयार पारेको नेपाली शब्दसागर शब्दकोश हालसम्मकै सबभन्दा ठूलो नेपाली शब्दकोश हो।

जीवनी[सम्पादन गर्ने]

शर्माको जन्म बि.सं १९८४ को चैत रामनवमीका दिन महाराजगंज, काठमाडौंमा भएको थियो । उनका पिता पण्डित दिवाकर शर्मा नेपाल र माता हेमकुमारी देवी हुन् । यसैगरी उनको मृत्यु बि.सं. २०७६ साल बैशाख ७ गते फोक्सोको सङ्क्रमणबाट भएको हो ।

शिक्षा[सम्पादन गर्ने]

साहित्य-धर्मशास्त्र-राजशास्त्रमा शास्त्री, हिन्दी शर्माले साहित्यमा साहित्यभूषण, नेपालीमा एम्.ए., बी. एड., हामीयो डाक्टर उपाधि प्राप्त गरेका छन् ।

सेवा[सम्पादन गर्ने]

  • नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद् परिषद्मा बृहद् नेपाली शव्दकोषका सहायक संपादक,
  • संक्षिप्त संस्कृत-नेपाली शव्दकोषका संपादक,
  • नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान गद्यसाहित्य विभाग,
  • विदेशी साहित्यकार संम्पर्क समितिका सचिव र
  • चित्र-कला विभागका सहायक सचिव।

सामाजिक संलग्नता[सम्पादन गर्ने]

  • विश्वबन्धु पुस्तकालय २००४-१२ -कान्तिसाँस्कृतिक केन्द्र) का संस्थापक सचिव र अध्यक्ष,
  • अखिल नेपाल पुस्तकालय संघका संस्थापक सदस्यसचिव २००७-१०,
  • संस्कृत छात्र संघीय अध्यक्ष २००८-१०,
  • अग्रगामी साहित्यिक मण्डलका संस्थापक सदस्य सचिव २००९-१२,
  • नेपाल फुटबल संघका संस्थापक सदस्य २०१३-२०, जयन्ती -साहित्यिक मासिक) पत्रिकाका संस्थापक संपादक २०२७-३१,
  • नेपाल नाटक संघका संस्थापक सचिव र निर्देशक २००५-०९,
  • चारु मित्र चौतारी समूहका सम्मानित सदस्य, नवजीवन बुद्ध सेवा संघका संरक्षक,
  • शिक्षा मन्त्रालयद्धारा प्रकाशित नेपाली शिक्षा, जागृति, शिक्षा समाचार २००६-१०, पद्मोदय रजत जयन्ती मुखपत्र २०२९ आदिका संपादक प्रबन्ध संपादक

शैक्षिक संलग्नता[सम्पादन गर्ने]

  • नेपाली शिक्षा परिषद्का संस्थापक शिक्षक (२००८), * रत्नराज्यलक्ष्मी क्याम्पसका संस्थापक सचिव र प्राध्यापक (२०१८),
  • पशुपति बहुमुखी क्याम्पस चाबेलका संस्थापक, सदस्य-सचिव र क्याम्पस प्रमुख (२०३७-२०४१),
  • नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक, सदस्य सचिव र क्याम्पस प्रमुख (२०४२-०४३),
  • कन्या क्याम्पस, डिल्लीबजारका संस्थापक प्राध्यापक (२०३७-२०४०),
  • पद्मोदय मा.वि. रामशाहपथका शिक्षक २०१०-२०३१,
  • पद्मकन्या मा.वि. डिल्लीबजारका शिक्षक २०३१-२०४३,
  • प्रौढ महिला मन्दिरका संस्थापक शिक्षक, रात्री पाठशाला -नन्दी-रात्री मा. वि.) नक्सालका शिक्षक,
  • अमर आदर्श आवसीय विद्यालय वानेश्वरका संस्थापक शिक्षक,
  • आदर्श शिक्षा मन्दिर -हाल शिवपुरी मा. वि.) महाराजगन्जका संस्थापक सदस्य,
  • बालकुमारी आवसीय विद्यालय काठमाडौंका संस्थापक सदस्य,
  • शहीद शुक्र मा. वि. का संस्थापक सदस्य,
  • शारदा मा. वि. देवपत्तन काठमाडौंका संस्थापक शिक्षक,
  • नीजि क्याम्पस अर्गनाईजेसनको सदस्य सचिव २०३८-४३,
  • नेपाल सरकारको पाठ्यक्रम परिमार्जन समितिमा पटक-पटक १ देखि १० कक्षा सम्मको नेपाली पुस्तकको परिमार्जनमा संलग्न र
हाल
  • ब्रिलियन्ट उच्च बहुमुखी क्याम्पसका संरक्षक,
  • पायोनियर एकाडेमीका सञ्चालक समितिका अध्यक्ष, * योगी नरहरीनाथ ट्रष्ट सेवा समितिका सल्लाहकार।

सम्मान तथा पुरस्कार[सम्पादन गर्ने]

'आमा' (मेक्सिम गोर्की)को अनुवादमा रुस सरकारबाट पुरस्कृत-२०१०, शिक्षासेवा नगद पुरस्कार-२०२९, गुणराज व्याख्यान पुरस्कार-२०५१, पशुपति बहुमुखी क्याम्पसबाट अभिनन्दित-२०५३, नुवाकोट बहुमुखी क्याम्पसबाट अभिनन्दित-२०५६, उपनिषत् प्रसंगमा गुणराज पुरस्कार-२०५६, विजय श्री पुरस्कार-२०५८, हेमराज पुरस्कार-२०५८, विश्व हिन्दू परिषद्बाट अभिनन्दित-२०५८, वि्रलियन्ट उच्च बहुमुखी क्याम्पसबाट अभिनन्दित-२०५८, आफ्नो सहकारी कोषबाट अभिनन्दित-२०५८, नेपाल वंशज परिषद्बाट अभिनन्दित-२०५८, वीरेन्द्र ऐश्वर्य सेवा पदक-२०५८, पद्मकन्या विद्याश्रमबाट अभिनन्दित-२०५९, राष्ट्रिय व्यक्तित्व सम्मान-२०५९, बालचन्द्र पुरस्कार-२०५९, सुप्रवल गोरखा दक्षिणबाहु-२०५९, आयफा सम्मान-२०६०, त्रि.वि.वि.को तुलसाबाट अभिनन्दित-२०६०, देवकोटा काव्य सम्मान-२०६०, पद्मोदय सम्मान-२०६०, पशुपति क्याम्पसबाट सेवा सम्मान-२०६१, लेखनाथ रथयात्रा सम्मान-२०६१, श्रीमद्भागवत् ज्ञान महायज्ञ मूल समारोह समितिबाट अभिनन्दित-२०६१, मदन पुरस्कार स्वर्ण वर्ष सम्मान-२०६२, लोयलिटी एकाडेमी सम्मान-२०६२, स्टानफोर्ड, भानु प्रतिष्ठान, भानु जन्म स्थाल विकास समितिद्धारा सम्मान-२०६२, खिलशर्म-राजीवलोचन जोशी पुरस्कार-२०६२, पानी पोखरी युवा क्लवबाट सम्मान-२०६४, नेपाल पुस्तक तथा स्टेश्नरी व्यवशायी महासंघबाट अभिनन्दित-२०६४, योगी नरहरीनाथ ट्रष्ट सेवा केन्द्रबाट अभिनन्दित-२०६४, लुम्विनी एकेडेमी फाउन्डेशनबाट अभिनन्दित-२०६४, भद्रकुमारी घले सेवा सदनबाट अभिनन्दित-२०६४, ज्ञानदीप शिक्षा सदनबाट अभिनन्दित-२०६४, तन्नेरी द्वैमासिकबाट अभिनन्दित-२०६५, दायित्व वाङ्मय प्रतिष्ठानबाट अभिनन्दित-२०६५, चक्रपाणि स्मारक प्रतिष्ठानबाट सम्मान-२०६६, सीतापाइला बहुद्देश्य सहकारीबाट अभिनन्दित-२०६६, महाकवि देवकोटा शताब्दी सम्मान-२०६६, उदयानन्द पुरस्कार २०६७।

प्रकाशित कृति[सम्पादन गर्ने]

  1. युगको वारिस-२००८ -लधुनाटक)
  2. विधवा विवाह-२०१० -खण्डकाव्य)
  3. एक्काईस कथा-२०२१ -कथासंग्रह)
  4. हंसिला कथा-२०२५ -बाल कथासंग्रह)
  5. मित्रको पत्र-२०२५ -नव्यकाव्य)
  6. आधुनिक नेपाली निबन्ध-२०२५ -निबन्ध संग्रह)
  7. संक्षिप्त नेपाली व्याकरण-२०२६ -व्याकरण)
  8. महेन्द्रमाला ६-२०२८ -पाठ्य पुस्तक सहलेखन),
  9. महेन्द्र माला ९ र १०-२०२८ -पाठ्य पुस्तक सहलेखन)
  10. रत्नावली-२०२९ -नाटक)
  11. आत्म समीक्षा-२०४४ -संपादन)
  12. शकुन्तला-२०४४ -नाटक)
  13. विप्रलंभ-२०४४ -महाकाव्य)
  14. निबन्ध संग्रह-२०४४ -निबन्ध)
  15. रुक्मिणी-परिणय-२०४४ -अनुवाद)
  16. पाँच रात-२०५१ -नाटक)
  17. उपनिषद प्रसंग-१-२०५४ -६० उपनिषद् )
  18. फेरा-२०५७ -अनुवाद)
  19. आदिबिद्रोही-स्पार्टकस)-२०५७ -अनुवाद)
  20. नेपाली शब्दसागर-२०५७ -सोपपत्तिक कोश)
  21. उपनिषद् प्रसंग-२-२०५८ -६१ उपनिषद्)
  22. श्रीमदत्भगवद्गीता-२०५९ -अनुवाद)
  23. कोटारानी-२०५९ -संवादकथा)
  24. प्रभावती गुप्ता-२०५९ -संवादकथा)
  25. गण्डकयुद्ध ः जयापीड-२०५९ -संवादकथा)
  26. राजकुमारीको स्वयंवर-२०५९ -संवादकथा)
  27. रजिया बेगम-२०५९ -लघुनाटक)
  28. गण्डकयुद्धः ब्रम्हहत्या-२०५९ -संवादकथा)
  29. राज्यश्री-२०५९ -लघुनाटक)
  30. रगतको खोलो-२०५९ -नाट्यकथा)
  31. नमर्ने इच्छा-२०५९ -नाट्यकथा)
  32. लक्ष्मीबाई-२०५९ -संवादकथा)
  33. संस्कृतका प्रमुख एकांकी-२०६१ -अनुवाद)
  34. जनभावनाका जगदगुरु स्वामी प्रणवानन्द-२०६१ -अनुवाद)
  35. संक्षिप्त नेपाली शब्दसागर-२०६१-कोश)
  36. सानो नेपाली शब्दसागर-२०६२ -कोश)
  37. गद्य महाभारत१- २०६२,
  38. गद्य महाभारत२- २०६२,
  39. उमा -महाकाव्य) २०६३ -सम्पादन)
  40. गद्य महाभारत३- २०६४,
  41. ःथ ध्यचम द्यययप २०६४-सम्पादन)
  42. द्यभकत ध्यचम द्यययप २०६४ -सम्पादन)
  43. गद्य महाभारत -जैमिनीय महाभारतसमेत -२०६६,
  44. निरपराधको हत्या -उपन्यास) २०६६ -अनुवाद)
  45. मुक्ति संग्राम -उपन्यास) २०६६ -अनुवाद)
  46. तीनतारा -बालकथा) २०६६।
  47. नेपाली अङ्ग्रेजी शब्दसागर २०६७
  48. नेपाली अङ्ग्रेजी संस्कृत शब्दसागर २०६७

अन्य[सम्पादन गर्ने]

डाँडावारी अङ्क १-२०३६ -समालोचना), जयन्ती-२०२७/३१ -संपादक), शिक्षामन्त्रालय-द्धारा प्रकाशित नेपाली शिक्षा, जागृति, शिक्षा समाचार २००६/१० र पद्मोदय रजतजयन्ती मुखपत्र २०२९ आदिका संपादक, प्रबन्ध संपादक। २००७ सालदेखि पत्रपत्रिका, रेडियोहरूमा नेपाली, संस्कृत, नेवारी, हिन्दीमा विविध वकुश, ज्ञानेश्वरजी, प्रकाश, दाजु, बाणेश्वर, बच्चुरामबाजे, क्षेत्रीबाहुन, आदि उपनामहरूबाट लेखहरू प्रकाशित।