वसन्त (कविता)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य प्रयोगको लागि वसन्त (स्पष्टता) हेर्नुहोस ।

वसन्त सिद्धिचरण श्रेष्ठद्वारा [वंशस्त छन्द]]मा रचिएको कविता हो । कवितामा वसन्त ऋतुको महिमा र विशेषता उल्लेख गर्न खोजिएको छ । कवितामा वसन्त ऋतुको सुन्दरता, प्रकृति प्रेमको चित्रण र प्रकृतिलाई सहयोगीको रुपमा वर्णन गरिएको छ ।

समस्त माधुर्य लिएर साथमा

छरेर सौन्दर्य विशाल विश्वमा

बसन्त मेरो हितमा निमग्न भो

अहो!छ कस्तो रस-रागयुक्त यो!


नवीनता नाच्दछ पुष्प-पुञ्जमा

कुहू-कुहू कोकिल बोल्दछ कुञ्जमा

प्रमोदले हृद्तल पार्छ शीतल

वसन्त मेरै हितमा छ तत्पर।


नचाइ चारैतिर पल्लवी द्रुम

बिछाइ नाना थरिका नयाँ तृण

वसन्त मेरो कति गर्छ स्वागत

अहो!अहो!!सुन्दर यो सजावट


(यो कविता वंशस्त छन्दमा छ)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]