वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"वाइल्डेस्ट ड्रिम्स"
टेलर स्विफ्टको एकल
सार्वजनिक३१ अगस्ट २०१५ (2015-08-31)
ढाँचाडिजिटल डाउनलोड
रेकर्ड२०१४
स्टुडियोएमएक्सएम स्टुडियो
किसिमड्रिम पप
लम्बाई:४०
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"ब्याड ब्लड"
(२०१५)
"वाइल्डेस्ट ड्रिम्स"
(२०१५)
"आउट अफ द उड्स"
(२०१६)
साङ्गीतिक भिडियो
"वाइल्डेस्ट ड्रिम्स" युट्युबमा हेर्नुहोस्

"वाइल्डेस्ट ड्रिम्स" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम '१९८९'को लागि रेकर्ड गरिएको थियो।[१] एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्सरिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यसका निर्माता म्याक्स मार्टिन र सेलब्याकसँग गीत लेखेकी थिइन्। यस गीतका आधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छिन्।

१९८९ साङ्गीतिक सङ्गालोको सार्वजनिकसँगै यो संयुक्त राज्य अमेरिका, क्यानडाअस्ट्रेलियाका आधिकारिक एल्बम तालिकाहरूमा शीर्ष स्थानमा पुगेको थियो। वाइल्डेस्ट ड्रिम्स गीतको सार्वजनिक पनि यस गीतले बिलबोर्ड हट १०० सङ्गीत तालिकाको शीर्ष ५ मा पर्न सफल हुँदै तालिका प्रवेश गरेको थियो जुन १९८९ एल्बमको शीर्ष दश र टेलर स्विफ्टको एकल सङ्गीत मध्य शीर्ष १९ मा पर्न सफल भएको थियो।[२] स्विफ्टको छैटौँ रेडियो चार्ट शीर्ष एक मध्य यो गीत पनि पहिलो स्थानमा पर्न सफल भएको थियो। सन् २०२० मार्चमा यस गीतलाई अमेरिकी सङ्गीत निर्माण सङ्घले ४ गुणा प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। [३]

लेखन र बनावट[सम्पादन गर्नुहोस्]

स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।[४] यस गीत एक ड्रिम पप सङ्गीतमा आधारित छ।[५] समीक्षकहरूले गीतको तुलना लेना डेल रेका कार्यहरूसँग गरेका छन्।[६][७][८]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

वाइल्डेस्ट ड्रिम्स टेलर स्विफ्ट १९८९ एल्बमको एक गीत हो जुन ३१ अगस्ट २०१५ मा सार्वजनिक भएको थियो। गीतको सार्वजनिकसँगै सबैभन्दा सुरुमा यो गीत संयुक्त राज्य अमेरिकाको आधिकारिक सङ्गीत उद्योग रेकर्ड चार्ट बिलबोर्ड हट १००मा १५ नोभेम्बर २०१४ मा ७६ औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो। यस गीतलाई पछि आधिकारिक रूपमा सार्वजनिक गरिएपछि यसको आधिकारिक साङ्गीतिक भिडिओको साथमा गीत पुनः १९ सेप्टेम्बर २०१५ का दिन बिलबोर्डको शीर्ष १५ मा आएको थियो। शीर्ष १५ मा आएको १ हप्ता पछि गीत १२ मा आएको थियो भने गीत शीर्ष ५ सम्म आउन सफल भएको थियो। यो गीत पछि बिलबोर्ड डिजिटल चार्टको शीर्ष १० मा आएका कारण गीतको ८३,००० प्रतिलिपीहरू बिक्री हुन सफल भएका थिए[९] बिलबोर्ड रेडियो चार्टमा गीत शीर्ष २६ मा आएपछि सन् २०१५ नोभेम्बर १४ का दिन गीतले रेडियो चार्टको शीर्ष स्थान ओगट्न सफल भएको थियो। यो गीत बिलबोर्ड डान्स/मिक्स सोमा पनि गीत शीर्ष स्थानमा आउन सफल भएको थियो।[१०]

सङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

विकाश र पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

आधिकारिक सङ्गीत आधिकारिक श्रव्य दृश्यका केही पलहरू तन्जानियामा कैद गरिएको थियो[११]
आधिकारिक सङ्गीत श्रव्य दृश्यमा स्कट इस्टउड रोबर्ट किङ्स्लीको भूमिकामा

आधिकारिक सङ्गीत श्रव्य दृश्य जोसेफ केन द्वारा निर्देशन गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्ल्याङ स्पेस" र "ब्याड ब्लड") दोस्रो र चौथो एकल सङ्गीत श्रव्य दृश्यहरूमा निर्देशन गरेका थिए। यस गीतको साङगीतिक श्रव्य दृश्य अफ्रिकाक्यालिफोर्नियामा खिचिएको थियो।[१२] भिडियो पहिलो पल्ट ३० अगस्ट २०१५ मा एमटिभी भिडियो म्युजिक अवार्डको पूर्व-कार्यक्रममा टेलिभिजनमा प्रसारण गरिएको थियो। स्कट इस्टउड भिडियोमा नायकको रूपमा देखा परेका छन्।[१३] यस गीतको आधिकारिक श्रव्य दृश्यमा स्विफ्टले मार्गी फिन नामक एक काल्पनिक अभिनेत्री भूमिकामा रहेकी छिन् जो उनको हजुरआमाको नाम मार्गी फिन्लेको नामको सन्दर्भमा राखिएको थियो भने स्कट इस्टउड रबर्ट किङ्गस्ली नामक एक काल्पनिक अभिनेता रूपमा रहेका छन्। स्विफ्टको हजुरबुवाको नाम रबर्ट थियो र उनको बुबाको बीचको नाम किङ्गस्ली हो। स्विफ्टले एभा गार्डनर र पिटर इभेन्सको द सिक्रेट कन्भर्सेसन नामक पुस्तक पढेर उक्त नामको खोजी गर्दै त्यस कथा अनुसार भिडियो बनाउँने अवधारणा ल्याएकी थिइन्।[१४] सन् १९५० को दशकमा सामाजिक सञ्जाल नहुने भएकाले अफ्रिकामा यदि प्रेमी प्रेमिकालाई एक आपसबाट टाढा राखियो भने उनीहरूको मिलन नहुने धारण स्विफ्टले व्यक्त गरिकी छन्। केनका अनुसार श्रव्य दृश्य एलिजाबेथ टेलर र रिचर्ड बर्टन जस्तै अभिनेत्री र अभिनेताको प्रेम कथा चित्रण गरिएको छ भने यस गीतको आधिकारिक श्रव्य दृश्य एक प्रमपूर्ण सुखान्तमा आधारित छ।[१५] डिसेम्बर २०१८ का अनुसार यस भिडियोले युट्युबमा ६३० मिलियन भन्दा बढी अवलोकन प्राप्त गरेको छ।[१६]

छोट्करीमा सारंश[सम्पादन गर्नुहोस्]

यस सङ्गीतकोआधिकारिक श्रव्य दृश्य सन् १९५० को दशकमा अफ्रिकाको साभानामा चलचित्रको सुनौली युगको समयमा कैद गरिएको छ जसमा स्विफ्ट एक काल्पनिक मार्गोरी फिनको भूमिकामा छिन् भने स्कट इस्टउड रेबर्ट किङ्गसीको भूमिकामा छन्। यस साङ्गीतिक श्रव्य दृश्य सन् १९८५ मा सार्वजनिक गरिएको एक अमेरिकी चलचित्रको सन्दर्भमा पनि निर्माण गरिएको थियो जुन अफ्रिकाको विभिन्न स्थान र देशहरूमा खिचिएको थियो।[१७] यो साङ्गीतिक भिडियोमा अफ्रिकी वन्यजीवन र प्राकृतिक दृश्यहरूसँगको मानिसको सम्बन्ध झल्काइएको छ जसमा एक ठूलो झरना र स्विफ्टसँग एक सिंह रहेको देखाइएको छ। यस श्रव्य दृश्यमा फिन र किङ्गस्लीको प्रेम सम्बन्ध देखाइएको छ तर एक चलचित्रको छायाङ्कन गर्ने क्रममा फिनले उनको लागि काम गर्ने एक युवती जो किङ्गस्लीकी पत्नी थिइन् तर त्यस कुरा फुनलाई थाह थिएन तर जब फिनले उक्त कुरा थाहा पाइन र उनीहरूलाईसँगै देखेपछि फिन र किङ्गस्लीको सम्बन्ध टाढिएको थियो। फिन त्यस घटनाबाट स्पष्ट रूपमा निरास छिन् तर उनी स्थिर रहने काम गर्ने प्रयास गरेकी छन्। फिन र किङ्गस्लीलेसँगै बसेर चलचित्र हेर्छन् तर फिन भनेआवेगमाआएर उक्त स्थानबाट उठ्दै एक पर्खिरहेका गाडिमा बस्छिन भने किङ्गस्ली चाहिँ उनलाई बोलाउने कोसिस गर्दै बाहिरआउने क्रममा फिन सवार गाडि टाढा गइसकेको हुन्छ भने फिन चढेको गाडिको ऐनामा किङ्गस्ली देखिन्छन् त्यसैको साथसाथै श्रव्य दृश्य समाप्त हुन्छ।

यस साङ्गीतिक श्रव्य दृश्यमा दुई फरक जहाजको प्रयोग गरिएको छ। डे हिलिल्यान्ड टाइगर मोथ नामक जहाज माथिबाट तलको दृश्यहरूका लागि प्रयोग गरिएको छ भने हरियो पर्दा र जमिनको दृश्य ८०% स्केल प्रतिकृतिका लागि फिसर आर-८० टाइगर मोथको प्रयोग गरिएको छ।[१८] १९५० मा गरिने भएको भए तापनि दर्ता पत्र एच १९६९-१९७० मा यो मिति ल्यान्ड रोवरमा देख्न सकिन्छ।[१९] स्विफ्टले भिडियोबाट उनको सम्पूर्ण आयलाई दान गरेकी छन् जुन अमेरिकाको अफ्रिकी पार्क फाउण्डेसन माध्यमबाट जङ्गली पशु-पंक्षिको संरक्षण प्रयासहरूमा लगानी गरिएको थियो।[२०]

अन्य[सम्पादन गर्नुहोस्]

स्विफ्ट र इस्टउड वाइल्डेस्ट ड्रिम्सको आधिकारिक श्रव्य दृश्य

वाइल्डेस्ट ड्रम्सको आधिकारिक श्रव्य दृश्यले श्रोता तथा दशकको मार्फत मिश्रित समिक्षा प्राप्त गरेको थियो। स्लेट फरेस्ट पत्रिकाका विकमेनले यस गीतको श्रव्य दृश्य एकदमै आकर्षक रहेको र यसको गीत तथा दृश्यको तालमेल राम्रो मिलेक‍ जानकारी दिएका थिए। हफिङ्टन पोष्टका लरेन डुकाले अरू सञ्चार माध्यमहरूको भन्दा फरक खालको प्रतिक्रिया दिएका थिए। उनले यस गीतक‍ आधिकारिक श्रव्य दृश्यले "श्वेत उपनिवेशवाद" फिर्ता ल्याउने खोजिएको भनि आलोचना गरेका थिए तर एक एक गीतको आधिकारिक श्रव्य दृश्य निर्माता र यसका सम्पादक दुवै अफ्रिकी तथा अमेरिकी थिए। डुकाले भनेका थिए "सांस्कृतिक विनियोजनको सट्टा जुन आजको पप सङ्गीतमा लगभग यथास्थिति बनेको छ, स्विफ्टले वास्तवमै एउटा क्षेत्र र यसको जनताको राजनीतिक शोषणको मूर्त रूप दिने विकल्प बोकेकी छन्। यो श्रव्य दृश्यका निर्देशिक जोसेफ केनले उक्त श्रव्य दृश्यले औपनिवेशवादको महिमा भएको आरोप लगाउँदै जवाफ दिए: “यो उपनिवेशवादको बारेमा होइन तर अफ्रिकामा सन् १९५० को अवधिमा चलचित्र छायाङ्कनका बेला भएको प्रेम कहानी हो"।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

वर्ष संस्था पुरस्कार/कार्य नतिजा सन्दर्भ
२०१६ एमटिभी सङ्गीत पुरस्कार उत्कृष्ट नयाँ श्रब्य दृश्य मनोनित [२१]
बिलबोर्ड सङ्गीत पुरस्कार पुरस्कार जित्ने गीत विजयी [२२]
वर्षको उत्कृष्ट प्रकाशक विजयी [२२]
२०१७ एस्क्याप पुरस्कार पुरस्कार जित्ने गीत विजयी [२३]

समायोजन[सम्पादन गर्नुहोस्]

सन् २०१५ अक्टोबर ११ का दिन मा नेदरल्यान्डेली डीजे रिहब द्वारा वाइल्डेस्ट ड्रिम्सलाई डिजिटल रूपमा सार्वजनिक गरेका थिए भने उनको समायोजन सङ्गीतले आलोचकहरूबाट सकरात्मक टिप्पणी प्राप्त गरेको थियो।[२४]

प्रत्यक्ष प्रस्तुतिहरू[सम्पादन गर्नुहोस्]

१९८९ विश्व भ्रमणमा स्विफ्ट वाइल्डेस्ट ड्रिम्स गीत गाउँदै

१९८९ को विश्व भ्रमण एक भागको रूपमा स्विफ्टले उनको तेस्रो स्टुडियो एल्बम स्पिक नाउको एक गीतसँग वाइल्डेस्ट ड्रिम्स गीतको पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। स्विफ्टले उनको रेपुटेसन विश्व भ्रमणको बेलामा पनि क्यालिफोर्नियाको सान्टा क्लरा र जापानको टोकियोमा दुईपटक यस गीत प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। [२५]

सङ्गीत तालिका[सम्पादन गर्नुहोस्]

स्थान[सम्पादन गर्नुहोस्]

म्युजिक चार्ट (२०१४-१५) शीर्ष स्थान
 दक्षिण अफ्रिका (इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका)[२६]
 अस्ट्रेलिया (एरिया चार्ट)[२७] 3
 अस्ट्रिया (Ö३ अस्ट्रिया टप ४०)[२८] २१
बेल्जियम बेल्जियम (अल्ट्रा टप ५०)[२९] ३३
बेल्जियम बेल्जियम (अल्ट्राटिप)[३०] २४
 क्यानडा (क्यानडेली हट १००)[३१]
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[३२]
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[३३]
 संयुक्त राज्य अमेरिका (पप)[३४]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[३५]
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[३६]
 फ्रान्स (फोनोग्राफिक राष्ट्रिय सङ्घ)[३७] १२२
 ग्रीस (ग्रिक डिजिटल सङ)[३८]
 हङ्गेरी (हङ्गेरी रेकर्ड लेबल सङ्घ)[३९] ३५
 आयरल्यान्ड (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)[४०] ३९
 न्युजिल्यान्ड (एनजोट टप ४० सिङ्गल)[४१]
 संयुक्त अधिराज्य (युके एकल चार्ट)[४२] ४०
 चेक गणतन्त्र (आइएफपिआइ चेक गणतन्त्र)[४३] २५

वर्ष समाप्ति चार्ट[सम्पादन गर्नुहोस्]

म्युजिक चार्ट (२०१५) स्थान
 क्यानडा (क्यानडेली हट १००)[४४] ३७
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[४५] ५७
 संयुक्त राज्य अमेरिका (पप सङ्गीत)[४६] ३०
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[४७] २८
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेमपोररी)[४८] २७

प्रमाण पत्र[सम्पादन गर्नुहोस्]

देशहरू (कम्पनी) प्रमाणपत्र
 अस्ट्रेलिया (एरिया) २× प्लेटिनम[४९]
 क्यानडा (म्युजिक क्यानडा) प्लेटिनम[५०]
 संयुक्त राज्य अमेरिका (अमेरिकी रेकर्डिङ उद्योग सङ्घ) ३× प्लेटिनम[५१]
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट) गोल्ड[५२]
 संयुक्त अधिराज्य (ब्रिटिस फोनोग्राफिक उद्योग) सिल्भर[५३]

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिती ढाँचा लेबल सन्दर्भ
 संयुक्त राज्य अमेरिका ३१ अगस्ट २०१५ हट १००, एडल्ट कन्टेम्पोररी
१ सेप्टेम्बर २०१५ कन्टेम्पोररी हिट रेडियो [५४]
 संयुक्त राज्य अमेरिका
 क्यानडा
१५ अक्टोबर २०१५ डिजिटल डाउनलोड ( रिहब समायोजन) बिग मेसिन [५५][५६]
इटाली इटाली ३० अक्टोबर २१५ कन्टेम्पेररी हिट रेडियो युनिभर्सल सङ्गीतिक समूह [५७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "वाइल्डेस्ट ड्रिम्स गीत", अल एक्सेस मिडिया ग्रुप, मूलबाट अगस्ट २४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १, २०१५ 
  2. "Taylor Swift – Chart history – Billboard", www.billboard.com, मूलबाट नोभेम्बर २६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १५, २०१५ 
  3. "The Weeknd at No. 1 on Hot 100, Shawn Mendes earns first Top 10", Billboard, मूलबाट जनवरी १, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  4. "पुर्ववालेकन", अन्तिम पहुँच अगस्ट ३०, २०१५ 
  5. "टेलर स्विफ्ट वाइल्डेस्ट ड्रिम्सआधिकारिक भिडियो", पप म्याटर्स, सेप्टेम्बर १, २०१५, अन्तिम पहुँच डिसेम्बर २७, २०१७ 
  6. एकिन, मार्च (अक्टोबर २८, २०१४), "टेलर स्विफ्टको सङ्गीत", द एभी क्लब, अन्तिम पहुँच अगस्ट ३०, २०१५ 
  7. "टेलर स्विफ्ट – १९८९", स्पिङ्क म्युजिक, अक्टोबर २८, २०१४, अन्तिम पहुँच अगस्ट ३०, २०१५ 
  8. "के टेलर स्विफ्टले लेना डेल रेको सङ्गीतबाट वाइल्डेस्ट ड्रिम्स बनाएकी हुन्", अन्तिम पहुँच २०१७-१२-०८ 
  9. ट्रस्ट, ग्रे (नोभेम्बर २४, २०१५), "टेलर स्विफ्ट वाइल्डेस्ट ड्रिम्स", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर २४, २०१५ 
  10. "रेडियो चार्टका शिर्ष सङ्गीतहरू", बिलबोर्ड रेडियो सङ बिलबोर्ड म्यागेजिन, नोभेम्बर १४, २०१५, अन्तिम पहुँच २०१७-०९-२३ 
  11. विनर, नेटाली (अगस्ट ३१, २०१५), "भिएमएएस:टेलर स्विफ्ट-वाइल्डेस्ट ड्रिम्स", बिलबोर्ड म्यागेजिन, अन्तिम पहुँच सेप्टेम्बर १, २०१५ 
  12. "टेलर स्विफ्ट एक गोरो अफ्रिकी महिलाको रूपमा", एनपीआर, सेप्टेम्बर १, २०१५, अन्तिम पहुँच सेप्टेम्बर २, २०१५ 
  13. "भिएमएको पूर्व कार्यक्रममा वाइल्डेस्ट ड्रिम्सकोआधिकारिक श्रव्य दृश्य प्रसारण", एमटीभी सङ्गीत, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१५ 
  14. "स्कट इस्टउडको तस्वीर वाइल्डेस्ट ड्रिम्स गीतको श्रव्य दृश्य", अगस्ट २९, २०१५, अन्तिम पहुँच अगस्ट ३०, २०१५ 
  15. क्लोस्टनमेन, चक (अक्टोबर १५, २०१५), "टेलर स्विफ्टको ब्याड ब्लड गीत", जिक्यु, अन्तिम पहुँच अक्टोबर १८, २०१५ 
  16. "टेलर स्विफ्टको नयाँ भिडियोका निर्देशक", एनपीआर, सेप्टेम्बर २, २०१५, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१५ 
  17. एम्ली लिन्डर (अगस्ट ३०, २०१५), "टेलर स्विफ्टको वाइल्डेस्ट ड्रिम्स साङ्गीतिक भिडियोले सबैलाई रुहाउँछ", एमटिभी, अन्तिम पहुँच सेप्टेम्बर १, २०१५ 
  18. "डे हिलिल्यान्ड टाइगर मोथ", एयरपोर्ड डेट 
  19. "फिसरआर-८० मोथ टेलर स्विफ्टको नयाँ भिडियोमा", सेप्टेम्बर १४, २०१५, अन्तिम पहुँच अक्टोबर २४, २०१५  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ३०, २०१५ मिति
  20. "टेलर स्विफ्टको वाइल्डेस्ट ड्रिम्स गीतको श्रब्य दृश्यबाट सङ्कलन भएको रकम पार्क फाउन्डेसनलाई", एमएनएन 
  21. "२०१६आइटिएल अवार्ड", एमटिभी, मूलबाट जुन २२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन, २०१६ 
  22. २२.० २२.१ "बिलबोर्ड सङ्गीत पुरस्कार", ब्रोकास्ट म्युजिक इङ्क, ११ मे, २०१६, मूलबाट मे २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१६ 
  23. "पप अवार्ड" 
  24. Gracey, Oscar (सेप्टेम्बर २१, २०१५), "Ryan Adams' '1989': Track By Track", याहु!, मूलबाट जनवरी २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-०७  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २६, २०१६ मिति
  25. इसिमोन, एस्ली, "टेलर स्विफ्टको रेपुटेसन विश्व भ्रमण", बिलबोर्ड, अन्तिम पहुँच १९ डिसेम्बर २०१८ 
  26. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिप्स" (अङ्ग्रेजीमा), इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका, १९ अक्टोबर २०१५। 
  27. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (एरिया चार्ट)" (अङ्ग्रेजीमा), एरिया चार्ट, २४ सेप्टेम्बर २०१५। 
  28. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), ३ अस्ट्रिया टप ४०, ९ अगस्ट २०१६। 
  29. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), अल्ट्राटिप, ३ नोभेम्बर २०१६। 
  30. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (अल्ट्राटिप)" (अङ्ग्रेजीमा), अल्ट्राटिप, १९ अक्टोबर २०१५। 
  31. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, ३० सेप्टेम्बर २०१५। 
  32. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (आधिकारिक चार्ट कम्पनी)" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट कम्पनी, २४ सेप्टेम्बर २०१६। 
  33. "बिलबोर्ड हट १०० चार्ट", बिलबोर्ड हट १०० चार्ट, अन्तिम पहुँच २५ अक्टोबर २०१५ 
  34. "टेलर स्विफ्टको १९८९ एल्बम", ग्लोबल मिडिया, २६ अक्टोबर २०१५। 
  35. "एडल्ट टप ४० मा टेलर स्विफ्ट" (अङ्ग्रेजीमा), बिलबोर्ड, १८ अक्टोबर २०१५। 
  36. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (एडल्ट कन्टेम्पोररी)" (अङ्ग्रेजीमा), बिलबोर्ड, १७ जुलाई २०१६। 
  37. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), राष्ट्रिय सङ्घ, १६ सेप्टेम्बर २०१६। 
  38. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (ग्रिक डिजिटल सङ)" (अङ्ग्रेजीमा), ग्रिक डिजिटल, १४ सेप्टेम्बर २०१५। 
  39. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), बिलबोर्ड, १४ सेप्टेम्बर २०१५। 
  40. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)" (अङ्ग्रेजीमा), आइसीस म्युजिक रेकर्ड एसोसिएसन, १९ अक्टोबर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-१७ मिति
  41. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), एनजोट टप ४० सिङ्गल, १४ सेप्टेम्बर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  42. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), युके एकल, ३ नोभेम्बर २०१५। 
  43. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), आइएफपिआइ चेक गणतन्त्र, ९ अगस्ट २०१६। 
  44. "क्यानडेली हट १००" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, १७ डिसेम्बर २०१५। 
  45. "सन् २०१५ को हट १०० सङ्गीत" (अङ्ग्रेजीमा), बिलबोर्ड हट १००, १७ डिसेम्बर २०१५। 
  46. "पप सङ्गीत: २०१५" (अङ्ग्रेजीमा), पप सङ्गीत, १७ डिसेम्बर २०१५। 
  47. "सन् २०१५ को एडल्ट पप सङ्गीतहरू" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, १७ डिसेम्बर २०१५। 
  48. "सन् २०१५ को उत्कृष्ट एडल्ट कन्टेम्पोररी गीत" (अङ्ग्रेजीमा), एडल्ट कन्टेम्पोररी, १७ डिसेम्बर १०१५। 
  49. "एरिया टप ५०" (अङ्ग्रेजीमा), अस्ट्रेलियाली रेकर्डिङ उद्योग सङ्घ, ७ डिसेम्बर २०१५। 
  50. "गोल्ड/प्लेटिनम - म्युजिक क्यानडा - वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), म्युजिक क्यानडा, ३ नोभेम्बर २०१५। 
  51. "आरआइएए – गोल्ड र प्लेटिनम – वाइल्डेस्ट ड्रिम्स" (अङ्ग्रेजीमा), अमेरिकी रेकर्डिङ सङ्घ, ३१ जनवरी २०१५। 
  52. "एनजेड टप ४० चार्ट" (अङ्ग्रेजीमा), रेकर्डेर म्युजिक एनजेड, १२ अक्टोबर २०१५। 
  53. "सर्टिफाइड अवार्ड", ब्रिटिस फोनोग्राफिक उद्योग, १७ जुलाई २०१६।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०१ मिति
  54. "शिर्ष ४०", अल एक्सेस मिडिया ग्रुप, मूलबाट अगस्ट २४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १६, २०१५ 
  55. "वाइल्डेस्ट ड्रिम्स", आइट्युन स्टोर युएस, एप्पल इङ्क, अन्तिम पहुँच अक्टोबर १६, २०१५ 
  56. "वाइल्डेस्ट ड्रिम्स (रिहब समायोजन) – टेलर स्विफ्टको एकल", आइट्युन स्टोर (क्यानाडा), एप्पल इङ्क, अन्तिम पहुँच अक्टोबर १६, २०१५ 
  57. "टेलर स्विफ्ट – वाइल्डेस्ट ड्रिम्स", रेडियो एयर प्ले, अक्टोबर ३०, २०१५, अन्तिम पहुँच अक्टोबर २५, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]