सामग्रीमा जानुहोस्

वाकायामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाकायामा प्रान्त (和歌山県, जापानी उच्चारण: वाकायामा केन) जापानको होन्शु टापूको कान्साइ क्षेत्रमा अवस्थित एक प्रान्त हो। सन् २०२५ अनुसार, वाकायामा प्रान्तको जनसंख्या ८७६,०३० थियो। यसको क्षेत्रफल ४,७२४ वर्ग किलोमिटर छ।[]

वाकायामा प्रान्त उत्तरमा ओसाका प्रान्त, उत्तर–पूर्वमा मिएनारा प्रान्तसँग सिमाना जोडिएको छ।

यो प्रान्तको राजधानी वाकायामा सहर हो। अन्य प्रमुख सहरहरूमा तानाबे, हाशिमोटो र किनोकावा पर्छन्। वाकायामा प्रान्त कीई प्रायद्वीपको दक्षिण–पश्चिमी तटमा अवस्थित छ।

सन् २०२० मार्च ३१ अनुसार, प्रान्तको कुल भूमि क्षेत्रको १३% प्राकृतिक निकुञ्जको रूपमा सुरक्षित गरिएको छ। []

वाकायामा प्रान्तमा सेतोनाकाइ र योसिनो–कुमानो राष्ट्रिय निकुञ्जहरू मुख्य संरक्षित क्षेत्र हुन्। यसका अतिरिक्त कोंगो–इकोमा–किसेन र कोया–र्युजिन अर्ध–नेशनल पार्क पनि महत्वपूर्ण प्राकृतिक सम्पदा हुन्। प्रान्तीय प्राकृतिक निकुञ्जहरूमा एन्जु काइगन, हातेनाशी सानम्याकु, हिकिगावा, जोगामोरी होकोडाई, कोयासानचो इशिमिची–तामागावाक्यो, तथा कोज़ागावा पर्दछ। त्यस्तै, निशियारिडा, ओइशी कोगेन, ओतोसान, र्युमोन्जान, शिरामिसान–वाडागावाक्यो, र शिरासाकी काइगन पनि वाकायामाका महत्त्वपूर्ण प्राकृतिक आकर्षणहरूमा पर्छन्।

जनसांख्यिकी

[सम्पादन गर्नुहोस्]

सन् १९९६ देखि, वाकायामा प्रान्तको जनसंख्या घट्दै गएको छ। सन् २०१० पछि, यो कान्साइ क्षेत्रमा १,०००,००० भन्दा कम जनसंख्या भइको एक मात्र प्रान्त हो। सन् २०१७ मा यहाँको जनसंख्या ९४४,३२० रहेको थियो। सन् २०२० को जनगणना अनुसार, करिब ३२% जनसंख्या ६५ वर्ष भन्दा माथि छ, जुन जापानमा सबैभन्दा उच्च प्रतिशत हो।[]

कोया पर्वत (高野山, Kōya-san) इतो जिल्ला स्थित छ र जापानी बौद्ध धर्मको शिङ्गोन सम्प्रदायको मुख्यालय हो। यहाँ जापानका पहिलो शैलीका बौद्ध मठहरूमा पर्दछ र ती प्राचीन मठहरू सिडर रुखको वरिपरि रहेकोले ती दर्शनार्थी र पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बनेका छन्। कुमानो श्राइन प्रान्तको दक्षिणी छेउमा अवस्थित छन्। तोमोगाशिमा (चार टापुहरूको समूह) प्रान्तको हिस्सा हो।

वाकायामा प्रान्त जापानमा सुन्तला उत्पादनमा पहिलो स्थानमा मानिन्छ। प्रान्तको अरिडा जिल्लामा उत्पादन हुने सुन्तलालाई अरिडा–सुन्तला ब्रान्डको नाममा चिनिन्छ। अरिडा जिल्लाले प्रान्तको करिब आधा सुन्तला उत्पादन गर्छ। यो उत्पादन जापानको कुल घरेलु उत्पादनको करिब १०% हो।[]

जापानको कृषि, वन र मत्स्य मन्त्रालयको सर्वेक्षण अनुसार, वाकायामा प्रान्त जापानमा उमे फल उत्पादनमा पहिलो स्थानमा छ। सन् २०१६ अनुसार, प्रान्तले जापानको घरेलु उत्पादनको करिब ७०% यो फल उत्पादन गरेको थियो।

प्राकृतिक प्रकोप

[सम्पादन गर्नुहोस्]

सन् १९५३ को बाढी

[सम्पादन गर्नुहोस्]

सन् १९५३ जुलाई १७–१८ मा प्रान्तमा अत्यधिक वर्षा भयो, जसपछि बाँध भत्किएर ठुलो बाढी र पहिरो आयो। धेरै पुल र घरहरू नष्ट भए। जापान सरकारको आधिकारिक रिपोर्ट अनुसार, १,०१५ जनाको मृत्यु भयो, ५,७०९ घाइते भए, र ७,११५ घरहरू नष्ट भए।[]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८ 
  2. "ja:自然公園都道府県別面積総括" [General overview of area figures for Natural Parks by prefecture] (जापानीमा), Ministry of the Environment (Japan), ३१ मार्च २०२०, अन्तिम पहुँच २३ जनवरी २०२० 
  3. 2020 population census of Japan. https://www.stat.go.jp/english/data/kokusei/2020/summary.html
  4. वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२६ मिति
  5. "南紀豪雨 昭和28年(1953年) 7月16日~7月25日", www.data.jma.go.jp, अन्तिम पहुँच २०२५-०५-१६