वाणगंगा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वाणगंगा नगरपालिका
देश नेपाल
राज्यमध्यमाञ्चल
जिल्लालुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरमङ्गल प्रसाद थारु
 • उप मेयरचक्रपाणी अर्याल
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा६५,५०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-७६
वेबसाइटwww.bangangamun.gov.np

वाणगंगा नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] सिद्धार्थ क्याम्पस रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । वाणगंगालाई नगरपालिका घोषणा गर्दा यसमा यसको उत्तरी भेग महेन्द्र राजमार्ग आसपास रहेका मोतिपुर, कोपवा, भलवाड, वाणगंगा, गजेहडाहथौसा गाबिसलाई समेटिएको हो ।[६] यो नगरपालिका कपिलवस्तुकै सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा हाल १७ वटा वडा कायम गरिएको छ ।[६] साबिकको वाणगंगा गाविसको वडा नम्बर ७ मा रहेको सिद्धार्थ क्याम्पस क्षेत्र भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२]उद्दरण त्रुटी: Invalid <ref> tag; invalid names, e.g. too many आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा वाणगंगा पनि नगरपालिका बनेको हो ।[७] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[७]

जनसङ्ख्या[सम्पादन गर्ने]

मोतिपुर, कोपवा, भलवाड, वाणगंगा, गजेहडाहथौसा गाविसहरूलाई मिलाएर वाणगंगा नगरपालिका बनाइएको हो ।[३] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर वाणगंगा नगरपालिकाको जनसङ्ख्या ६५,५०६ रहेको छ ।[१] वाणगंगा नगरपालिकामा १३,८१३ घरधुरि छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ २.२ "नगरपालिका घोषणाले कपिलवस्तुबासीमा उत्साह", शाझा सवाल, शाझा सवाल, बैशाख २८, २०७१, अन्तिम पहुँच बैशाख २८ 
  3. ३.० ३.१ "जिल्ला विकास समिति, कपिलवस्तु (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, कपिलवस्तु, जिल्ला विकास समिति, कपिलवस्तु 
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  6. ६.० ६.१ "६ वटा गाविसलाई मिलाईर वाणगंगा नगरपालिका" 
  7. ७.० ७.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू