सामग्रीमा जानुहोस्

वाराही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाराही
मातृका समूहको सदस्य
नेपालबाट प्राप्त १४औँ शताब्दीको वाराहीको मूर्ति
अन्य नामहरूवर्तली, दण्डिनी, पञ्चमी, बाराही
देवनागरीवाराही
आबद्धमातृका, देवी, लक्ष्मी
वासस्थानमणिद्वीप, वैकुण्ठ
मन्त्रॐ महिषध्वजायै विद्महे, दण्डहस्तायै धीमहि, तन्नो वाराही प्रचोदयात्
अस्त्रहलो र मुसल
वाहनराँगो
रानीवराह[]

वाराही (संस्कृत: वाराही, [note १]) हिन्दु धर्ममा सात मातृकाको (माता देवीहरू) समूहमध्ये एक हुन् जसको टाउको पोथी बँदेलको जस्तो छ। नेपालमा उनलाई बाराही भनिन्छ। राजस्थान र गुजरातमा उनलाई दण्डिनीको रूपमा पूजा गरिन्छ।

वाराहीको पूजा विशेषगरी मातृ-देवी प्रधान शाक्त धर्ममा प्रचलित छ, तर उनलाई शैव धर्म (शिवका भक्त) र वैष्णव धर्म (विष्णुका भक्त) मा पनि श्रद्धा गरिन्छ। उनको उपासना सामान्यतया रातिको समयमा, गोप्य वाममार्ग तान्त्रिक विधिहरू प्रयोग गरेर गरिन्छ। उनका वज्रवाराहीमारीची जस्ता स्वरूपहरूलाई बौद्ध धर्ममा पनि देख्न सकिन्छ।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य मा वर्णित शुम्भ-निशुम्भको कथा अनुसार, मातृकाहरू देवताहरूको शरीरबाट शक्तिको (स्त्री शक्ति) रूपमा प्रकट हुन्छन्। शास्त्रहरूका अनुसार वाराही देवीको उत्पत्ति वराहबाट भएको हो। उनको स्वरूप बँदेलको जस्तो रहेको र उनले चक्र धारण गरि तरवारले युद्ध गर्छिन्।[][] शास्त्रमा वर्णन गरिएको युद्धपश्चात्, मातृकाहरू असुरहरूको रगतले मात्तिएर नृत्य गर्छन्।[]

देवी दुर्गाले असुर रक्तबीज विरुद्धको युद्धमा आठ मातृकाहरूको नेतृत्व गर्दै। अर्ना भैँसीमा सवार रातो वर्णकी वाराहीको (तल्लो पङ्क्ति, सबैभन्दा बायाँ) हातमा तरवार, ढाल र पाश रहेका छन्। देवी माहात्म्यबाट लिइएको चित्र।

देवी माहात्म्य कै असुर रक्तबीज वधसँग सम्बन्धित अर्को प्रसङ्ग अनुसार, योद्धा-देवी दुर्गाले आफ्नो शरीरबाट मातृकाहरू उत्पन्न गरि उनीहरूको सहयोगमा असुर सेनाको विनाश गर्छिन्। जब असुर शुम्भले दुर्गालाई द्वन्द्वयुद्धको लागि चुनौती दिन्छन् तब उनले ती मातृकाहरूलाई आफूभित्रै समाहित गर्छिन्।[] वामन पुराणमा भने मातृकाहरू दिव्य माता चण्डिकाको शरीरका विभिन्न भागहरूबाट उत्पन्न भएको बताइएको छ; वाराहीको उत्पत्ति चण्डिकाको पिठ्युँबाट भएको हो।[][]

मार्कण्डेय पुराणले वाराहीलाई वरदान दिने देवी र उत्तर दिशाको अधिष्ठात्री देवीको रूपमा प्रशंसा गरेको छ जहाँ मातृकाहरूलाई दिशाका संरक्षक (दिक्पाल) भनिएको छ। सोही पुराणको अर्को प्रसङ्गमा उनलाई भैँसीमा सवार भएको भनि वर्णन गरिएको छ।[] देवीभागवत पुराण का अनुसार वाराही र अन्य मातृकाहरूलाई सर्वोच्च माताले (आद्या शक्ति) ले सिर्जना गर्दछिन्। माताले देवताहरूलाई आवश्यकता पर्दा मातृकाहरूले असुरहरूसँग लड्ने वाचा गर्छिन्। रक्तबीजको प्रसङ्गमा, वाराही बँदेलको रूपमा रहेको र प्रेत (शव) माथि बसेर आफ्ना दाह्राले असुरहरूसँग लडिरहेको भनि वर्णन गरिएको छ।[]

वराह पुराण मा रक्तबीजको कथालाई पुन: जोडिएतापनि यहाँ प्रत्येक मातृका अर्को मातृकाको शरीरबाट प्रकट हुन्छन्। वाराही विष्णुको शक्ति वैष्णवीको शरीरको तल्लो भागबाट शेषनाग (जसमा भगवान विष्णु शयन गर्छन्) मा विराजमान भएर प्रकट हुन्छिन्।[] सोही पुराणमा वाराहीलाई ईर्ष्याको (असूया) प्रतीक मानिएको छ।[१०][११]

मत्स्य पुराणमा वाराहीको उत्पत्तिको भिन्न कथा छ। त्यहाँ अन्धकासुर नामक दैत्य (जसमा रक्तबीज जस्तै भुइँमा खसेको रगतबाट पुनः जीवित हुने क्षमता थियो) लाई मार्न सहयोग गर्नका लागि शिवले वाराही र अन्य मातृकाहरूको सिर्जना गरेको उल्लेख छ।[]

  1. वाराही (संस्कृत: वराही) नाम वराहकी शक्तिको रूपमा पनि प्रयोग गरिन्छ, जसलाई भूदेवी (पृथ्वीकी देवी) सँग पहिचान गरिन्छ। यी शक्तिको चित्रण मानवीय रूपमा गरिएको हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Finegan, Jack (२३ Jun २००९), An Archaeological History of Religions of Indian Asia, Paragon House, 1989, आइएसबिएन 9781891893179
  2. Kinsley p. 156, Devi Mahatmya verses 8.11–20
  3. 1 2 Donaldson p. 158
  4. Kinsley p. 156, Devi Mahatmya verses 8.62
  5. Kinsley p. 158, Devi Mahatmya verses 10.2–5
  6. Kinsley p. 158, verses 30.3–9
  7. Moor, Edward (२००३), "Sacti: Consorts or Energies of Male Deities", Hindu Pantheon, Whitefish, MT: Kessinger Publishing, पृ: 25, 116–120, आइएसबिएन 978-0-7661-8113-7[स्थायी मृत कडी]
  8. Swami Vijnanananda (१९२३), The Sri Mad Devi Bhagavatam: Books One Through Twelve, Allahabad: The Panini Office, पृ: 121, 138, 197, 452–7, आइएसबिएन 9780766181670, ओसिएलसी 312989920
  9. 1 2 Goswami, Meghali; Gupta, Ila; Jha, P. (मार्च २००५), "Sapta Matrikas in Indian Art and Their Significance in Indian Sculpture and Ethos: A Critical Study", Anistoriton Journal, Anistoriton, अन्तिम पहुँच २००८-०१-०८
  10. Kinsley p. 159, Varaha Purana verses 17.33–37
  11. Rath, Jayanti (सेप्टेम्बर–अक्टोबर २००७), "The Varahi Temple of Caurasi", Orissa Review (Government of Orissa): 37–9।