वाराही
| वाराही | |
|---|---|
मातृका समूहको सदस्य | |
नेपालबाट प्राप्त १४औँ शताब्दीको वाराहीको मूर्ति | |
| अन्य नामहरू | वर्तली, दण्डिनी, पञ्चमी, बाराही |
| देवनागरी | वाराही |
| आबद्ध | मातृका, देवी, लक्ष्मी |
| वासस्थान | मणिद्वीप, वैकुण्ठ |
| मन्त्र | ॐ महिषध्वजायै विद्महे, दण्डहस्तायै धीमहि, तन्नो वाराही प्रचोदयात् |
| अस्त्र | हलो र मुसल |
| वाहन | राँगो |
| रानी | वराह[१] |
वाराही (संस्कृत: वाराही, [note १]) हिन्दु धर्ममा सात मातृकाको (माता देवीहरू) समूहमध्ये एक हुन् जसको टाउको पोथी बँदेलको जस्तो छ। नेपालमा उनलाई बाराही भनिन्छ। राजस्थान र गुजरातमा उनलाई दण्डिनीको रूपमा पूजा गरिन्छ।
वाराहीको पूजा विशेषगरी मातृ-देवी प्रधान शाक्त धर्ममा प्रचलित छ, तर उनलाई शैव धर्म (शिवका भक्त) र वैष्णव धर्म (विष्णुका भक्त) मा पनि श्रद्धा गरिन्छ। उनको उपासना सामान्यतया रातिको समयमा, गोप्य वाममार्ग तान्त्रिक विधिहरू प्रयोग गरेर गरिन्छ। उनका वज्रवाराही र मारीची जस्ता स्वरूपहरूलाई बौद्ध धर्ममा पनि देख्न सकिन्छ।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य मा वर्णित शुम्भ-निशुम्भको कथा अनुसार, मातृकाहरू देवताहरूको शरीरबाट शक्तिको (स्त्री शक्ति) रूपमा प्रकट हुन्छन्। शास्त्रहरूका अनुसार वाराही देवीको उत्पत्ति वराहबाट भएको हो। उनको स्वरूप बँदेलको जस्तो रहेको र उनले चक्र धारण गरि तरवारले युद्ध गर्छिन्।[२][३] शास्त्रमा वर्णन गरिएको युद्धपश्चात्, मातृकाहरू असुरहरूको रगतले मात्तिएर नृत्य गर्छन्।[४]

देवी माहात्म्य कै असुर रक्तबीज वधसँग सम्बन्धित अर्को प्रसङ्ग अनुसार, योद्धा-देवी दुर्गाले आफ्नो शरीरबाट मातृकाहरू उत्पन्न गरि उनीहरूको सहयोगमा असुर सेनाको विनाश गर्छिन्। जब असुर शुम्भले दुर्गालाई द्वन्द्वयुद्धको लागि चुनौती दिन्छन् तब उनले ती मातृकाहरूलाई आफूभित्रै समाहित गर्छिन्।[५] वामन पुराणमा भने मातृकाहरू दिव्य माता चण्डिकाको शरीरका विभिन्न भागहरूबाट उत्पन्न भएको बताइएको छ; वाराहीको उत्पत्ति चण्डिकाको पिठ्युँबाट भएको हो।[३][६]
मार्कण्डेय पुराणले वाराहीलाई वरदान दिने देवी र उत्तर दिशाको अधिष्ठात्री देवीको रूपमा प्रशंसा गरेको छ जहाँ मातृकाहरूलाई दिशाका संरक्षक (दिक्पाल) भनिएको छ। सोही पुराणको अर्को प्रसङ्गमा उनलाई भैँसीमा सवार भएको भनि वर्णन गरिएको छ।[७] देवीभागवत पुराण का अनुसार वाराही र अन्य मातृकाहरूलाई सर्वोच्च माताले (आद्या शक्ति) ले सिर्जना गर्दछिन्। माताले देवताहरूलाई आवश्यकता पर्दा मातृकाहरूले असुरहरूसँग लड्ने वाचा गर्छिन्। रक्तबीजको प्रसङ्गमा, वाराही बँदेलको रूपमा रहेको र प्रेत (शव) माथि बसेर आफ्ना दाह्राले असुरहरूसँग लडिरहेको भनि वर्णन गरिएको छ।[८]
वराह पुराण मा रक्तबीजको कथालाई पुन: जोडिएतापनि यहाँ प्रत्येक मातृका अर्को मातृकाको शरीरबाट प्रकट हुन्छन्। वाराही विष्णुको शक्ति वैष्णवीको शरीरको तल्लो भागबाट शेषनाग (जसमा भगवान विष्णु शयन गर्छन्) मा विराजमान भएर प्रकट हुन्छिन्।[९] सोही पुराणमा वाराहीलाई ईर्ष्याको (असूया) प्रतीक मानिएको छ।[१०][११]
मत्स्य पुराणमा वाराहीको उत्पत्तिको भिन्न कथा छ। त्यहाँ अन्धकासुर नामक दैत्य (जसमा रक्तबीज जस्तै भुइँमा खसेको रगतबाट पुनः जीवित हुने क्षमता थियो) लाई मार्न सहयोग गर्नका लागि शिवले वाराही र अन्य मातृकाहरूको सिर्जना गरेको उल्लेख छ।[९]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Finegan, Jack (२३ Jun २००९), An Archaeological History of Religions of Indian Asia, Paragon House, 1989, आइएसबिएन 9781891893179।
- ↑ Kinsley p. 156, Devi Mahatmya verses 8.11–20
- 1 2 Donaldson p. 158
- ↑ Kinsley p. 156, Devi Mahatmya verses 8.62
- ↑ Kinsley p. 158, Devi Mahatmya verses 10.2–5
- ↑ Kinsley p. 158, verses 30.3–9
- ↑ Moor, Edward (२००३), "Sacti: Consorts or Energies of Male Deities", Hindu Pantheon, Whitefish, MT: Kessinger Publishing, पृ: 25, 116–120, आइएसबिएन 978-0-7661-8113-7।[स्थायी मृत कडी]
- ↑ Swami Vijnanananda (१९२३), The Sri Mad Devi Bhagavatam: Books One Through Twelve, Allahabad: The Panini Office, पृ: 121, 138, 197, 452–7, आइएसबिएन 9780766181670, ओसिएलसी 312989920।
- 1 2 Goswami, Meghali; Gupta, Ila; Jha, P. (मार्च २००५), "Sapta Matrikas in Indian Art and Their Significance in Indian Sculpture and Ethos: A Critical Study", Anistoriton Journal, Anistoriton, अन्तिम पहुँच २००८-०१-०८।
- ↑ Kinsley p. 159, Varaha Purana verses 17.33–37
- ↑ Rath, Jayanti (सेप्टेम्बर–अक्टोबर २००७), "The Varahi Temple of Caurasi", Orissa Review (Government of Orissa): 37–9।