वार्तालाप:अप्राकृतिक मैथुन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विषयवस्तुको संवेदनशीलता[सम्पादन गर्नुहोस्]

विश्वका कतिपय देशहरूमा अप्राकृतिक मैथुन भनी उल्लेख गरिएको पाइन्छ । तर यो विषय आफैमा एकदम संवेदनशील विषय हो । विशेष गरी अप्राकृतिक मैथुन भनी समयौनिक लगायत गैर-विषमयौनिक जनसमुदाय प्रति लाञ्छना र विभेद लगाइने गरिन्छ । धर्म संस्कृतिले प्रजनन युक्त यौन सम्पर्क बाहेक अरुलाई अप्रकृतिक समेत भन्ने गरेको छ । खासमा यो अप्राकृतिक मैथुनको अवधारणा नै पुरातनवादी हो । त्यसैले यो लेख लेख्दा सिमान्तकृत समुदाय विरुद्ध लाञ्छना पुनरुत्पादन नहुने र वयस्क मानवहरू बीचको यौन सम्पर्कलाई कुण्ठित नगर्ने हिसाबले लेखिनुपर्छ जस्तो लाग्छ । --यलक्वंदा (कुरा गर्ने) १२:५४, ९ अगस्त २०२० (नेपाली समय)