वार्तालाप:दसैँ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:दशैंबाट अनुप्रेषित)
प्रमुख लेखदसैँ प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
मे २३, २०११प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना हिन्दु धर्म (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना हिन्दु धर्मको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर हिन्दु धर्म विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

दसैं नामक लेख हटाइएको छ। त्यसमा भएको निम्न लिखित जानकारि यहाँ राखिएको छ।

दशैँ (पर्यायवाची शब्द: विजया दशमी, ठूलो दशैँ; नेपाल भाषा: मोहनी; हिन्दी: नवरात्री) हिन्दूहरूको एक महान चाड हो। नेपाल अधिराज्यमा सबै भन्दा धेरै मानिसले मनाउने चाड हरूमध्ये यो एक प्रमुख चाड हो।

दशैँ: दशैँ नेपालीहरू र विशेषत: नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएका हुनाले यसलाई 'दशैँ'वा 'विजया दशमी' का नामले पनि चिनिन्छ। हिन्दू चान्द्रमासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू एउटै गते र तारिखमा नपर्ने हुनाले 'दशैँ' पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्न सक्छ। 'दशैँ' आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुन्छ र यो पहिलो दिनलाई 'घटस्थापना' भनिन्छ। दसैं प्रतिपदा(घटस्थापना) देखि पूर्णिमा(कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्रि र दसौ दिन लाई दशमी वा दसैं भनिन्छ|यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा(घटस्थापना), सप्तमी(फूलपाती),महाअष्टमी(कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैको प्रमुख तिथि हरू हुन|

नेपाली समाजमा महत्व[सम्पादन गर्नुहोस्]

नेपाली समाजमा दसैंको निकै ठूलो महत्व छ। यस चाडका विशेषताहरू तल वर्णन गरिएका छन्:

  • टिका थाप्ने

दसैंको टिकाको दिन ठूलाबडाहरूबाट टिका ग्रहण गर्ने चलन छ। सो चलन अनुसार घरभन्दा पर तथा विदेशमा गएका नेपालीहरू पनि घर फर्किन्छन्।

  • टिकाको आशिष

आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे

ऐश्वयं नहुषे,गतिश्च पवने, मानं च दुर्योधने।।

शौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते

विज्ञानं विदुरे भवतु भवतां, कीर्तिश्च नारायणे।।

  • देवी बन्दना:

जयन्ती मंगला काली भद्रकाली कपालिनी

दुर्गा, क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।

  • काठमाडौंमा पचली भैरबनाथको जात्रा

Ramro chha.... Bhimraul (कुरा गर्ने) १६:४५, २ अक्टोबर २०१५ (युटिसी(UTC))

Who is the best person in the world ?[सम्पादन गर्नुहोस्]

Yes, that's Amshu Nepal . अंशु नेपाल (कुरा गर्नुहोस्) १४:१४, २१ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

दसैँ यस्तो हाेइन [दशैँ ]यस्तो हुन्छ अंशु नेपाल (कुरा गर्नुहोस्) १४:१७, २१ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

अंशु नेपाल, नेपाली बृहत् शब्दकोशको अनुसार, दसैँ यस्तो हुनुपर्छ --बडा काजी (कुरा गर्नुहोस्) १८:५५, २३ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]