वार्तालाप:बङ्गलादेश

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:बंगलादेशबाट अनुप्रेषित)
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५९, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


शीर्षक परिवर्तन सम्बन्धमा[सम्पादन गर्नुहोस्]

१) नेपाली बृहत् शब्दकोशमा बङ्गलादेश र बाङ्लादेश दुबै प्रयोग भएतापनि बाङ्लादेश सही भएका कारण
२) बङ्ग वा बङ्गाल भन्ने शब्दको अस्तित्व नभएको खास गरि उक्त देशको सवालमा (पश्चिम बङ्गाल गलत पश्चिम बोङ्गो सही)
३) लिप्यन्तरण = বাংলাদেশ = बाङ्लादेश
४) भाषाबाट बनेको देश= बाङ्ला भाषा=बाङ्लादेश
५) देश सम्बन्धित सबै पृष्ठमा बाङ्ला शब्दको प्रयोग (उदाहरण, यो, यो, यो आदि इत्यादि कारणले गर्दा शीर्षक परिवर्तन हुन आवश्यक छ। पर्वत सुबेदी (कुरा गर्ने) २०:३६, २ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली भाषामा के भनिन्छ त्यो महत्वपूर्ण हुन्छ। बुँदा नं. (१) मा दाबी गरिए अनुसार ने.बृ.श. मा बाङ्लादेश उल्लेख भएको मैले भेटिनँ। यदि दुबै उल्लेख छन् भने दुबै सही हुन्। र जुन बढी प्रचलनमा छ त्यसैलाई सही मान्नुपर्छ। (२) पश्चिम बङ्गाल भारतको एक राज्य हो र सो राज्यलाई सोही नामबाट नक्शाङ्कन गरिएको छ (कृपया भारतको नक्शा हेर्नुहोला)। (३) नेपाली भाषामा प्रचलनमा रहेको नाम हुँदाहुँदै लिप्यन्तरण विकल्प होइन। यो विकिपिडियाको नामकरण सम्बन्धी मान्यता विपरीत हुन्छ। (४) बङ्गलादेशमा बाङ्ला भाषा भनिए पनि नेपालीमा बङ्गाली भाषा भनिन्छ। (५) विकिपिडियाको पृष्ठलाई सन्दर्भको रूपमा लिन सकिँदैन।--Nirajan pant (कुरा गर्ने) १२:३६, ३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

१) नेवृश को आधिकारिक अनुप्रयोगमा बाङ्लादेश रहेको छ, बङ्गलादेश पनि।
२) पश्चिम बङ्गाल भारतीय राज्य हो। भारतीय विषयसँग सम्बन्धि नाममा बङ्गाल सही छ तर बाङ्लादेशसँग सम्बन्धित विषयमा बङ्ग भन्ने शब्दको अस्तित्व छैन। पश्चिम बङ्गाल भारतीय भएको हुँदा पश्चिम बङ्गाल नै सहि छ तर बाङ्ला ले त्यसो भन्दैन किनभने उक्त भाषामा बङ्ग भन्ने वा बङ्गला भन्ने शब्द अस्तित्वमा छैन।
३) शब्दको उत्पत्तिबाट प्राप्त भएको, भाषाबाट बनेको पहिलो देश बाङ्ला भाषा बाङ्लादेश
४) यदी बङ्गलादेशनै एक मात्र शीर्षक हुनलाई सबै ठाउँमा बङ्गलादेश मात्र हुनु पर्ने तर त्यस्तो छैन।
५) यदी माथी उल्लेखित भनाई अनुसार बङ्गलालिङ्क, बङ्गलापिडिया हुन्छ होला तर बिडम्बना त्यस्तो हुँदैन।
६) देशको नाममा मात्र बङ्ग छ अरू ठाउँमा बाङ्ला छ जसले पाठकहरू भ्रमित हुन्छन्।
पर्वत सुबेदी (कुरा गर्ने) १४:०१, ३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यहाँको जानकारीको लागि नेवृश को कुनै आधिकारिक अनुप्रयोग छैन्। र बाङ्लादेश शब्द नेवृशमा छैन्। बाङ्लालिङ्क, बाङ्लापिडिया छुट्टै नाम हुन् र त्यो नामले जनाउने विषयवस्तुलाई चिन्न त्यस शब्दको सन्धि-विच्छेद वा व्युत्पत्ति खुट्याउन आवश्यक छैन्। नेपाली भाषाका पुस्तकहरूमा बाङ्लादेश शब्द नभई बङ्गलादेश शब्दकै प्रयोग हुँदै आइरहेको छ। शब्दको व्युत्पत्ति हेरेर यसलाई नकार्न सकिन्न। यदि बाङ्लादेश पनि प्रयोगमा छ भने हाललाई यसलाई वैकल्पिक नामको रूपमा प्रयोग गर्न सकिन्छ। र जुन दिन नेपाली भाषामा बाङ्लादेश को चलन धेर आउला त्यो दिन अवश्य पनि यसलाई मूल शीर्षक बनाउन सक्नेछौं।--Nirajan pant (कुरा गर्ने) १९:५०, ४ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नेपाली बृहत शब्दकोशमा नभेटिएको अवस्थामा हामीले आधारमान्ने भनेको सरकारी लिखत वा पत्रपत्रिकालाई हो। नेपालको राष्ट्रिय दैनिक गोरखापत्रले (यहाँयहाँयहाँ) बङ्गलादेश उल्लेख गरेको पाइएकोले सोही शब्दको प्रयोग गर्दा उचित हुन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:४६, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नेपाली बृहत शब्दकोशमा नभेटिएको अवस्थामा Nirmal Dulal जीले भन्नु भए जस्तै प्रचलनलाई आधार लिनु पर्ने हुन्छ र यसका लागी सरकारी कागजात तथा प्रमुख पत्रपत्रिकाहरू मुख्य आधार हुने कुरालाई समर्थन गर्दछु।nShrestha १७:०८, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
लेख शीर्षक नीति तथा सामुदायिक छलफलको आधारमा बङ्गलादेश लेख शीर्षकलाई यथावत राख्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५९, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।