वार्तालाप:लाली गुराँस

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुराँसलाली गुराँसमा केही फरक छ यहाँ दिएको सन्दर्भमा पनि त्यस्तै लेखेको छ (विश्वमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने टीएमजे क्षेत्रमा वार्षिक हजाराँै पर्यटकले भ्रमण गर्ने गर्छन् भने गुराँस फुल्ने समय फागुन अन्त्यदेखि असारसम्म आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ ।) - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:१३, २२ अप्रिल २०१४ (युटिसी(UTC))

यहाँ वसन्त ऋतुको आगमनसँगै तीनजुरे–मिल्के–जलजलेमा २८ प्रजातिका लालीगुराँस फुलेर रङ्गीविरङ्गी हुने गर्छ भन्ने कुरा पनि त लेखिएको छ नि निर्मल जी। कृपया ५ प्रजतिका लालीगुराँसलाई साइट गर्नु होला। -धन्यवाद सृजना (कुरा गर्ने) ०६:१४, २५ अप्रिल २०१४ (युटिसी(UTC))

सृजना जी, त्यसो भए त्यस्तो आफैमा विवादित साइटेसन किन राख्नु भएको त? स्मरण रहोस यो साइट तपाईले नै राख्नु भएको हो। लाली गुराँससँग मिल्ने ५ प्रजातीहरूको बारेमा थाहा पाउन यहाँ हेर्नु होला।- निर्मल दुलाल (कुरा गर्नुहोस) ०२:१५, २७ अप्रिल २०१४ (युटिसी(UTC))

निर्मल जी, साइटेसन मलाई चाहिएको होइन। लेखलाई चाहिएको हो। त्यसैले मलाइ देखाउनु भन्दा लेखमा नै देखाए राम्रो होला। -धन्यवाद सृजना (कुरा गर्ने) ०७:४३, २ मे २०१४ (युटिसी(UTC))

सृजना जी, मैले तपाइलाई साइटेसन देखाएको हैन जानकारी नभएको कुरा राम्रोसँग हेर्न सल्लाह दिएर बुझाउने कोसिस मात्र गरेको हुँं। लेखमा के चाहिन्छ भन्ने कुरा मलाई पनि थाहा छ, त्यस माथी तपाईले सम्झाएर राम्रो गर्नु भयो, धन्यवाद। - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:२३, २ मे २०१४ (युटिसी(UTC))