वार्तालाप:सापारु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धर्मशास्त्रोचित समय[सम्पादन गर्ने]

गाईजात्रालाई नेवारी भाषामा ‘सापारु’ भनिन्छ। ‘सा’ भनेको ‘गाई’ र ‘पारु’ भनेको ‘प्रतिपदा तिथि’ हो। प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ। (श्रावण शुक्लपक्षपछि भाद्र कृष्णपक्ष आउँछ। मूलपाठमा जनैपूर्णिमाको भोलिपल्ट त्रुटिवश भाद्र शुक्लपक्ष प्रतिपदा हुन गएकोमा त्यसलाई सच्याएर भाद्र कृष्णपक्ष प्रतिपदा बनाइएको छ।) हिन्दु धर्ममा गाईलाई भुक्ति र मुक्ति प्रदायिनी देवीका रूपमा पूजा गरिन्छ। गरुड पुराण एवं पद्म पुराणमा उल्लेख भएअनुसार पृथ्वीलोकमा गाईयात्रा निकालेपछि यमलोकको ढोका खुल्ने विश्वास गरिन्छ। गाईजात्रामा गाईलाई नगरपरिक्रमा गराउनाले दिवंगत आफन्तले तिनै गाईको पुच्छर समाई बैतरणी नदी पार गर्न पाउँछन् र स्वर्गको मार्ग प्रशस्त हुन्छ भन्ने धार्मिक विश्वास छ। श्रावण पूर्णिमापछि चान्द्रमानले भाद्रमास प्रारम्भ हुन्छ भने जब मघा नक्षत्रमा सूर्यनारायणको प्रवेश हुन्छ तब सौरमानले भाद्रमास सुरु हुन्छ। मघा नक्षत्रलाई पितृहरूको नक्षत्र भनिन्छ। ऋग्वेद संहितामा ‘भानोराश्लेषा अयनं मघा मे’ भनी मघा नक्षत्रलाई दक्षिणायनको सूचकका रूपमा प्रयोग गरिएको छ। शास्त्रवचनअनुसार दक्षिणायन लागेपछि पितृकर्म गर्नाले पितृहरू तृप्त हुन्छन्। यसर्थ भाद्र कृष्णपक्षको प्रतिपदा लागेपछि गाईजात्रा मान्ने परम्परा धर्मशास्त्रसम्बद्ध नै देखिन्छ।

धर्मशास्त्रोचित समय[सम्पादन गर्ने]

[Nepali Patro १]गाईजात्रालाई नेवारी भाषामा ‘सापारु’ भनिन्छ। ‘सा’ भनेको ‘गाई’ र ‘पारु’ भनेको ‘प्रतिपदा तिथि’ हो। प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ। (श्रावण शुक्लपक्षपछि भाद्र कृष्णपक्ष आउँछ। मूलपाठमा जनैपूर्णिमाको भोलिपल्ट त्रुटिवश भाद्र शुक्लपक्ष प्रतिपदा हुन गएकोमा त्यसलाई सच्याएर भाद्र कृष्णपक्ष प्रतिपदा बनाइएको छ।) हिन्दु धर्ममा गाईलाई भुक्ति र मुक्ति प्रदायिनी देवीका रूपमा पूजा गरिन्छ। गरुड पुराण एवं पद्म पुराणमा उल्लेख भएअनुसार पृथ्वीलोकमा गाईयात्रा निकालेपछि यमलोकको ढोका खुल्ने विश्वास गरिन्छ। गाईजात्रामा गाईलाई नगरपरिक्रमा गराउनाले दिवंगत आफन्तले तिनै गाईको पुच्छर समाई बैतरणी नदी पार गर्न पाउँछन् र स्वर्गको मार्ग प्रशस्त हुन्छ भन्ने धार्मिक विश्वास छ। श्रावण पूर्णिमापछि चान्द्रमानले भाद्रमास प्रारम्भ हुन्छ भने जब मघा नक्षत्रमा सूर्यनारायणको प्रवेश हुन्छ तब सौरमानले भाद्रमास सुरु हुन्छ। मघा नक्षत्रलाई पितृहरूको नक्षत्र भनिन्छ। ऋग्वेद संहितामा ‘भानोराश्लेषा अयनं मघा मे’ भनी मघा नक्षत्रलाई दक्षिणायनको सूचकका रूपमा प्रयोग गरिएको छ। शास्त्रवचनअनुसार दक्षिणायन लागेपछि पितृकर्म गर्नाले पितृहरू तृप्त हुन्छन्। यसर्थ भाद्र कृष्णपक्षको प्रतिपदा लागेपछि गाईजात्रा मान्ने परम्परा धर्मशास्त्रसम्बद्ध नै देखिन्छ।
उद्दरण त्रुटी: <ref> tags exist for a group named "Nepali Patro", but no corresponding <references group="Nepali Patro"/> tag was found, or a closing </ref> is missing