वार्तालाप:सुनुवार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनुवार

सुनुवार नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। कोइँच, मुखिया यी जाति आफुलाई किरात कोइँच भन्नमा गर्व गर्दछन् । ७० भन्दा बढी विभिन्न उपजाति भएका आदिवासी कोइँचहरूको आफ्नो भाषालाई 'कोइँच लोः' भनिन्छ भने परम्परागतरूपमा मान्दै र विश्वास गर्दै आएको धर्मलाई 'किरात धर्म' भन्दछन् । कुल १००,२५४ जनसंख्या रहेका आदिवासी कोइँचका २६,६११द्द जनसंख्याले मात्र आफ्नो मातृभाषा बोल्छन् । यस जातिको परम्परागत धर्मदर्शनलाई 'मुकदुम' भन्दछन् ।

बसोबास्[सम्पादन गर्नुहोस्]

नेपालको पूर्वी पहाड्को ओखलढुङ्गा खिजी लाइ आफ्नो पुर्खैली थलो मान्द्छन् , तर अहिले पूर्वी तराई लगायत काठमाडौं उपत्यका , दार्जिलिङ सिक्किम्, भुटान अनि पूर्वी भारत तिर पनि प्रसस्त यो जातिको बसोबास् भएको पाइन्छ। यस जातिमा अनेक थर-उपथर हुन्छ।

भाषा[सम्पादन गर्नुहोस्]

कोइँच लोः

थर[सम्पादन गर्नुहोस्]

कोर्मोचा, मुलिचा, भुजिचा, प्रेतिचा, कतिचा, दुर्बिचा, क़ुइतिचा, पर्गाचा, तोकुचा, दिगार्चा, सप्रचा, सुसुचा, गोङ्ग्ग्रोचा, गौरोचा, जेस्पुचा, बर्मलिचा, जेतिचा, तुर्सुचा, नोम्लिचा, रपाचा, रुपचा, रुजुचा, ङ्गवचा, लोकुचा, लास्पचा, लिलुचा, थोलोचा, कय्बा, यता ,75 आदि का सुनुवारथरहरू हुन्

हाल्ली खेल[सम्पादन गर्नुहोस्]

हाल्ली खेल सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औंशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा जिल्लाको खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार, किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौलीपर्व भनेर मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरुको मौलिके र मान्नेता आनुसर बर्षकै बढी अंधेरो रात भएको हुनाले यस रातलाई अंधेरो हुन बाट जोगाउन र बढी अंधेरोमा मनव तथा पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युवकहरूको तागत, साहस, उत्साह र जागरलाई अटल राख्न प्रतेक बर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछी उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली सुनुवार कोइच भाषाबाट उत्पन्न भएको मानिन्छ। जरुरीसूचना: यो खेलको बारेमा खिजी चण्डेश्वरी का सुनुवारकोर्मोचा ब्यक्ती र बुद्धिजीबीहरुबाट मात्रै सत्य तत्य प्रमाणिन हुन्छ कारण यो खेल बिश्वक कुनै पनि राष्ट्रियले खेलेको छैन अझ सम्मा