विकिपिडिया:विकी कार्यशाला-नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 मुख्य पृष्ठ वार्तालाप सूचना सहायता सहभागी 

विकी कार्यशाला-नेपाल एक प्रस्तावित दुई दिने आवाशीय कार्यशाला कार्यक्रम हो । यो कार्यशालाको मुख्य उद्देश्य नेपालमा भएका विभिन्न भाषाका विकिपिडियनहरूलाई विकिपिडिया सम्पादन कार्यमा कौशल प्रदान गर्नु रहेको छ । यस कार्यक्रमको आयोजनाले नेपालमा विकिपिडियाका आवश्यकता र विशेषता प्रस्ट हुने आशा राखिएको छ । समुदायमा रहेका प्रयोगकर्ताहरूको छलफल पछि यस कार्यक्रमको मिति र स्थान तय गरिनेछ ।

  • विकी कार्यशालाको प्रमुख लक्ष्य वर्तमान समयमा नेपालमा रहेका विभिन्न भाषाका विकिपिडियनहरूलाई विकिपिडिया सम्पादन सम्बन्धी विभिन्न कार्यहरूमा कौशल प्रदान गर्नु रहेको छ ।
  • नेपालमा बोलिने भाषाहरूको विकिपिडिया- नेपाल भाषा विकिपिडिया, नेपाली विकिपिडिया, भोजपुरी विकिपिडिया, संस्कृत विकिपिडिया, मैथिली विकिपिडिया र डोटेली विकिपिडियाका समस्याहरू माथि चर्चा गरेर त्यसका समाधानका उपाय खोजी गर्ने रहेको छ ।
  • सामाजिक सञ्जाल, प्रतिलिपि अधिकार र क्रिएटिभ कमन्समाथि चर्चा गर्नु रहेको छ ।
  • विकी नीतिसँग परिचित गर्नु रहेको छ ।
  • सामुदायका प्रयोगकर्ताहरूलाई एक आपसमा सङ्गठित र परिचित गर्नु रहेको छ ।
  • एक आपसमा विकिमिडिया आन्दोलनको सर्वश्रेष्ठ अभ्यासको सम्बन्धमा चर्चा गर्नु रहेको छ ।