सामग्रीमा जानुहोस्

विकिपिडियाको विश्वसनीयता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण अमेरिकी कोआटी। सन् २००८ मा एक १७ वर्षे विद्यार्थीले व्यक्तिगत रमाइलोको रूपमा विकिपिडियाको कोआटी लेखमा आफैले आविष्कार गरेको "ब्राजिली माटे बँदेल" उपनाम थपेका थिए भने उक्त गलत जानकारी ५ वर्षसम्म त्यहाँ टिकिरहँदा त्यो उपनामलाई सयौँ वेबसाइट, केही पत्रिका र विश्वविद्यालय प्रेसबाट प्रकाशित केही पुस्तकहरूले पनि यसलाई प्रचार गरेका थिए।[][]

जोकोहीले पनि सम्पादन गर्न सक्ने खाले एक बहुभाषी नि:शुल्क अनलाइन विश्वकोश भएको हिसाबले विकिपिडियामा राखिएका सामग्रीहरूको विश्वसनीयता बारे बेलाबेलामा चर्चा हुने गरेको छ। विशेषगरी सर्वाधिक हेरिने विकिपिडियाको अङ्ग्रेजी भाषाको संस्करणमा यसको विश्वसनीयता र अन्य सबै भाषाका विकिपिडिया संस्करणहरूमा स्वयंसेवक-चालित तथा समुदायद्वारा नियन्त्रित सम्पादन निर्देशनमाथि प्रश्न चिन्ह लगाइएको र परीक्षण गरिएको पाइन्छ। विकिपिडिया स्वयंसेवक सम्पादकहरूद्वारा (जसलाई विकिपिडियन भनिन्छ) लेखिने र सम्पादित हुने गर्दछ, जसले समुदायद्वारा बनाइएको नीति र दिशानिर्देशहरूको माध्यमबाट अन्य स्वयंसेवक सम्पादकहरूको सम्पादकीय निगरानीमा अनलाइन सामग्रीको उत्पादन गर्छन्।[] विकी परियोजना अन्तर्गत, विश्वसनीयताको तुलनात्मक समीक्षा, ऐतिहासिक ढाँचाको विश्लेषण र यसको सम्पादन प्रक्रियामा रहेका बलियो र कमजोरी तथ्याङ्कीय पक्षको परीक्षण गरिएको छ। विशेषगरी सामग्री, प्रस्तुति र सम्पादकीय प्रक्रियासँग सम्बन्धित अनलाइन विश्वकोशलाई यसको तथ्यात्मक असमर्थता सम्बन्धमा आलोचना गरिएको छ। विकिपिडियाको विश्वसनीयता मापन गर्ने प्रयास, अध्ययन र सर्वेक्षणको परिणाम मिश्रित रहेको पाइन्छ। सन् २००० को दशकमा विकिपिडियाको विश्वसनीयता बारम्बार आलोचनाको केन्द्र विन्दु बनेको तर विस्तारै यो सुधार हुँदै आएको देखिएको र यसको अङ्ग्रेजी भाषामा भएको संस्करणलाई सन् २०१० को दशकको अन्त्य र सन् २०२० को सुरुवातमा सामान्यतया प्रशंसा गरिएको थियो। [][][]

विश्वसनीयताको मूल्याङ्कन गर्दा दर्ता नगरिएका, सुकारू वा दर्ता गरिएका प्रयोगकर्ताहरूले वर्वरतापूर्वक गर्ने गलत तथा भ्रामक सम्पादन वा लेखहरूलाई छिटोभन्दा छिटो हटाउने वा पुराना प्रयोगकर्ताहरूले लेखका ती अंशहरू पत्ता लगाई मेटाउने प्रक्रिया मार्फत विकिपिडियामा राखिएका सामग्रीहरूले विश्वसनीयतामा टेवा पुग्ने देखिन्छ। विकिपिडिया परियोजना सुरु भएको दुई वर्षपछि अर्थात् सन् २००३ मा आइबिएमको एक अध्ययनले पत्ता लगाएअनुसार "विकिपिडियामा हुने गलत सम्पादन वा बर्बरताहरूको प्रभाव अन्य अधिकांश प्रयोगकर्ताहरूमा पुग्न अगावै त्यस्ता भ्रामक जानकारीहरू प्रायः अत्यन्त छिटो समयावधिमै सुधार गरिन्छ"।[] कमजोर वा निष्क्रिय स्वयंसेवकीय सम्पादन प्रणालीका कारण असत्य वा बनावटी सामग्रीको समावेश कहिलेकाहीँ विकिपिडियामा वर्षौंसम्म पनि रहिरहेको पाइन्छ। चयन, समावेशी, सहभागिता र समूह सोच जस्ता कयौँ प्रणालीगत पूर्वाग्रहहरूलाई यसले सहज बनाएको पाइन्छ। विश्वकोशको अधिकांश अंश पुरुष सम्पादकहरूले लेखेका र यसले लेखका सामग्रीहरूमा लैङ्गिक पूर्वाग्रह निम्त्याउनुका साथै सम्पादन समुदायको संरचनाले जातीय, सहकार्यता र राष्ट्रिय पूर्वाग्रह जस्ता चासोहरू उत्पन्न गरेको छ।[][][१०] विकिपिडियामा विचारधारात्मक पूर्वाग्रह पनि सचेत र अचेतन दुवै तहमा पहिचान गरिएको छ। सन् २०१२ र २०१४ मा हार्वर्ड बिजनेस स्कुलमा गरिएका अध्ययनहरूले विकिपिडिया, इन्साइक्लोपिडिया ब्रिटानिकाभन्दा पक्षपाती भएको पत्ता लागेको भएतापनि यस निष्कर्षलाई पक्षपाती सम्पादनको सट्टा अनलाइन विश्वकोषको लामो आकारसँग बढी जोडेको ठहर गरिएको थियोे।[११][१२]

विशेषगरी जीवित व्यक्तिहरूका जीवनीमा गलत, पक्षपाती वा बदनामपूर्वक गरिएको सम्पादन कार्यले गैर-तटस्थ वा स्वार्थ-विशेष सम्पादनका घटना र विकिपिडियामा "बदला सम्पादन"को प्रयोगले लेखलाई हानी पुर्‍याउने गरेको र सबैको ध्यानाकर्षण गरेको देखिन्छ। सामाजिक विज्ञान, मानविकी र संस्कृतिसम्बन्धी कम प्राविधिक विषयका लेखहरूले सूचना त्रुटि चक्र, सङ्ज्ञानात्मक पूर्वाग्रह, लेखको फैलावट भिन्नता र सम्पादक द्वन्द्वका समस्याहरू सामना गर्न सक्छन्।[१३][१४] अनलाइन विश्वकोषले आफ्नो जानकारीको वैधता दिँदैन। यसलाई अनुसन्धानकर्ताहरूले सूचीबद्ध सन्दर्भ, उद्धरण र स्रोतहरू जाँच गर्दा एक महत्वपूर्ण "सुरुवाती बुँदा"को रूपमा हेरिन्छ। विद्वानहरूले लेखहरूको गुणस्तर मूल्याङ्कन गर्दा भरपर्दा स्रोतहरूको समीक्षा गर्न सिफारिस गर्दछन्।[१५][१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Randall, Eric (मे १९, २०१४), "How a raccoon became an aardvark", The New Yorker, मूलबाट डिसेम्बर २९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २४, २०१६ 
  2. Kolbe, Andreas (जनवरी १६, २०१७), "Happy birthday: Jimbo Wales' sweet 16 Wikipedia fails. From aardvark to Bicholim, the encylopedia [sic] of things that never were", The Register, मूलबाट जुलाई ८, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१७ 
  3. Seelye, Katharine Q. (डिसेम्बर ५, २००५), "Snared in the Web of a Wikipedia Liar", The New York Times, मूलबाट सेप्टेम्बर ७, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २३, २०१७ 
  4. "Wikipedia is 20, and its reputation has never been higher", The Economist, जनवरी ९, २०२१, मूलबाट जनवरी ८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २५, २०२१ 
  5. Cooke, Richard (फेब्रुअरी १७, २०२०), "Wikipedia Is the Last Best Place on the Internet", Wired (magazine) (अङ्ग्रेजीमा), मूलबाट जनवरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०२० 
  6. "Happy Birthday, Wikipedia", The Economist, जनवरी ९, २०२१, मूलबाट जनवरी ८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०२२ 
  7. Fernanda B. Viégas, Martin Wattenberg, Kushal Dave: Studying Cooperation and Conflict between Authors with history flow Visualizations वेब्याक मेसिन अभिलेखिकरण जनवरी २५, २००६ मिति. Proceedings of the SIGCHI conference on Human factors in computing systems, 575–582, Vienna 2004, आइएसबिएन १-५८११३-७०२-८
  8. Torres, Nicole (जुन २, २०१६), "Why Do So Few Women Edit Wikipedia?", Harvard Business Review, आइएसएसएन 0017-8012, मूलबाट जुन १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०२० 
  9. Cassano, Jay (जनवरी २९, २०१५), "Black History Matters, So Why Is Wikipedia Missing So Much Of It?", Fast Company magazine, मूलबाट मे १०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१५ 
  10. Cooke, Richard (जनवरी २, २०२०), "Wikipedia Is the Last Best Place on the Internet", Wired (अङ्ग्रेजीमा), आइएसएसएन 1059-1028, मूलबाट जनवरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २, २०२० 
  11. Frick, Walter (डिसेम्बर ३, २०१४), "Wikipedia Is More Biased Than Britannica, but Don't Blame the Crowd", Harvard Business Review, आइएसएसएन 0017-8012, मूलबाट जुन २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २०, २०२० 
  12. Greenstein, Shane; Zhu, Feng (जनवरी १, २०१२), "Is Wikipedia Biased?", American Economic Review (अङ्ग्रेजीमा) (Harvard Business School) 103, मूलबाट डिसेम्बर ३०, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०२० 
  13. Leonard, Andrew (मे १७, २०१३), "Revenge, ego and the corruption of Wikipedia", Salon, मूलबाट मे ३१, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१६ 
  14. Pinsker, Joe (अगस्ट ११, २०१५), "The Covert World of People Trying to Edit Wikipedia—for Pay", The Atlantic, मूलबाट जुन १, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१६ 
  15. Petiška, Eduard; Moldan, Bedřich (डिसेम्बर ९, २०१९), "Indicator of quality for environmental articles on Wikipedia at the higher education level", Journal of Information Science (अङ्ग्रेजीमा) 47 (2): 269–280, आइएसएसएन 0165-5515, डिओआई:10.1177/0165551519888607 
  16. Harrison, Stephen (मार्च १९, २०२०), "The Coronavirus Is Stress-Testing Wikipedia's Systems—and Editors", Slate Magazine (अङ्ग्रेजीमा), मूलबाट अप्रिल १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]