सामग्रीमा जानुहोस्

विकिपिडियाको समालोचना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्ली इर्विनको विकिपिडिया लेखका दुई बिल्कुल फरक संस्करणहरू (हाल मेटाइसकिएको) सोही नामको लेख केही दिनको फरकमा सार्वजनिक गरिएका थिए।)[]विकिपिडियामा सम्पादन युद्ध र पक्षपातको संवेदनशीलता प्रायः यस परियोजनाका आलोचकहरूले उठाउने एक प्रमुख मुद्दा हो।

सन् २००१ मा स्थापित विकिपिडिया यसको स्थापना कालदेखिनै केही कुराहरूमा विवादित बन्दै आइरहेको छ। एक निःशुल्क अनलाइन विश्वकोश भएको हिसाबले आलोचकहरूले विकिपिडियामा राखिएको सामग्रीहरू, यसका स्थापित सम्पादकहरूको समुदाय, नीति तथा निर्देशन र कार्यप्रणालीहरू जस्ता विषयहरूको उठान गरि आलोचना गरेको भेटिन्छ। यसको अतिरिक्त आलोचकहरूले विकिपिडियाको तथ्यात्मक विश्वसनीयता, लेखको पठनयोग्यता र गुणस्तर, सङ्गठन, प्रणालीगत सत्य-तथ्यताको जाँच अभाव र यसको राजनीतिक पक्षपातको प्रश्न उठाएका छन्।

लैङ्गिक, जातीय पक्षपात, राजनीतिक प्रचार, सहकार्यता, संस्थागत र राष्ट्रिय स्तरमा प्रणालीगत पूर्वाग्रहबारे पनि चासो व्यक्त गरिएको छ। सामग्रीलाई प्रभाव पारि सहकार्यता अभियानबाट उत्पन्न हुने द्वन्द्वहरूलाई पनि औँल्याइएको छ। अरू चिन्ताका विषयहरूमा अज्ञात सम्पादनबाट उत्पन्न हुने विनाशकारी प्रवृत्ति र लेखमा पक्षपाति तथ्य समावेश, पक्षपाति सामुदायिक व्यवहार (प्रयोगकर्ताहरू मात्र नभई प्रशासक र अन्य उच्च पदस्थ व्यक्तिहरूबाट समेत), संरक्षक वर्ग र नयाँ प्रयोगकर्ताबीचको सामाजिक तह विभाजन र तहभेद, सम्पादन युद्ध, अत्यधिक नियम निर्माण र नियमहरूको असमान कार्यान्वयनहरू समावेश छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Wikipedia: Articles for deletion/Klee Irwin (3rd nomination)", Wikipedia, जनवरी १५, २०१४।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]