विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)
| नीति | प्राविधिक | प्रस्तावहरू | अफ विकि कार्यक्रमहरू | विचार विन्दु | विविध | प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल |
| « पुराना छलफलहरू, 1 |
विषयसूची
- १ Outreach Program सम्बन्धमा
- २ विकिपिडिया सम्बन्धी छलफल
- ३ विकिपिडिया Outreach Program सम्बन्धमा
- ४ पुरानो अनुदान (Grant) टुङ्ग्याउने सम्बन्धमा
- ५ विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७ छलफल तथा बैठक सम्बन्धमा
- ६ विकिमेनिया सहभागिता बारेमा
- ७ विकिपिडिया Outreach Program सम्बन्धमा
- ८ विकिडाटा डाटाथन सम्बन्धमा
- ९ विकिपिडिया शिक्षा टिमको नेपाल भ्रमण
- १० विकिपिडिया Outreach Program सम्बन्धमा
- ११ विकिडेटा डेटाथन कार्यक्रम
Outreach Program सम्बन्धमा[सम्पादन गर्ने]
पिपल्स क्याम्पसमा BBA का विद्यार्थीहरूलाई विकिपिडिया सम्बन्धी जानकारी दिने अभिप्रायले कार्यक्रम सञ्चालनको लागी क्याम्पस व्यवस्थापनसँग छलफल गर्दा व्यवस्थापनले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको हुँदा अर्को साता पिपल्स क्याम्पसमा Outreach Program को सञ्चालन गर्नको लागी प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रमको व्यवस्थापनमा सहभागि हुन चाहनु हुने सम्पादकहरूलाई सहभागिताको लागी आव्हान गरिन्छ ।
कार्यक्रम व्यवस्थापनमा सहभागिताको लागी[सम्पादन गर्ने]
कुरा गर्ने ०५:०२, २० डिसेम्बर २०१६ (युटिसी(UTC))- Janak Bhatta (कुरा गर्ने) ०८:११, २० डिसेम्बर २०१६ (युटिसी(UTC))
कार्यक्रम सम्बन्धी जानकारी[सम्पादन गर्ने]
मितिः २०७३ पौष १४ गते
समयः ३ः०० देखि ४ः००
स्थानः पिपल्स क्याम्पस
सहभागिहरू: पिपल्स क्याम्पस BBA का विद्यार्थीहरू
कार्यक्रमको विस्तृत विवरण[सम्पादन गर्ने]
पिपल्स क्याम्पस व्यवस्थापनबाट उक्त कार्यक्रमको लागी १ घण्टाको समय उपलब्ध गराउने सहमति भएकोले, कार्यक्रमको विस्तृत विवरण निम्नानुसार तयार गरिएको छ । सुधारको लागी सुझाव तथा कार्यक्रमको कुनै खण्ड सञ्चालनको लागी इच्छुक सम्पादकहरूलाई सहभागिताको लागी अनुरोध गर्दछौं । इच्छुक सम्पादकहरूले तालिका भन्दा तल हस्ताक्षर गरि सञ्चालन गर्न इच्छाएको खण्ड पनि छनौट गर्नु होला ।
| क्र.सं. | विवरण | समय | उत्तरदायि व्यक्ति |
|---|---|---|---|
| १ | विकिपिडिया सम्बन्धि जानकारी तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू | २० मिनेट | निर्जल श्रेष्ठ |
| २ | विकिमिडिया कमन्स सम्बन्धी प्रस्तुतीकरण | १५ मिनेट | बिजय चौरसिया |
| ३ | अन्य विकि परियोजना सम्बन्धी प्रस्तुतीकरण | १५ मिनेट | जनक भट्ट |
| ४ | प्रश्न उत्तर तथा छलफल | १० मिनेट |
छलफल तथा टिप्पणी[सम्पादन गर्ने]
- विकिपिडिया सम्बन्धी जानकारी गराउने उद्देश्यले यस अफलाइन कार्यक्रमको सफलताको शुभकामना !!--
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:०३, २५ डिसेम्बर २०१६ (युटिसी(UTC)) - कार्यक्रमको सफलताको शुभकामना सहित
समर्थन
--
आर॰पी॰ जोशी वार्ता १८:५९, २५ डिसेम्बर २०१६ (युटिसी(UTC)) - कार्यक्रमको सफलताको शुभकामना सहित
समर्थन
--
Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ०१:१८, २६ डिसेम्बर २०१६ (युटिसी(UTC)) - कार्यक्रमको सफलताको शुभकामना सहित
समर्थन
—JuniorX2 ChatHello! ०१:४४, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))
समर्थन
--Ganesh Paudel (कुरा गर्ने) ०८:३५, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))- कार्यक्रमका लागि धेरै धेरै शुभकामना ... :) लर्नरktm ११:५४, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))
- यस कार्यक्रम सफलता पूर्वक सम्पन्न होस् मेरो शुभकामना सथै धन्यवाद पनि सन्दिप अधिकारी (कुरा गर्ने) ०८:३८, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
समर्थन - Nabin K. Sapkota (कुरा गर्ने) १४:४२, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
विकिपिडिया सम्बन्धी छलफल[सम्पादन गर्ने]
सम्पादक साथीहरू,
हामी यस नेपाली विकिपिडिया समुदायमा आफ्नो आफ्नो तबरबाट विभिन्न स्थानहरू देखि एउटै उद्देश्य लिएर नेपाली विकिपिडियालाई माया गर्दै आफ्नो योगदान गर्दै आइ रहेका छौं । यस समुदायलाई कसरी अगाडी बढाउने तथा नेपालमा बोलिने अन्य भाषाहरू समुदायहरूसँग पनि समन्वयात्मक तबरबाट भविष्यमा कसरी अगाडि बढ्ने सम्बन्धमा छलफल गर्नु आवश्यक देख्दछु । तसर्थ यस सम्बन्धमा सबै सम्पादक साथीहरू एकै स्थानमा भेला भई (काठमाडौं बाहिरका सम्पादक साथी अनलाईनबाट समेत छलफलमा सहभागी हुने गरि) छलफलको लागी कार्यक्रम गर्नको लागी प्रस्ताव गर्दछु ।
कुरा गर्ने ०३:०७, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
छलफल तथा टिप्पणी[सम्पादन गर्ने]
समर्थन अनलाईनबाट छलफलमा सहभागी हुनेछु । ☆★राजा उप्रेती (✉✉) ०५:२६, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))
समर्थन :) लर्नरktm ११:४७, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))- मेरो पूरा
समर्थन छ । साथै म अनलाइन बाट सहभागिता जनाउनेछु । -
Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) १४:४०, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC)) - म छलफलमा अवश्य सहभागी हुने छु । — तुल्सी भगत (वार्तालाप) १६:००, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))
-
मेरो
समर्थन छ । अनलाइन छलफलमा सहभागी रहने छु । --
आर॰पी॰ जोशी वार्ता ०५:३०, १ जनवरी २०१७ (युटिसी(UTC))
समर्थन सबै सम्पादक साथीहरू एकै स्थानमा भेलाभइ छलफल गर्दा देशभरी छरिएर रहेका सम्पूर्ण सम्पादक साथीहरू बिच परिचय हुने र आफ्ना अनुभव ज्ञान एक आपसमा साटासाट गर्न पाइने देखिन्छ । सबै भन्दा महत्वपूर्ण कुरा नेपालमा बोलिने अन्य भाषाका समुदायहरूसँग समन्वय गरि अगाडि बढ्न ठुलो मदत पुग्ने छ । त्यसैले सम्पूर्ण सम्पादक साथीहरू सम्भव भएसम्म एकै स्थानमा भेलाभई, सम्भव नभए अनलाईनबाट समेत छलफलमा सहभागी हुने व्यवस्था गर्नु पर्ने देखिन्छ । हामीले आ-आफ्नो ठाउँबाट यस कार्यक्रमको लागि सहयोग गरौ ।--Janak Bhatta (कुरा गर्ने) १०:५८, १ जनवरी २०१७ (युटिसी(UTC))
समर्थन --Ganesh Paudel (कुरा गर्ने) ०७:३९, ४ जनवरी २०१७ (युटिसी(UTC))
स्थान तथा मिति[सम्पादन गर्ने]
माथि सम्पादकहरूको मतदानका आधारमा उक्त कार्यक्रमको स्थान तथा मिती प्रस्ताव गर्नको लागि आव्हान गर्दछ । कृपया प्रस्ताव गर्दा बढीमा तीन वटा विकल्प राख्न तथा सम्पादक साथीहरूलाई उक्त प्रस्तावमा मतदान राख्नको लागी अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) १५:२३, १३ जनवरी २०१७ (युटिसी(UTC))
प्रस्ताव नम्बर १[सम्पादन गर्ने]
मितिः २०७३ फाल्गुण १४ गते
स्थानः मसाला कटेज, नयाँ वानेश्वर, काठमाडौं
प्रस्तावकः Nirjal stha (कुरा गर्ने) १५:२३, १३ जनवरी २०१७ (युटिसी(UTC))
प्रस्ताव नम्बर २[सम्पादन गर्ने]
प्रस्ताव नम्बर ३[सम्पादन गर्ने]
विकिपिडिया Outreach Program सम्बन्धमा[सम्पादन गर्ने]
नेपालमा बोलिने बिभिन्न भाषाहरूमा विकिपिडिया निर्माण भइरहेका छन् । यिनै मध्ये डोटेली विकिपिडिया पनि एक हो, जुन अहिले परिपक्व हुने अवस्थामा पुगिसकेको छ । डोटेली विकिपिडिया सम्बन्धी जानकारीको वितरण तथा डोटेली विकिपिडियामा योगदानकर्ताहरूको खोजी गर्नका निमित्त काठमाडौं विश्वविद्यालयमा अध्ययनरत डोटेली भाषी विद्यार्थी माझ विकिपिडिया सम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्वान गर्दछु ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागिताको लागी[सम्पादन गर्ने]
- Nirajan Pant (कुरा गर्ने) १६:५८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))
- Nirjal stha (कुरा गर्ने) १७:१८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))
- Janak Bhatta (कुरा गर्ने) ०५:१५, २१ फेब्रुअरी २०१७ (युटिसी(UTC))
कार्यक्रम सम्बन्धी जानकारी[सम्पादन गर्ने]
मितिः २०७३ फागुन १२ गते, बिहीबार
समयः ३ः४५ देखि ५ः००
स्थानः काठमाडौं विश्वविद्यालय
सहभागीहरू: का.वि.वि. मा अध्ययनरत विद्यार्थीहरू
कार्यक्रमको विस्तृत विवरण[सम्पादन गर्ने]
| क्र.सं. | विवरण | समय | उत्तरदायी व्यक्ति |
|---|---|---|---|
| १ | विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू सम्बन्धी जानकारी | १५ मिनेट | निर्जल श्रेष्ठ |
| २ | डोटेली विकिपिडिया तथा अन्य परियोजनाहरू | १५ मिनेट | जनक भट्ट |
| ३ | विकिपिडिया प्रयोग सम्बन्धी प्रस्तुतीकरण | १५ मिनेट | निराजन पन्त |
| ४ | प्रश्न उत्तर तथा छलफल | - | - |
छलफल तथा टिप्पणी[सम्पादन गर्ने]
- पहिलो खण्ड "विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू सम्बन्धी जानकारी" को प्रस्तुतिकरण गर्न म इच्छुक तथा तयार छु । Nirjal stha (कुरा गर्ने) १४:४३, २१ फेब्रुअरी २०१७ (युटिसी(UTC))
- धन्यवाद निर्जल जी! --Nirajan pant (कुरा गर्ने) ०२:१३, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
कार्यक्रम व्यवस्थापन सम्बन्धी छलफलहरू- Etherpad: Outreach Program in Kathmandu University
कार्यक्रमको प्रतिवेदनः
पुरानो अनुदान (Grant) टुङ्ग्याउने सम्बन्धमा[सम्पादन गर्ने]
आदरणीय मित्रहरू, हामीले सन् २०१३ अगस्तमा विकिमिडीया फाउन्डेसन बाट लिएको ग्रान्ट Wikipedia Expansion Program in Nepal का प्रायजसो सबै कार्यक्रमहरू सम्पन्न भै केही रकम खर्च हुन बाँकी रहेको व्यहोरा सबैमा जानकारी गराउँदछु। त्यो रकम त्यस बेलाका हामी ३ ग्रान्टीहरू म (गणेश पौडेल) सरोज ढकाल र हेमपाल श्रेष्ठको नाममा संयुक्त खाता खोली जम्मा गरेर त्यसैबाट खर्च गरिएको थियो। बाँकी रकम पनि त्यही बैक एकाउन्टमा रहेको छ। बाँकी रकम फिर्ता गरेर यो ग्रान्ट नटुङ्ग्याए नयाँ ग्रान्ट लिन मिल्दैन तर नेपालबाट बिदेशमा पैसा पठाउन पनि पाइँदैन। तर यो ग्रान्टलाई सकेसम्म चाँडो अन्त्य गर्नुपर्ने छ। कसरी गर्न सकिन्छ भनेर कुनै प्रस्ताव भएमा चौतारीमा लेखिदिनुहुन अनुरोध गर्दछु। ग्रान्टीहरूको तर्फबाट --Ganesh Paudel (कुरा गर्ने) ०८:२८, १२ अप्रिल २०१७ (युटिसी(UTC))
- यसलाई अन्य कार्यक्रमहरूमा प्रयोग गर्न सकियो भने उत्तम हुने थियो । Nirjal stha (कुरा गर्ने) ११:२२, ३० अप्रिल २०१७ (युटिसी(UTC))
- सन् २०१३ अगस्तमा विकिमिडीया फाउन्डेसनबाट लिएको ग्रान्ट बिभिन्न कार्यक्रममा खर्च भइ बाँकी के कति रहेको छ ? सो बाँकी रकमको बारेमा छलफल चलाई निम्न कुनै कार्यक्रमहरुमा खर्च गरे उत्तम हुने थियो ।
- विकिमिडियन्सहरूको राष्ट्रिय सम्मेलन
- विकिपिडिया शिक्षा कार्यक्रम
- इन्कुबेसनमा रहेका उदीयमान् भाषाहरूको लागि कार्यक्रम
- नेपालमा बोलीले विभिन्न भाषाहरु सम्बन्धि कार्य गर्ने संस्थाहरु संग सहकार्य गरि कार्यक्रम
- सरकारी निकाय संग सहकार्य गरि हाम्रा विभिन्न सम्पदाहरुको संरक्षणको लागि कार्यक्रम(Heritage Edit-a-thon) आदि । --Janak Bhatta (कुरा गर्ने) ११:२२, ९ मे २०१७ (युटिसी(UTC))
- पुराना योजनाहरु कुनै अधुरा छन् भने पूरा गर्ने कि ? -- Punya
- हालै डोटेली विकिपिडियाले पूर्णता पाएको अवस्थामा उक्त विकिपिडियाको सक्रिय प्रयोगकर्ता बढाउने तथा जानकारी दिने उद्देश्य सहित outreach कार्यक्रम गर्नु उत्तम हुन्छ कि?Nirjal stha (कुरा गर्ने) ०४:०७, ११ मे २०१७ (युटिसी(UTC))
- पुराना योजनाहरु कुनै अधुरा छन् भने पूरा गर्ने कि ? -- Punya
विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७ छलफल तथा बैठक सम्बन्धमा[सम्पादन गर्ने]
विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७ तथा निर्माणको दोस्रो चरण अन्तर्गत आन्दोलन रणनीति छलफलमा निम्नलिखित ३ विषयमाथि चर्चा गर्नका लागि राजविराजमा एउटा कार्यक्रम प्रस्ताव गरेको छु । यस कार्यक्रममा विश्वव्यापी विकिमिडिया आन्दोलन रणनीति २०१७ तथा यसको निर्माण बिषयमा चर्चा गरिनुका साथै नेपाली विकिपिडियालाई स्तरीय बनाउन के-कस्ता किसिमका सुधार कार्यक्रमको आयोजना गर्न सकिन्छ माथि छलफल गरिनेछ । कृपया यस कार्यक्रममा सहभागी भई विकिमिडिया आन्दोलन रणनीति २०१७ चर्चा तथा निर्माणको दोस्रो चरणमा योगदान गर्नुहोस् । धन्यवाद !
विकिमिडिया आन्दोलन रणनीति २०१७ मा चर्चा गरिने विषयहरू[सम्पादन गर्ने]
- स्वस्थय र सबैलाई मिलाएर अगाडी बढ्ने एक समुदाय
- ज्ञानको सबैभन्दा सम्मानित स्रोत
- ज्ञान पारिस्थितिक प्रणालीमा जोडिनु
नेपाली विकिपिडियालाई स्तरीय बनाउन चर्चा गरिने विषयहरू[सम्पादन गर्ने]
- घट्दो सक्रिय प्रयोगकर्ता
- लेखको स्तरीयता बढाउन
- आगामी कार्यक्रमहरू सम्बन्धमा
- समय र स्थान- निर्धारण गर्न बाँकी
समर्थन[सम्पादन गर्ने]
- प्रस्तावकको रुपमा
समर्थन--
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:४२, २० जुन २०१७ (युटिसी(UTC))
समर्थन -सरोज(Saroj) (कुरा गर्ने) ०६:१४, २० जुन २०१७ (युटिसी(UTC))
समर्थन Zeetendra (कुरा गर्ने) ०६:४९, २० जुन २०१७ (युटिसी(UTC))
समर्थन-Janak Bhatta (कुरा गर्ने) १०:५८, २० जुन २०१७ (युटिसी(UTC))
समर्थन-Nirjal stha (कुरा गर्ने) ०७:२१, २१ जुन २०१७ (युटिसी(UTC))
छलफल[सम्पादन गर्ने]
निम्न बुदाहरुमा ध्यान दिएर अघाडी बढे राम्रो होला:
- नेपाल भित्र छरिएर रहेका (सकिन्छ भने देश बाहिर रहेका पनि) विकिपिडियनहरुलाई एकै थलोमा सहभागी गराउन सके ।
- सरकारी निकायहरु संग सहकार्य गरि कार्यक्रम गर्ने ।
- नेपालमा बोलीले विभिन्न भाषा सम्बन्धि कार्य गर्ने संस्थाहरु तथा बिज्ञ व्यक्तिहरुलाइ कार्यक्रममा सहभागी गर्ने ।
- इन्कुबेसनमा रहेका उदीयमान् भाषाहरूको लागि निश्चित खाका सहितको कार्यक्रम प्रस्तुत गर्ने । --Janak Bhatta (कुरा गर्ने) १०:५८, २० जुन २०१७ (युटिसी(UTC))
- @Janak Bhatta: ज्यू - सम्पूर्ण विकिमिडियन्सहरूको सहयोगको अपेक्षा सहित, यस कार्यक्रममा माथि तपाईद्वारा उल्लेखित बुँदाहरूमा समेत छलफल गरेर सो बाट प्राप्त निष्कर्ष आफ्नो प्रतिवेदनमा उल्लेख गर्नेछु । धन्यवाद--
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१४, २२ जुन २०१७ (युटिसी(UTC))
समय र स्थान[सम्पादन गर्ने]
- स्थान: होटल स्टार, राजविराज
- समय: बेलुका ५:०० बजे
विकिमेनिया सहभागिता बारेमा[सम्पादन गर्ने]
सन् २०१७ को विकिमेनिया क्यानडाको मन्टरियलमा सम्पन्न भयो। अगस्टको ९ देखि १४ तारिखसम्म चलेको उक्त विश्व सम्मेलनमा विश्वभरका विकिपिडियनहरू सहभागी थिए। नेपाली भाषाको विकिपिडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मेलनमा मैले भाग लिने मौका पाएको थिएँ। बिगतका बर्षहरूमा जस्तै यो सम्मेलन पनि अत्यन्तै उपलब्धि मुलक रह्यो। त्यहि सम्मेलनमा आफूले सिकेका नयाँ कुराहरू सबैलाई साझेदारी गर्न मैले यो पृष्ठ तयार पारेको छु। बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोला।
विकिपिडिया Outreach Program सम्बन्धमा[सम्पादन गर्ने]
सेवानिवृत तथा अनुभवी नागरिकहरु(Retired and veteran citizens) लाइ लक्षित गरेर विकिपिडिया सम्बन्धि जानकारी दिने र उहाँहरु को अनुभवलाइ विकिपिडियामा समाहित गर्न आवश्यक पहल गर्न का लागी कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्वान गर्दछु ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागिताको लागी[सम्पादन गर्ने]
- Janak Bhatta (कुरा गर्ने) १५:४५, २४ अक्टोबर २०१७ (युटिसी(UTC))
- Nirjal stha (कुरा गर्ने) ०४:२८, २५ अक्टोबर २०१७ (युटिसी(UTC))
- Nirajan pant (कुरा गर्ने) १५:१०, २७ अक्टोबर २०१७ (युटिसी(UTC))
कार्यक्रम सम्बन्धी जानकारी[सम्पादन गर्ने]
मितिः २०७४ कार्तिक १५ गते, बुधबार
समयः १२:१५ देखि २:१५
स्थानः नेपाल टेलिकम, तालिमकेन्द्र बबरमहल, काठमाडौँ
सहभागीहरू: सेवानिवृत तथा अनुभवी नागरिकहरु(Retired and veteran citizens)
कार्यक्रमको विस्तृत विवरण[सम्पादन गर्ने]
| क्र.सं. | विवरण | समय | उत्तरदायी व्यक्ति |
|---|---|---|---|
| १ | विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू सम्बन्धी जानकारी | ३० मिनेट | |
| २ | विकिपिडिया तथा अन्य परियोजनाहरू | ३० मिनेट | |
| ३ | विकिपिडिया प्रयोग सम्बन्धी प्रस्तुतीकरण | ३० मिनेट | |
| ४ | प्रश्न उत्तर तथा छलफल | ३० मिनेट |
छलफल तथा टिप्पणी[सम्पादन गर्ने]
प्रसंशायोग्य कदम तथा विकिपिडियामा नयाँ आयाम थप गर्न सक्ने कार्यक्रम रहेकोले मेरो पूर्ण समर्थन तथा सहयोग हुनेछ । विकिपिडियाका अघिल्ला outreach कार्यक्रमहरू सधै युवापुस्ताहरूमा केन्द्रित भएर हुने गर्दथ्यो भने यो कार्यक्रमले अनुभवन, ज्ञान तथा प्रयाप्त खाली समय भएका अवकाश प्राप्त व्यक्तिहरूमा केन्द्रित रहेको हुँनाले यसले विकिपिडियामा नयाँ आयाम थप गर्ने तथा स्तरोन्नतीमा सहयोग गर्ने आशा लिएको छ । Nirjal stha (कुरा गर्ने) ०४:३३, २५ अक्टोबर २०१७ (युटिसी(UTC))
विकिडाटा डाटाथन सम्बन्धमा[सम्पादन गर्ने]
आदरणीय विकिपिडियन मित्रहरु, विकिमिडियन्स अफ नेपाल, विकिमिडिया प्रयोगकर्ता समुहले माइ सोसायटी (mySociety -a nonprofit organization based on London) को सहयोग र ओपन नलेज नेपाल ( OKN) सँगको सहकार्यमा GLOW ( Global Legislative Openness Week) अन्तर्गत नेपालका सांसदहरूको तथ्याङ्क जानकारी विकिडेटामा राख्ने र यसलाई सर्वसुलभ बनाउने उदेश्य अनुरूप कार्यक्रम गर्न लागेको जानकारी गराउन चाहन्छौँ । यस कार्यक्रम निम्म स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरुको उपस्थिती र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।
कार्यक्रममा अनलाईन अथवा अनसाइट सहभागिता जनाउनको लागि कृपया यस फारम भर्न हार्दिक अनुरोध गर्दछौ । धन्यवाद
कार्यक्रमको विस्तृत विवरण[सम्पादन गर्ने]
- कार्यक्रम मिति : ३० नोभेम्बर, २०१७
- कार्यक्रम सुरु हुने समय: बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म
- कार्यक्रम स्थल: नेपाल कनेक्सन, ठमेल, काठमाडौ
विकिपिडिया शिक्षा टिमको नेपाल भ्रमण[सम्पादन गर्ने]
विकिपिडिया शिक्षा टिम व्यवस्थापिका निकोल साद यही डिसेम्बर पहिलो साता नेपाल आउँदै हुनुहुन्छ।डिसेम्बर ४ बेलुका ५ बजे विकिपिडियनहरूसँग भेट्ने कार्यक्रम रहेको र डिसेम्बर ५ को दिन विकिपिडिया शिक्षा सम्बन्धी तालिम दिनुहुने भएकोले इच्छुक विकिमिडियन र विकिपिडियनहरूले यस फारम भरेर आफ्नो इच्छा र उपलब्धता खुलाउनुहोला। यस फारम भर्नुहुने र इच्छुक विकिपिडियन/विकिमिडियनलाई कार्यक्रमको बारेमा विस्तृत जानकारी पठाइने छ। --सरोज(Saroj) (कुरा गर्ने) १२:४२, २८ नोभेम्बर २०१७ (युटिसी(UTC))
विकिपिडिया Outreach Program सम्बन्धमा[सम्पादन गर्ने]
आदरणीय विकिपिडियन मित्रहरू "सगरमाथा इन्जिनियरिङ्ग कलेज"को योजनामा आयोजना हुन गहिरहेको कार्यक्रम सगरमाथा जब फेयरमा आउने भ्रमणकर्ताहरुलाई विकिपिडिया सम्बन्धि जानकारी दिने लक्ष्यले विकिमिडियान्स अफ नेपाललाई स्टल प्रदान भएकोले कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्वान गर्दछु । --Nabin K. Sapkota (कुरा गर्ने) ०६:५८, १६ नोभेम्बर २०१८ (युटिसी(UTC))
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागिताको लागी[सम्पादन गर्ने]
- --
- --
- --Nirajan pant (कुरा गर्ने) १६:२०, १६ नोभेम्बर २०१८ (युटिसी(UTC))
कार्यक्रम सम्बन्धी जानकारी[सम्पादन गर्ने]
मितिः २०७५ मंसिर १ गते, शनिबार
समयः १०:०० देखि ३:००
स्थानः सगरमाथा इन्जिनियरिङ्ग कलेज, सानेपा, ललितपुर
सहभागीहरू: कम्प्युटर तथा सिभिल इन्जिनियरिङ्ग विषयका बिद्यार्थीहरू
छलफल तथा टिप्पणी[सम्पादन गर्ने]
- आकस्मिक रूपमा कार्यक्रमको सूचना आएको छ जसकारण समय व्यवस्थापनमा कठिनाई हुन सक्दछ। तथापि कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको लागि उपस्थित हुन सकेसम्म प्रयास गर्नेछु।--Nirajan pant (कुरा गर्ने) १६:२३, १६ नोभेम्बर २०१८ (युटिसी(UTC))
विकिडेटा डेटाथन कार्यक्रम[सम्पादन गर्ने]
यस वर्षको किस्ट फेयर कार्यक्रममा पनि पोहोरको जस्तै डेटाथन प्रतियोगिता सञ्चालन गर्नको लागि निमन्त्रणा प्राप्त भएको हुँदा इच्छुक सम्पूर्ण विकिडेटा योगदानकर्ताहरूलाई आह्वान गर्न चाहन्छु।
समय : बिहानको १० बजे बाट दिउसो २ बजेसम्म मिति : २०७५ मङ्सिर २२ गते स्थान : किस्ट कलेज,कमलपोखरी काठमाडौँ --सरोज(Saroj) (कुरा गर्ने) २१:१८, ६ डिसेम्बर २०१८ (युटिसी(UTC))
सहभागी[सम्पादन गर्ने]
- सरोज(Saroj) (कुरा गर्ने)
- Nabin K. Sapkota (कुरा गर्ने) ०२:३६, ८ डिसेम्बर २०१८ (युटिसी(UTC))