सामग्रीमा जानुहोस्

विकिपिडिया:नारीवाद र लोककथा २०२६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नारीवाद र लोककथाको लोगो

नारीवाद र लोककथा विकिपिडियामा वार्षिक रूपमा आयोजना हुने एक अन्तर्राष्ट्रिय लेखन प्रतियोगिता हो, जसको उद्देश्य लोकसंस्कृति तथा लोककथामा महिलाहरूको योगदान, भूमिका र सहभागितालाई दस्तावेजीकरण तथा अभिलेखीकरण गर्नु हो।

प्रतियोगिताको आधारभूत उद्देश्य विश्वव्यापी मुक्त विश्वकोश विकिपिडियामा मानव सांस्कृतिक विविधता सम्बन्धी लेखहरू सङ्कलन गर्नु हो। यस वर्ष विकी लभ्स फोकलोर को फराकिलो विषयवस्तु भित्र नारीवाद, महिलाका जीवनी तथा लिङ्ग–केन्द्रित विषयहरूलाई विशेष रूपमा प्राथमिकता दिइएको छ।

भाग लिन तयार हुनुहुन्छ?

📅 समय

१ फेब्रुअरी २०२६ ००:०१ युटिसी – ३१ मार्च २०२६ ११:५९ युटिसी

विषयवस्तुहरू

तपाईं हाम्रो कार्यसूचीबाट लेख छनोट गर्न वा मुख्य विषयसँग सम्बन्धित आफ्नो विषय स्वतन्त्र रूपमा छान्न सक्नुहुन्छ।

लोककथा

सहभागीहरूलाई विश्वभरका विभिन्न लोककथा विषयहरूको अन्वेषण गर्न प्रोत्साहित गरिन्छ। यसका दायरामा समावेश छन्, तर सीमित छैन:

  • लोक पर्व र नृत्यहरू
  • सङ्गीत र खेलहरू
  • भोजन र परम्परागत पोशाक
  • परी कथाहरू, नाटकहरू, कला
  • धर्म र पौराणिक कथा

लोककथामा महिलाहरू

यो विषयवस्तुले लोकसंस्कृतिमा महिलाहरू र क्वयेर व्यक्तिहरूका प्रायः बेवास्ता गरिएका योगदानहरूलाई उजागर गर्दछ। यसमा समावेश छन्:

  • लोक कलाकार, नर्तक, गायक
  • महिला योद्धा र बोक्सीहरू
  • लोककथामा लिङ्गीय भूमिका
  • पौराणिक कथामा महिलाहरू

नियम र निर्देशिकाहरू

  • ✅ विस्तारित वा नयाँ लेख कम्तिमा ३००० बाइट र/वा ३०० शब्दको हुनुपर्छ।
  • ✅ लेख खराब यान्त्रिक अनुवादित हुनुहुँदैन।
  • ✅ लेख १ फेब्रुअरीदेखि ३१ मार्चसम्म सिर्जना वा विस्तार गरिएको हुनुपर्छ।
  • ✅ लेख नारीवाद वा लोककथासँग सम्बन्धित हुनुपर्छ।
  • ✅ लेख अनाथ हुनुहुँदैन।
  • प्रतिलिपि अधिकार उल्लङ्घन हुनुहुँदैन; लेखमा उचित सन्दर्भहरू समावेश हुनुपर्छ।

पुरस्कारहरू

🌍 अन्तर्राष्ट्रिय पुरस्कारहरू

  • 🥇 पहिलो पुरस्कार: ३०० अमेरिकी डलर
  • 🥈 दोस्रो पुरस्कार: २०० अमेरिकी डलर
  • 🥉 तेस्रो पुरस्कार: १०० अमेरिकी डलर
  • 🏅 सान्त्वना पुरस्कार (शीर्ष १०): प्रति व्यक्ति ५० अमेरिकी डलर

📍 स्थानीय पुरस्कारहरू

  • पहिलो पुरस्कार: २५ अमेरिकी डलर
  • दोस्रो पुरस्कार: २० अमेरिकी डलर
  • उत्कृष्ट निर्णायक लेख: १५ अमेरिकी डलर

आयोजकहरू

निर्णायक सदस्यहरू

सहभागीहरू

प्रतियोगितामा सहभागी हुन # ~~~~ प्रयोग गरी तलको सूचीको अन्त्यमा आफ्नो हस्ताक्षर थप्नुहोस्।

  1. पर्वत सुवेदी (कुरा गर्नुहोस्) २२:३०, ३० जनवरी २०२६ (नेपाली समय)[जवाफ दिनुहोस्]
  2. हिमाल सुवेदी कुरा गर्ने २३:०४, ३० जनवरी २०२६ (नेपाली समय)[जवाफ दिनुहोस्]
  3. Nabin K. Sapkota (कुरा गर्नुहोस्) २३:४५, ३१ जनवरी २०२६ (नेपाली समय)[जवाफ दिनुहोस्]

उपयोगी कडीहरू