विकिपिडिया:पोर्टल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के हो पोर्टल[सम्पादन गर्नुहोस्]

पोर्टलको मुख्य उद्देश्य भनेको पाठकहरू वा सम्पादकहरूलाई मुख्य पृष्ठ को माध्यमबाट विकिपिडिया विषयको खोजी गर्न मद्दत गर्नु हो । सारांसमा, विकिपिडिया सामग्रीमा पोर्टलहरूले उपयोगी साबित हुन्छन् । पोर्टल पोलिश र जर्मन विकिपिडियाबाट उत्पन्न भएका हुन् । २००५ को प्रारम्भमा, यस अवधारणालाई अंग्रेजी विकिपिडियामा आयात गरिएको थियो र पहिलो विकिपोर्टल स्थापना भएको थियो । त्यस वर्ष पछि, पोर्टलहरूका लागि एक विशेष नामस्थान (पोर्टल:) सिर्जना गरिएको थियो ।

पोर्टल विकिपिडियाका पञ्च स्तम्भमा अाधारित छ र तिनीहरूले विकिपिडियाको मुख्य सामग्री नीति तथा दिशानिर्देशहरू (तटस्थ दृष्टिकोण, मूलअनुसन्धान, सत्यता, इत्यादि) को पालना गर्नुपर्दछ ।

हाल, यो विकिपिडिया, नेपाली विकिपिडियामा, ७ पोर्टलहरू बनाइएका छन् जस मध्ये ० प्रमुख पोर्टलहरू रहेका छन् ।

पोर्टल कसरी खोज्ने[सम्पादन गर्नुहोस्]

सबै पोर्टल पोर्टल निर्देशिकामा सूचीबद्ध हुनुपर्छ । जसले उनीहरू निर्माण गरिएका मितिहरूको विवरण पेश गर्दछ र तपाई एक सम्बन्धित पोर्टल खोज्न सक्नुहुनेछ । यदि तपाईले पोर्टल सिर्जना गर्नुभयो भने, तपाईले अवश्य यहाँ पोर्टल:सामग्रीहरू/पोर्टलहरूमा सूचीबद्ध गर्नुपर्छ ।

तपाई खोज्नुहोस् पनि प्रयोग गर्न सक्नुहुनेछ अथवा पोर्टलहरू पत्ता लगाउन तपाईले तल दिइएको पोर्टल नामस्थान खोज्नुहोस् बाकसको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

पोर्टल लिङ्क कसरी थप्ने[सम्पादन गर्नुहोस्]

यो ढाँचा, लेखहरूमा यो पनि हेर्नुहोस् खण्डको तल राखिएको हुन्छ । यदि यो पनि हेर्नुहोस् खण्ड छैनभने बाह्य लिङ्कहरू खण्डको तल राख्न सकिन्छ । बाह्य लिङ्कहरू खण्ड पनि बभएमा ढाँचा लेखको पाठको तल जुन सबैभन्दा उपयुक्त स्थानमा राख्न सकिनेछ ।

खण्डको शीर्षमा लिङ्क प्रविष्ट गर्नाले यसलाई शीर्ष दाँयामा बस्ने अनुमति दिन्छ । {{पोर्टल|<पोर्टलको नाम>}} टाइप गरेर पोर्टल लिङ्क थप्न सकिन्छ । उदाहरणका लागि, {{portal|नेपाल}} । यदि नियमित {{Portal}} पोर्टलसँग समस्या छ भने, {{Clear}} को प्रयोग गर्नुहोस् । अथवा {{Portal bar}} (उदाहरण तल देखाइएको छ), {{Portal-inline}}, वा एक आइकन-रहित पाठ लिङ्क *[[पोर्टल:प्रविधि|प्रविधि पोर्टल]],

तपाई पोर्टल ढाँचा {{Portal}} लाई अगाडीको ":" द्वारा बायाँतिर फ्लोट गर्न सक्नुहुन्छ ।

पोर्टल सिर्जना कसरी गर्ने[सम्पादन गर्नुहोस्]

पोर्टलहरूको लागि कुनै एक मात्र मान्य डिजाइन छैन, तर सबैभन्दा धेरै प्रयोग गरिएको लेआउट "बक्स पोर्टल" हो । यस डिजाइनको प्रयोगलाई सिफारिस गरिएको छ जुन सजिलै सिर्जना र मर्मत गर्न सकिन्छ । पोर्टल डिजाइनमा थप विचारहरूको लागि, अवस्थित पोर्टलहरूको खोजी गर्नुहोस् । एक नयाँ पोर्टल कसरी स्थापित गर्ने बुझ्नका लागि क्रमशः चरण-चरण निर्देशनहरूको लागि, निर्देशन पृष्ठलाई अध्ययन गर्नुहोस् । विकिपरियोजनाको विपरीत, पोर्टलहरू लेख मर्मत विभागको लागि नभइ मात्र विश्वकोशीय विषयहरूको लागि बनाइन्छ ।

तपाईले एक पोर्टल सिर्जना गरे पछि, कृपया ढाँचा {{पोर्टलहरूको संख्या}} अद्यावधिक गर्नुहोला ।

राम्रो पोर्टल कसरी बनाउने[सम्पादन गर्नुहोस्]

प्राय: पोर्टलहरूमा निम्न विषयहरू हुन्छन्:

  • एक चयन गरिएको लेख र/वा एक तस्बिर;
  • मुख्य श्रेणीको विषय र सम्भावित उपश्रेणीहरूको लिङ्कहरू;
  • विषयको बारेमा सामान्य जानकारी, वा यसको अतिरिक्त लिङ्कहरू;
  • अन्य पोर्टल र सम्पादकहरूको लागि लिङ्कहरू (ढाँचाहरूको प्रयोग) गरी;
  • विकिपरियोजना सँग सम्बन्धित विकिमीडिया भातृ योजनाका लिङ्कहरू एक पोर्टलमा थप्न ढाँचा ({{Sister project links}} को प्रयोग गर्न सकिन्छ);
  • विशिष्ट लेख वा कार्यहरूको लिङ्कहरू;
  • हप्ता, महिनाको सहयोग आदि ।

तपाई उचित लेखसँग सम्बन्धित श्रेणीहरू थप्न चाहानुहुन्छ भने यदि यो पहिले नै सम्पन्न नगरिएको खण्डमा (वा यसलाई पोर्टलको "गर्नुपर्ने सूची" मा सूचीबद्ध गर्नुहोस् ताकि सम्पादकहरूले मद्दत गर्न सक्दछन् ) ।

पोर्टल श्रेणीकरण कसरी गर्ने[सम्पादन गर्नुहोस्]

  • साधारण पोर्टलको लागि, केवल पोर्टल पेजको तल्लो खण्डमा श्रेणी:पोर्टलहरू को एक विशेष उपश्रेणी थप्नुहोस् ।
  • एक जटिल, बहु-पृष्ठ पोर्टलको लागी एक पोर्टल श्रेणी आवश्यक हुन्छ ।
  • पोर्टल श्रेणीहरूलाई सामान्यतया [[श्रेणी:विषय पोर्टल]] को नाम दिइएको हुन्छ जहाँ पोर्टलले आफ्नै नाम [[पोर्टल:विषय]] को उपयोग गरेको हुन्छ ।
  • पोर्टल श्रेणीहरूलाई, श्रेणी:पोर्टलहरू विभाग अन्तर्गतको उपश्रेणीहरूमा वर्गीकृत गरिन्छन् ।

कसरी संलग्न हुने[सम्पादन गर्नुहोस्]

विकिपिडियामा जस्तै, पोर्टल पनि सबैले सम्पादन गर्न सक्नेछन् । तथापि, अरूको स्थापित कार्यको सन्दर्भमा उचित सम्मान दिनु महत्त्वपूर्ण छ । व्यक्तिगत पोर्टलहरू मर्मत गरिराख्ने सम्पादकहरू सधैं आवश्यक हुन्छन् । यदि तपाई एक विशेष पोर्टलमा भाग लिन चाहानुहुन्छ भने, पोर्टलको निर्देशिकामा आफैंलाई नामाङ्कन कर्ताको सूचीमा थप्नुहोस्, त्यसपछि कार्यभार समाल्नुहोस् – धन्यवाद !

श्रेणी:निर्माणाधीन पोर्टलहरूश्रेणी:ध्यान दिन आवश्यक पोर्टलहरू श्रेणी अन्तर्गतका सूचीबद्ध पोर्टलहरूलाई तत्काल ध्यान दिनु आवश्यक हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]