विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/Saroj
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
Saroj (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- २२ नोभेम्बर २०२५ १०:१० युटिसी भन्दा पूर्व नसकिने
म, सरोज उप्रेती, नेपाली विकिपिडियामा पुनः प्रबन्धक अधिकारको लागि निवेदन दिन चाहन्छु। विगतमा म लगभग डेढ वर्षसम्म प्रबन्धकको रूपमा कार्यरत रही, लेख मेटाउने, पृष्ठ संरक्षण गर्ने, सम्पादन नियन्त्रण गर्ने तथा प्राविधिक सुधारसँग सम्बन्धित विभिन्न कार्यहरूमा सक्रिय रूपमा संलग्न रहिसकेको अनुभव छ। (मेरो अघिल्लो प्रबन्धक अधिकारको निवेदन हेर्नुहोस्: २०२१ को निवेदन)।
समय र परिस्थितिका कारण केही समय निष्क्रिय रहनु परेको भए पनि, हाल पुनः सक्रिय भई विकिपिडियाको गुणस्तर, सुव्यवस्था र समुदायिक सहयोगमा निरन्तर योगदान गर्न चाहन्छु।
भविष्यमा म विशेषतः निम्न क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न चाहन्छु —
- नयाँ प्रयोगकर्ताहरूलाई सहयोग र मार्गदर्शन प्रदान गर्ने,
- मेटाउनुपर्ने वा सुधार गर्नुपर्ने पृष्ठहरूको व्यवस्थापन गर्ने,
- लेखहरूको सामग्रीगत र प्राविधिक सुधारमा सहयोग पुर्याउने,
- र विकिपिडियाको दुरुपयोग नियन्त्रण तथा सुरक्षासम्बन्धी कार्यहरूमा सहभागिता जनाउने।
यीमध्ये केही कार्यहरू सामान्य प्रयोगकर्ताको रूपमा पनि गर्न सकिन्छ, तर प्रबन्धक उपकरणहरूको सहयोगले ती कामहरू अझ प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने विश्वास लिएको छु।
म यो जिम्मेवारीलाई गम्भीर रूपमा ग्रहण गर्दै, समुदायको विश्वास र सहकार्यका साथ इमानदारीपूर्वक प्रबन्धकीय कार्यहरू सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। धन्यवाद। — Saroj (कुरा गर्नुहोस्) १५:५५, १५ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
- पूर्ण
समर्थन, उहाँ एक विस्वासीलो, सक्रिय प्रयोगकर्ता हुनुका साथ पूर्व प्रबन्धक पनि हुनुहुन्छ र विकीमा रहेका विभिन्न समस्याहरू हल गर्न सक्षम हुनुहुन्छ। त्यसैले उहाँलाई मेरो पूर्ण समर्थन छ।-हिमाल सुवेदी कुरा गर्ने १६:४९, १५ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन nShrestha (कुरा गर्नुहोस्) ११:५८, १७ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - अनुभवी प्रयोगकर्ता भएकाले।- पर्वत सुवेदी कुरा गर्ने १३:३१, १ मङ्सिर २०८२ (नेपाली समय)
समर्थन - Nabin K. Sapkota (कुरा गर्नुहोस्) १९:२५, १७ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - माथी उल्लेखित कारणहरुले गर्दा।Nirmaljoshi (कुरा गर्नुहोस्) ०६:१६, १८ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन - Janak Bhatta (कुरा गर्नुहोस्) १०:४५, १८ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
छलफल
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।