विकिपिडिया:प्रमुख लेख
प्रमुख लेख
|
वर्तमान प्रमुख लेख
|
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३१,७६२ लेखहरू छन् जस मध्येबाट १२४ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।
यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ। |
नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो। यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली कांग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए। ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए। यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो। वि.सं. २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत्र २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली कांग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोहि दिन भएको सम्झौता अनुसार निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
|
प्रमुख सामाग्रीहरू
| |
सम्पादन |