विकिपिडिया:प्रमुख लेख
|
प्रमुख लेख
|
यस महिनाको प्रमुख लेख (जनवरी, २०१९)
|
|
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपिडियामा हाल ३१,६९५ लेखहरू छन् जस मध्येबाट ७५ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।
यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं । |
गुजराणवाला (उर्दू: گوجرانوالا) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो । यो सहर नजिकैको पञ्जाब प्रान्तको राजधानी लाहोरबाट उत्तरतर्फ रहेको छ । यो सहर पाकिस्तानको ७औँ धेरै जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानको ५औँ सबैभन्दा ठूलो सहर हो । गुजराणवाला पाकिस्तानी सहरहरू कराची र फैसलाबादपछिको तेस्रो ठूलो औद्योगिक केन्द्र हो र यस सहरले पाकिस्तानको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ५% योगदान गर्दछ । यो सहर उत्तर-पूर्वी पञ्जाब प्रान्तको ठूला सहरी केन्द्रहरूको सञ्जालमा आवद्ध छ जुन पाकिस्तानको अत्याधिक उच्च औद्योगिक क्षेत्रहरू हुन् । यस सहरको छिमेकको निर्यात केन्द्रित अर्थतन्त्र रहेको औद्योगिक सहरहरू सियालकोट र गुजरातसँग यसको सुनौलो त्रिभुज भनिने सम्बन्ध रहेको छ । (पूरा लेख...) |
|
प्रमुख सामाग्रीहरू
| |
|
सम्पादन |
|