विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/इपिल इपिल
स्वरूप
इपिल इपिल
[सम्पादन गर्नुहोस्]
इपिल इपिल काँडा नहुने बहुवर्षे कोशे डाले घाँस प्रजातिको रूख हो। यो रूख सबै छिटो बढ्ने रूखको रूपमा पनि परिचित छ। यस वृक्षलाई विश्वव्यापी रूपमा डाले घाँसको रूपमा मात्र प्रयोग नगरि काठ, दाउरा, हरियोमल, छाहारी र भू-संरक्षणको लागि पनि प्रयोग गरिन्छ भने यस वृक्षद्वारा विभिन्न औषधिहरूको पनि निर्माण भएको छ। यसको खेती नेपालको तराई देखि मध्य पहाडी क्षेत्रसम्म भएको छ। यो छिटो छिटो बढ्ने र अत्यान्त पोषिलो घाँस भएकोले लहरे रोपणको रूपमा पनि लगाइएको पाइन्छ। यसलाई प्रत्येक महिना जस्तो घाँस काट्न सकिन्छ। यो रूखको उत्पत्ति दक्षिण अमेरिकी देश मेक्सिकोबाट भएको हो। यस प्रजातिको रूखलाई मुख्यतया घरपालुवा जनावरहरूका लागि आहाराका लागि लगाइने गरिन्छ। यस प्रजातिको रूखलाई कफी उत्पादन हुने क्षेत्रहरूमा छाहारीको रूपमा पनि लगाइएको पाइन्छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
![]() ![]() |
[सम्पादन गर्नुहोस्] |