विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लभ स्टोरी (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लभ स्टोरी (टेलर स्विफ्टको गीत)[सम्पादन गर्नुहोस्]

आई हर्ट रेडियो सङ्गीत पुरस्कारमा टेलर स्विफ्ट

"लभ स्टोरी" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले रचना र प्रस्तुति गरेको एक गीत हो। उनले यो गीत नेथन च्यापम्यानसँग मिलेर निर्माण गराएकी हुन्। यस गीतलाई १२ सेप्टेम्बर २००८ मा बिग मेसिन रेकर्डसद्वारा स्विफ्टको दोस्रो एल्बम फियरलेसको पहिलो र एकल गीतको रुपमा सार्वजनिक गरेको थियो। स्विफ्टले यस गीतलाई आफ्नो प्रेम जीवन र प्रेम चाहनाको बारेमा वर्णन गर्दै लेखेकी हुन्। स्विफ्टले विलियम शेक्सपियरद्वारा लेखिएको रोमियो र जुलिएटको कथाको आधारमा यो गीत रचना गरेकी हुन् भने उक्त कथा स्विफ्टका लागि प्रेरणको स्रोत बनेको थियो। रोमियो र जुलिएटको कथाको अन्त्यमा निरासाजनक समाप्ति भएता पनि स्विफ्टले उनको गीतमा सुखमय समाप्ति गरेकी छिन्। गीतको सार विशेष गरि जुलिएटको कथाको सन्दर्भमा रहेको छ।

गीतले स्विफ्टको लेखन शैली र गीतको कथावस्तुका कारण विश्वव्यापी प्रशंसा प्राप्त गरेको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७७१, अक्षर: ३८४.५, स्पेस: ११९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: नेपाली विकिपिडियामा हाल सम्म कुनै गीतको पृष्ठ प्रमुख लेखमा आएको छैन त्यसैले मैले यस पृष्ठ पेश गरेको हुँ। यस पृष्ठमा एक गीतको बारे पुर्ण जानकारी समावेश गरिएको छ भने पृष्ठको लेखन शैली र सन्दर्भहरू सबैले बुझ्ने गरि नेपालीमा राखिएको छ। यस पृष्ठमा सबै उप भागहरूको राम्रोसँग व्याख्या गरिएको छ। यस पृष्ठले प्रमुख लेखमा आउन उपयुक्त सबै मापदण्डहरू पूरा गरेकाले यस पृष्ठ प्रमुख लेखमा ल्याउन अनुरोध गर्दछु।
२०१९ जनवरी ३०, ०४:५१:२९ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५०, १६ जनवरी २०१९ (युटिसी(UTC))
३ समर्थन र २ विरोध भएकोले तथा फेब्रुअरी महिनाको लागि अन्य लेख मनोनयनमा नभएकोले प्रमुख लेख घोषित । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:३३, ४ फेब्रुअरी २०१९ (युटिसी(UTC))
  •  असमर्थन - लेखमा श्रेणीकरणको अभाव । — तुल्सी भगत (योगदान | वार्ता) ११:५९, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever ०६:०६, १७ जनवरी २०१९ (युटिसी(UTC))