विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/२०१५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आवेदन सारांश तालिका/२०१५[सम्पादन गर्ने]

महिना     प्रमुख लेखको आवेदन      मुख्य सम्पादक  आवेदक समर्थन ↑ विरोध ↓ प्रमुख लेख समन्वय समिति
जनवरी २०१५ पशुपतिनाथ मन्दिर युकेश तथा मनिष डङ्गोल बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२८, २३ डिसेम्बर २०१४ (युटिसी(UTC))
फेब्रुअरी २०१५ आयुर्वेद Editswikifornepali Editswikifornepali मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५१, २२ जनवरी २०१५ (युटिसी(UTC))
मार्च २०१५ दार्जीलिङ भवानी गौतम निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१०, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
अप्रिल २०१५ धनकुटा जिल्ला Krish Dulal, Bhawani Gautam निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२१, ३१ मार्च २०१५ (युटिसी(UTC))
मे २०१५ चितवन राष्ट्रिय निकुञ्ज Aaniyo,बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Nirjal sign.png कुरा गर्ने ०५:२४, २४ अप्रिल २०१५ (युटिसी(UTC))
जुन २०१५ छिन्नमस्ता भगवती Prabinepali,बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०२, ३१ मे २०१५ (युटिसी(UTC))
जुलाई २०१५ कृतिखम्बा राम प्रसाद जोशी,बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:२५, ३० जुन २०१५ (युटिसी(UTC))
अगस्ट २०१५ दोलखा जिल्ला कृस दुलाल निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३४, २ अगस्त २०१५ (युटिसी(UTC))
सेप्टेम्बर २०१५ कृष्णाष्टमी Tulsi Bhagat निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४०, ३० अगस्त २०१५ (युटिसी(UTC))
अक्टोबर २०१५ मैथिली भाषा बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट ।Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०१, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
नोभेम्बर २०१५ एकदिवसीय क्रिकेट खेलमा बढी रन बनाउने खेलाडीहरूको सूची कुशल भण्डारी बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट ।Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०८, ३० अक्टोबर २०१५ (युटिसी(UTC))
डिसेम्बर २०१५ नालापानीको युद्ध तुल्सी भगत तुल्सी भगत मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट ।Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५९, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

सम्पादन

प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः २०१४ २०१५ २०१६ २०१७ २०१८ २०१९

डिसेम्बर २०१५[सम्पादन गर्ने]

नालापानीको युद्ध[सम्पादन गर्ने]

बलभद्र कुँवर, नालापानी फोर्टको गोर्खा कमान्डर

नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनीनेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।

माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । (पूरा लेख...)

  • मुख्य सम्पादक: तुल्सी भगत
  • आवेदनकाे कारणहरू: नेपालको इतिहाससँग सम्बन्धित महत्वपूर्ण लेख रहेको हुनाले।
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
  • प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --तुल्सी भगत (वार्तालाप) १७:४७, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))


स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा डिसेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५३, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

नोभेम्बर २०१५[सम्पादन गर्ने]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची[सम्पादन गर्ने]

सचिन तेन्दुलकर

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ बर्षपछि भारतका मोहम्मद अजहरुद्दीन तोड्न सफल भए । अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन २००२ को अक्टोबरमा भेट्टाउन सफल भए । त्यसको एक वर्षपछि, घरेलु मैदानमा अस्ट्रेलिया विरुद्धको शृङ्खलामा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए । २०१५ को अक्टोबर सम्ममा, ६ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये ४ जना खेलाडीहरू श्रीलंका र ३ जना भारतका छन् । यस्तै पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिजदक्षिण अफ्रिकाका एकएक खेलाडीले १०,००० रन पुरा गरेका छन् ।

बंगलादेश, इङ्गल्यान्ड, न्युजिल्यान्डजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् । (पूरा लेख...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१२, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा नोभेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२४, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

अक्टोबर २०१५[सम्पादन गर्ने]

मैथिली भाषा[सम्पादन गर्ने]

मैथिली देवनागरीमा

मैथिली' (/ˈmtɪli/; Maithilī) भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बंगाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको छ । भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । (पूरा लेख...)

  • मुख्य सम्पादक: बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: नेपालको प्रमुख भाषा भएकोले।
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०१, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०१, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

सेप्टेम्बर २०१५[सम्पादन गर्ने]

कृष्णाष्टमी[सम्पादन गर्ने]

भगवान् श्री कृष्ण र राधिका

कृष्ण जन्माष्टमी (अङ्ग्रेजी: Krishna Janmashtami)लाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । (पूरा लेख...)

  • मुख्य सम्पादक: तुल्सी भगत
  • आवेदनकाे कारणहरू: किनभने यो नेपालका चाडपर्वहरू मध्ये एक हो र कृष्णाष्टमीले नेपालको संस्कृतिलाई बुझाउँछ।
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal sign.png कुरा गर्ने १६:००, २६ अगस्त २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३२, ३० अगस्त २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

अगस्त २०१५[सम्पादन गर्ने]

दोलखा जिल्ला[सम्पादन गर्ने]

दोलखाको रमणिय चित्र

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बुरामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौंबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।

२००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रूपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन्। ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ। (पूरा लेख...)

  • मुख्य सम्पादक: Krish Dulal
  • आवेदनकाे कारणहरू: पर्यटकीय स्थल भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal sign.png कुरा गर्ने ०१:१४, १ अगस्त २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा मे महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३५, २ अगस्त २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

जुलाई २०१५[सम्पादन गर्ने]

कृतिखम्बा[सम्पादन गर्ने]

कृतिखम्ब

कृतिखम्बा अथवा किर्तिस्तम्भ शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएकाले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानिय भाषामा यसलाई किर्तिखम्ब भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्वपुर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ।

दुल्लु कीर्तिखम्ब बजार स्थित यस किर्तिस्तम्भको उचाईं २ मिटर ७६ सेमी., चौडाई ५० सेमी. र मोटाई ८ सेमी. रहेको छ। पृथ्वीमा चन्द्र सूर्य रहुन्जेलसम्मको लागी धर्मप्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठुलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाई कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र ॐ मणिपद्मे हुँ उतकिर्ण गरिएको छ। सम्पूर्ण स्तम्भको तलदेखी माथीसम्म किनारमा दुईवटा रेखा बनाइएको छन्। अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेशशिवको वनदना गरिएको छ। स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ। यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागी घोट्ने गर्नाले स्तम्भको चारै तिर घोटिएको छ। स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गैरहेका छन्। (पूरा लेख...)

  • मुख्य सम्पादक: राम प्रसाद जोशी,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: नेपालको मुख्य पर्यटकीय स्थान तथा एतिहासिक सम्पदा भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:०२, ३० जुन २०१५ (युटिसी(UTC))



स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा मे महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१६, ३० जुन २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

जुन २०१५[सम्पादन गर्ने]

छिन्नमस्ता भगवती[सम्पादन गर्ने]

छिन्नमस्ता भगवती मन्दिर

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ताको सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपालभारतका आमजनमानसको ठूलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दूहरूको महान चाड दशैंमा ठुलो घुइंचो लाग्ने गरेको छ ।

प्राचिन इतिहास र किम्वदन्ती अनुसार, सन् १०९७मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो। (पूरा लेख...)

  • मुख्य सम्पादक: Prabinepali,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: नेपालको मुख्य पर्यटकीय स्थान तथा शक्तिपिठ भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५७, २८ मे २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा जुन महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५९, ३१ मे २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

मे २०१५[सम्पादन गर्ने]

चितवन राष्ट्रिय निकुञ्ज[सम्पादन गर्ने]

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बिषहजारी ताल

चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी2 (३६० वर्ग माइल) छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ ।

चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन । सन् १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। (पूरा लेख...)

  • मुख्य सम्पादक: Aaniyo,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: नेपालको मुख्य पर्यटकीय स्थान भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५२, २२ अप्रिल २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा मे महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- Nirjal sign.png कुरा गर्ने ०५:२२, २४ अप्रिल २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

१३:१९, २२ अप्रिल २०१५ (युटिसी(UTC))

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

अप्रिल २०१५[सम्पादन गर्ने]

धनकुटा जिल्ला[सम्पादन गर्ने]

वर्षायाममा धनकुटा

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। विसं २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा विसं २०१९ साल बैशाख १ गते राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो। यस जिल्लाको पूर्वमा तेह्रथुमपाँचथर जिल्ला, पश्चिममा भोजपुरउदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङसुनसरी जिल्ला रहेका छन। यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन। विसं २०३२ सालमा तत्कालीन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ। (पूरा लेख...)

  • मुख्य सम्पादक: Krish Dulal, Bhawani Gautam
  • आवेदनकाे कारणहरू: नेपालको रमणिय पर्यटकिय स्थल भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Nirjal sign.png कुरा गर्ने ०४:१३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा अप्रिल महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१७, ३१ मार्च २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

मार्च २०१५[सम्पादन गर्ने]

दार्जीलिङ[सम्पादन गर्ने]

सन् १८८०को दार्जीलिङ

दार्जीलिङ भारतको पश्चिम बंगाल राज्यमा रहेको एउटा नगर हो । यो दार्जीलिङ जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जीलिङ्ग शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (चट्याङ) र लिङ्ग (स्थान) बाट भएको हो । यसको अर्थ "चट्याङ स्थान" हो । भारतमा बेलायती शासनको बेला अनुकूल मौसमको कारणबाट यस ठाउँलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहाँ ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे ।

अन्तराष्ट्रिय स्तरमा दार्जीलिङ्ग चियाको लागि प्रसिद्ध छ । दार्जीलिङ दार्जीलिङ हिमालयन रेलवे एउटा युनेस्को विश्व सम्पदा स्थल तथा प्रसिद्ध स्थल हो । यहाँको चियाको खेती सन १८००को मध्यबाट शुरु भएको थियो । यहांको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिंग प्रविधिको एक सम्मिश्रण तयार गरेका छन् जो विश्वको सर्वोत्कृष्टमा एक हो। दार्जीलिङ हिमालयन रेलवे जो दार्जीलिङ नगरलाई समथर स्थलसँग जोड्द छ , यसलाई विश्व सम्पदा स्थल १९९९ मा घोषित गरिएको थियो । यो वाफबाट सञ्चालन हुने यन्त्र भारतमा एकदमै कम देख्न पाइन्छ । (पूरा लेख...)

  • मुख्य सम्पादक: Bhawani Gautam
  • आवेदनकाे कारणहरू: नेपाल भाषी मुख्य पर्यटकिय स्थान भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Nirjal sign.png कुरा गर्ने ०४:०६, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा मार्च महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:०५, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Learnerktm (कुरा गर्ने) ०७:४६, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

फेब्रुअरी २०१५[सम्पादन गर्ने]

आयुर्वेद[सम्पादन गर्ने]

आयुर्वेदका भगवान: धनवन्तरी। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्।

आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडी भारतवर्षबाट विकास भएको मानिन्छ। मानव स्वास्थ्य शरीर, मनआत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरु (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्यरोगबारे आयुर्वेदको अवधारणाहरुले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू (योग, पञ्चकर्म, क्षारसूत्र) को प्रवर्तन गर्दछ। नेपाल, भारत, श्रीलंका लगायतका दक्षिण एसियाली मुलुकहरुमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु प्राथमिक उपचारका निम्ति आयुर्वेद चिकित्साशास्त्रको प्रयोग गर्छन। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रुपमा प्रख्यात हुँदै आइरहेको छ। (पूरा लेख...)

  • मुख्य सम्पादक: Editswikifornepali
  • आवेदनकाे कारणहरू: उल्लेखनीय, विस्तृत, पूर्ण अनुसन्धान र तटस्थ
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४८, २२ जनवरी २०१५ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा फेब्रुअरी महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५६, २२ जनवरी २०१५ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

जनवरी २०१५[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिर[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। (पूरा लेख...)

  • मुख्य सम्पादक: युकेश तथा मनिष डङ्गोल
  • आवेदनको कारणहरू: नेपालको एतिहासिक तथा महत्वपूर्ण मन्दिर भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

 Yes check.svg * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा डिसेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२६, २३ डिसेम्बर २०१४ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

  1. आवेदनकर्ताको रूपमा Symbol support vote.svg समर्थन --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१९, २० डिसेम्बर २०१४ (युटिसी(UTC))
  2.  Yes check.svg  समर्थन छ ।Flag of Nepal.svgरमेश सिंह बोहरा(✉✉) ०७:१६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  3.  Yes check.svg  यस लेखमा रहेका केही रित्ता उपशीर्षकहरूमा जानकारी थपेर निर्वाचित गर्न राम्रो हुन्थ्यो।--Ganesh Paudel (कुरा गर्ने) ०९:४५, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  4.  Yes check.svg  लेखमा भएका राता लिङ्कहरू र रित्ता उपपृष्ठहरूलाई सम्पादन गरेर प्रमुख लेखमा राख्दा राम्रो होला ।-- Smiley.svgआर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १४:४१, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  5.  Yes check.svg  लेख राम्रै छ तर लेखको खाली सबसेकशनहरु मेटियोस् ...सन्दर्भ सामग्री(citations)हह धेरै भएको भए राम्रो हुने थियो र केही एक्सट्रनल लिङ्स पनि हालियो भने राम्रो हुने थियो । Learnerktm (कुरा गर्ने) १६:१२, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  6.  Yes check.svg  समर्थन छ ।Nirjal sign.png कुरा गर्ने ०१:५१, २० डिसेम्बर २०१४ (युटिसी(UTC))

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

छलफल[सम्पादन गर्ने]

सब सेकसनको बारे[सम्पादन गर्ने]

यो लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूको धारणा भन्ने भाग लेखसँग सम्बन्धित रहेको पाइँन । Learnerktm (कुरा गर्ने) १६:२३, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))