विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/२०१८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आवेदन सारांश तालिका[सम्पादन गर्नुहोस्]

महिना     प्रमुख लेखको आवेदन      मुख्य सम्पादक  आवेदक समर्थन ↑ विरोध ↓ प्रमुख लेख समन्वय समिति
जनवरी २०१८ नेपालको संविधान २०७२ साहित्यिक विक्रमबबिता साह बिप्लब आनन्द बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५६, ३१ डिसेम्बर २०१७ (युटिसी(UTC))
फेब्रुअरी २०१८ मोरङ जिल्ला Devraj poudel, Krish DulalBhawani Gautam Devraj poudel Nirjal stha (कुरा गर्ने) १५:४१, २८ जनवरी २०१८ (युटिसी(UTC))
मार्च २०१८ होली (फागुपूर्णिमा) Devraj poudel Devraj poudel Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अप्रिल २०१८ सुमन पोखरेल Neelatmg, Shrawanroy र Jiree Neela Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मे २०१८ रामानुजाचार्य Devraj poudel, BRPever Devraj poudel Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
जुन २०१८ नेपालका उपत्यकाहरू रवीन्द्र बराल, बिप्लब आनन्द बिप्लब आनन्द Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
जुलाई २०१८ नगरकोट सरोज कुमार ढकाल, क्रिस दुलाल र बिप्लब आनन्द बिप्लब आनन्द Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अगस्ट २०१८ दक्षिणी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची बिप्लब आनन्द बिप्लब आनन्द Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
सेप्टेम्बर २०१८ रोनाल्डिन्हो Nirmal Dulal Nirjal stha Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अक्टोबर २०१८ कार्ल मार्क्स Bhawani Gautam Nirjal stha Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नोभेम्बर २०१८ तिहार Devraj poudel, Bhawani Gautam र Nirmal Dulal Devraj poudel Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
डिसेम्बर २०१८ ओलिभर जिरु हिमाल सुबेदी, पर्वत सुबेदी र श्रेष्ठ भूपेन्द्र पर्वत सुबेदी Saroj Uprety (कुरा गर्ने) ११:०८, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सम्पादन

प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४  • सन् २०१५  • सन् २०१६  • सन् २०१७  • सन् २०१८  • सन् २०१९  • २०७६ • २०७७  • २०७८  • २०७९

डिसेम्बर,२०१८[सम्पादन गर्नुहोस्]

ओलिभर जिरु[सम्पादन गर्नुहोस्]

जिरुको एक तस्बिर

ओलिभर जिरु (फ्रान्सेली उच्चारण: [ɔlivje ʒiʁu]; जन्म ३० सेप्टेम्बर १९८६) एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन्, जो प्रिमियर लिगको क्लब चेल्सीफ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपंक्तिको रूपमा मैदान उत्रने गर्दछन् ।

सन् २००८ मा टूर्स नामक फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अधि उनि लिग २ मा खेल्ने क्लब, ग्रिनेबलबाट आफ्नो अाधिकारिक फुटबल कार्यकाल सुरू गरेका थिए । टूर्समा आफ्नो दोस्रो सिजनमा २१ गोलका साथ उनी सर्बाधिक गोलकर्ता बनेका थिए जसले गर्दा उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग १को फुटबल क्लब मोन्टेपिलरमा आबद्ध हुने मौका पाए । जिरु सन् २०१० मा अङ्ग्रेजी वा प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आबद्ध हुनु अघि, लिग १ को सिजन २०११-२०१२ मा २१ गोलका साथ पुन सर्बाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग १ को उपाधि हात पारेको थियोे । जिरुले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेलहरू खेली जम्मा १०५ गोलहरू गरेका थिए । जिरु जनवरी २०१८ मा १८ महिनाको सम्झौतामा अार्सनलबाट चेल्सीका लागि ऋणमा आबद्ध भएका थिए । (पूरा  पढ्नुहोस्...)

२०१८ डिसेम्बर १५, १४:२३:३३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
    प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal stha (कुरा गर्ने) १६:५०, २ डिसेम्बर २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रमुख लेख घोषित । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:४६, १६ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • सुधार गर्नुपर्ने कुराहरू:
    • सन्दर्भ सामग्रीहरूमा धरै सुधारको आवश्यकता छ।
    • सन्दर्भ सामग्री थप गर्नुपर्ने पनि आवश्यकता छ।
    • महत्वपूर्ण संबन्धित पृष्ठहरूको निर्माण गरेर राता लिंकहरू हटाउनुपर्ने आवश्यकता छ।
    • आवश्यक श्रेणीहरू बनाएर थप्नुपर्ने आवश्यकता छ।-BRP ever ०६:४१, ६ डिसेम्बर २०१८ (युटिसी(UTC))

नोभेम्बर,२०१८[सम्पादन गर्नुहोस्]

तिहार[सम्पादन गर्नुहोस्]

सन् २०१३ दिपावलीको रात काठमाडौं

तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म (पाँच दिन) मनाइन्छ। यस्लाई नै यमपन्चक पनि भनिन्छ यो पाँच दिवसीय पर्व विशेष नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी,गोवर्धनभाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११४४, अक्षर: ५७४.५, स्पेस: १८०
  • मुख्य सम्पादक: Devraj poudel, Bhawani GautamNirmal Dulal
  • आवेदनकाे कारणहरू: नेपालीको महान पर्व
२०१८ नोभेम्बर १३, ०२:३६:५९ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Devraj poudel (कुरा गर्ने) ०२:४५, ३० अक्टोबर २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रमुख लेख चयन ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२१, ३१ अक्टोबर २०१८ (युटिसी(UTC))

अक्टोबर, २०१८[सम्पादन गर्नुहोस्]

कार्ल मार्क्स[सम्पादन गर्नुहोस्]

कार्ल मार्क्स

कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८६१, अक्षर: ४६८.५, स्पेस: १२६
  • मुख्य सम्पादक: Bhawani Gautam
  • आवेदनकाे कारणहरू: प्रसिद्ध व्यक्तित्व भएकोले
२०१८ सेप्टेम्बर ३०, १६:२३:०३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal stha (कुरा गर्ने) १६:२४, १८ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रामुख लेख घोषित । --निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:५६, १ अक्टोबर २०१८ (युटिसी(UTC))

सेप्टेम्बर, २०१८[सम्पादन गर्नुहोस्]

रोनाल्डिन्हो[सम्पादन गर्नुहोस्]

रोनाल्डो डे एस्सिस मोरेइरा

रोनाल्डो डी एसिस मोरेरा (जन्म: २१ मार्च १९८०) सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गासोको नामले चिनिन्छ । उनी एक पूर्व ब्राजिली व्यावसायिक फुटबल खेलाडी तथा स्पेनी फुटबल क्लब बार्सिलोनाका राजदूत हुन् । फुटबल मैदानमा उनी मुख्यतया आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्थे तर समयानुकूल उनी अग्रपंक्तिविङ्गरको रूपमा समेत खेल्ने गरेका थिए । उनी युरोपेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन तथा एसी मिलानका साथै ब्राजिल राष्ट्रिय टिमको लागि लामो समयसम्म फुटबल खेलेका थिए । फुटबल विशेषज्ञ, पारखी तथा प्रशंसकहरूले उनलाई उनको पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीको रूपमा व्याख्या गरेका छन् । रोनाल्डिन्होले फ्लामिङ्गोमा खेल्नु भन्दा पहिले पेरिस सेन्ट-जर्मेन, एफसी बार्सिलोना र एसी मिलानको लागि खेल्थे । स्पेनी क्लबमा खेल्दै उनले सन् २००६ मा च्याम्पियन्स लिगमा आफ्नो पहिलो जीत हासिल गरे र सन् २००५ मा बेलोन डी'ओरको सम्मान प्राप्त गरे । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८४१, अक्षर: ४१९.५, स्पेस: १२७
  • मुख्य सम्पादक: Nirmal Dulal
  • आवेदनकाे कारणहरू: चर्चित फुटबल खेलाडी भएको
२०१८ अगस्त ३१, ०२:५२:५३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal stha (कुरा गर्ने) ०२:५४, २३ अगस्त २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रामुख लेख घोषित । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:११, ३१ अगस्त २०१८ (युटिसी(UTC))

दक्षिणी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

बसन्तपुर दरबार

सन् २०१४ सम्ममा दक्षिणी एसियाका ६ वटा देशहरूको ५५ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा अफगानिस्तान, भारत, नेपाल, श्रीलंका, पाकिस्तान तथा बंगलादेश रहेका छन् । दक्षिण एसियामै रहेको भुटान र माल्दिभ्सको कुनै सम्पदालाई युनेस्कोले हाल सम्म मान्यता दिएको छैन । यस क्षेत्रमा रहेको भारतको सबैभन्दा बढी ३२ (छैठौ क्रम विश्वव्यापी) सम्पदा सूचीकृत गरिएको छ । यस क्षेत्रबाट सबैभन्दा पहिले काठमाडौं उपत्यका तथा सगरमाथा राष्ट्रिय निकुञ्जलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेको थियो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५८०, अक्षर: २८६, स्पेस: ८६
  • मुख्य सम्पादक: बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: प्रमुख लेखका लागि मापदण्ड पुरा गरेको र प्राकृतिक क्षेत्रसँग सम्बन्धित भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:२५, ३१ जुलाई २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा अगस्ट महिनाको लागि प्रमुख लेख निर्वाचित --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:२७, ३१ जुलाई २०१८ (युटिसी(UTC))


नगरकोट[सम्पादन गर्नुहोस्]

नगरकोट

नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार यो चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८७९, अक्षर: ४६१, स्पेस: १२९
  • मुख्य सम्पादक: सरोज कुमार ढकाल, क्रिस दुलालबिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: प्रमुख लेखका लागि मापदण्ड पुरा गरेको र प्राकृतिक क्षेत्रसँग सम्बन्धित भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३७, ३० जुन २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा जुलाई महिनाको लागि प्रमुख लेख निर्वाचित --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३९, ३० जुन २०१८ (युटिसी(UTC))

नेपालका उपत्यकाहरू[सम्पादन गर्नुहोस्]

पोखरा उपत्यका

चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई टार, पाटन, बेसी र माढी पनि भनिन्छ । कतिपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरिपूर्ण रहेका छन् । नेपालका पहाडी क्षेत्रमा रहेका प्रमुख तथा ठुला उपत्यकाहरूमा काठमाडौं उपत्यका, पोखरा उपत्यका, सुर्खेत उपत्यकासिंजा उपत्यका रहेका छन् भने पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनिने प्रमुख उपत्यकाहरूमा पाल्पा माढी, बनेपा, पाँचखाल, भकुन्डे बेसी, पाटन (बैतडी), तुम्लिङटार, रूम्जाटार, कर्पुटार, बिजुवार, धादिङ बेसी, चुत्राबेसी, रामपुर (पाल्पा) र चौरजाहारी रहेका छन् । यसै प्रकार भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचका प्रमुख उपत्यकाहरूमा जोगबुढा उपत्यका, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, सिन्धुली उपत्यकाउदयपुर उपत्यका रहेका छन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९६०, अक्षर: ४९७, स्पेस: १४५
  • मुख्य सम्पादक: रवीन्द्र बराल, बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: प्रमुख लेखका लागि मापदण्ड पुरा गरेको र प्राकृतिक क्षेत्रसँग समबन्धित भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५४, ३० मे २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा जुन महिनाको लागि प्रमुख लेख निर्वाचित --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५४, ३१ मे २०१८ (युटिसी(UTC))

रामानुजाचार्य[सम्पादन गर्नुहोस्]

रामानुजाचार्यको तस्वीर

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्ति परम्पराको धेरै प्रभाव रहेको छ। वेदान्त दर्शनपरम्परामा विशिष्टाद्वैत मतका प्रवर्तक हुन। उपनिषद, भगवदगीता एवं ब्रह्मसूत्रलाई आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैत दर्शनको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्मबौद्ध धर्मको प्रचारको कारण वैष्णव धर्म संकटग्रस्त थियो। रामानुजले त्यो संकट सफलतापूर्वक प्रतिकार गरे । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए र उनका शिष्य स्वामी नारायण थिए । रामानुजाचार्यले वेदांतका अतिरिक्त सातौं - दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पंचरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए । रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले खण्डन गरि त्यो परम्परा समाप्त गरेका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ भने त्यो कुनै एकको लागि होइन त्यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०७६, अक्षर: ५४२.५, स्पेस: १५३
  • मुख्य सम्पादक: Devraj poudel,BRPever
  • आवेदनकाे कारणहरू: प्रसिद्ध आध्यात्मिक गुरु तथा दार्शनिक भएकाले
२०१८ मे ०४, ०६:४०:०४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- ०६:५२, २० अप्रिल २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा मे महिनाको लागि प्रमुख लेख निर्वाचित -- Nirjal stha (कुरा गर्ने) १०:५९, २४ अप्रिल २०१८ (युटिसी(UTC))
  • आवेदनकर्ताकाे रूपमा समर्थन. ०६:४०, २० अप्रिल २०१८ (युटिसी(UTC))
  •  समर्थन-BRP ever १५:४५, २० अप्रिल २०१८ (युटिसी(UTC))
  •  समर्थन-Nirjal stha (कुरा गर्ने) ०४:०६, २२ अप्रिल २०१८ (युटिसी(UTC))

अप्रिल, २०१८[सम्पादन गर्नुहोस्]

सुमन पोखरेल[सम्पादन गर्नुहोस्]

कवि पोखरेल सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा आफ्नो रचना वाचन गर्दै

सुमन पोखरेल (जन्म सन् १९६७, सेप्टेम्बर २१) नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुवादित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् । सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् । नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू तथा बङ्गाली भाषाहरूमा पकड भएका पोखरेलले बहुभाषामा कलम चलाएका छन् । उनका नेपालीमा दुईवटा कवितासङ्ग्रह तथा एउटा गीतसङ्ग्रह प्रकाशित छन् । उनका गीतहरू विभिन्न गायकका एल्बममा समावेश भएका छन् । पोखरेलका अनुवाद तथा केही निबन्ध विविध सङ्कलनहरूमा समाविष्ट रहेका तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । पोखरेलद्वारा लिखित नाटक नेपालबाहिर प्रदर्शित भइसकेको छ । उनी चित्रकारमा रूपमा पनि सक्रिय रहेका छन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८४३, अक्षर: ४३९, स्पेस: १३२
  • मुख्य सम्पादक: Neelatmg, ShrawanroyJiree
  • आवेदनकाे कारणहरू: प्रमुख लेखका लागि मापदण्ड पुरा गरेको र साहित्य क्षेत्रका महत्वपूर्ण व्यक्तित्व भएकोले
२०१८ मार्च १४, ०४:४०:५८ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । १४:४१, २८ फेब्रुअरी २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा अप्रिल महिनाको लागि प्रमुख लेख निर्वाचित --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०३, २९ मार्च २०१८ (युटिसी(UTC))
  • आवेदनकर्ताकाे रूपमा समर्थन. Neela ०४:४०, २८ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • समर्थनShrawanroy (कुरा गर्ने) ०४:५१, २८ फेब्रुअरी २०१८ (युटिसी(UTC))

होली[सम्पादन गर्नुहोस्]

हजारौ मानिस होली खेल्दै

होली नेपाली तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला रात होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९४९, अक्षर: ४६८.५, स्पेस: १५२
  • मुख्य सम्पादक: Devraj poudel
  • आवेदनकाे कारणहरू: महत्व पूर्ण चाडपर्व भएको ले
२०१८ फेब्रुअरी १४, ०६:०५:४६ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५९, ३१ जनवरी २०१८ (युटिसी(UTC))
प्रमुख लेख चयन — तुल्सी भगत (वार्तालाप) ०५:५३, १ मार्च २०१८ (युटिसी(UTC))

फेब्रुअरी २०१८[सम्पादन गर्नुहोस्]

मोरङ जिल्ला[सम्पादन गर्नुहोस्]

बिराटनगर प्रवेशद्वार

मोरङ जिल्ला (उच्चारण; अङ्ग्रेजी Morang District) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजा को राजधानीको र मध्यकालमा लिम्बुवानको सबभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ हुन्। वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलाम संग जोडिएको छ भने उत्तरमा धनुकूटा पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसंग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर बिराटनगर हो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९७५, अक्षर: ५०१.५, स्पेस: १५०
  • मुख्य सम्पादक: Devraj poudel, Krish DulalBhawani Gautam
  • आवेदनकाे कारणहरू: नेपालको महत्वपूर्ण जिल्ला भएकोले
२०१८ फेब्रुअरी ११, ०२:४०:२३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । Nirjal stha (कुरा गर्ने) १५:४१, २८ जनवरी २०१८ (युटिसी(UTC))
प्रमुख लेख चयन — तुल्सी भगत (वार्तालाप) ०६:२६, ३१ जनवरी २०१८ (युटिसी(UTC))

नेपालको संविधान २०७२[सम्पादन गर्नुहोस्]

संविधान

नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५४, ३१ डिसेम्बर २०१७ (युटिसी(UTC))


प्रमुख लेख चयन --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४४, ३१ डिसेम्बर २०१७ (युटिसी(UTC))